मायाको चेक सार्वजनिक

मनोरन्जन

लिभु संवाददाता
भक्तपुर– युवा गायक कपिल कसपालको गीति अडियो भिडियो ‘मायाको चेक’ आज सार्वजनिक गरिएको छ । रफत सञ्चार क्लबमा बिहीबार मायाको चेक गीत यूनिटले पत्रकार सम्मेलनको आयोजना गरी गीत सार्वजनिक गरेको हो ।

गायक कपिल कसपालको स्वर, शब्द र संगीत रहेको उक्त गीतमा पछिल्लो समय चर्चामा रहनु भएकी सन्ध्या बुढा (काउली बुढी) को समेत स्वर रहेको छ । गीतमा नायकका रुपमा नयन डिसी रहेका छन् भने नायिकाका रुपमा श्रृष्टि खड्का रहेको मायाको चेक गीतका निर्माता तथा निर्देशक कसपालले जानकारी दिनुभयो ।

ललितपुरको पर्यटकीय क्षेत्र गोदावरीमा सुटिङ गरिएको जानकारी दिँदै उहाँले दुई लाखको लगानीमा भिडियो तयार पारेको जानकारी दिनुभयो ।
रागरागीनि इन्टरटेन्टमेन्ट प्रालीको ब्यानरमा २ लाखको लागतमा निर्माण भएको गीतले मनोरञ्जनात्मक रुपमा जीवनलाई लैजानु पर्ने सन्देश दिएको छ ।

पत्रकार सम्मेलनमा गायिका काउली बुढीले सञ्चालनमा ल्याएको आफ्नै युट्युब च्यानल काउली बुढी शोबाट पनि गीत सार्वजनिक गरिएको उहाँले बताउनुभयो । साथै बिभिन्न सञ्चार माध्यमहरुबाट समेत यो गीत हेर्न सकिने छ । काउली बुढीले मायाको चेक गीतले युवाहरुको मन जित्न सक्ने दाबी गर्नुभयो ।

यो गीत डान्सिङ बिटमा निर्माण भएकाले सबै उमेर समुहको रोजाई पर्ने कसपालले बताउनुभयो । बिबेक साउन्ड स्टुडियो भक्तपुरमा रेकर्ड गरिएको यो गीत रेकर्डिङ र मिक्सिङ बिबेक शाक्यले गर्नुभएको हो भने हेम लामाले एरेन्ज गर्नुभएको छ । गीतको नृत्य संयोजन भने बुगिवुगिका नृत्य निर्देशक प्रशान्त तामाङले गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *