स्मृति : ’सेक्रीफाई नेभर डाइज’ एउटा जीवन अर्थात् क्रान्तिनायक रत्नकुमार बान्तावाको खोजी

“Sacrifice-never-dies” रत्नकुमार बान्तावा, बमप्रसाद बान्तावा र निमा शेर्पा २०३५ सालमा इलाममा मारिंदा इलाम जिल्लाको राजनीतिक हैसियत देशव्यापी उँचो भएको थियो । यो तत्कालीन शासकले चेतनालाई मृत्युदण्ड दिएर विचारहरूलाई कफ्र्यु लगाएको घोषणा गरेपनि पञ्चायतको उल्टो दिनगन्ती सुरूवात भएको थियो । यो चेतनाको प्रवाहलाई पञ्चायतले दस वर्ष खेप्न सकेन । यो हत्याको १० वर्षपछि नै ०४६ सालको […]

Continue Reading

किरात राई यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन र नेतृत्वको सवाल

  एघारौं राष्ट्रिय महाधिवेशन किरात राई यायोक्खा लाई २६ भाषी किरात राई जातिको साझा गौरवशाली सामाजिक संस्था मानिन्छ । विश्वभरि छरिएर रहेका लाखौं किरातीको साझा पहिचानलाई संरक्षण र प्रवद्र्धन गर्ने संस्थाको नाम हो– यायोक्खा । यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन यही २०७९ असोज ८ गतेबाट १० गतेसम्म काठमाडौं सम्पन्न हुने तयारीमा छ । यायोक्खाले महाधिवेशनमा २५ […]

Continue Reading

किराती ढोगभेट परम्परा ‘भुइँसोरी सेवा’ सार्वजनिक

लिभु संवाददाता काठमाडौं– किरात जाति र समुदायमा मान्यजनसँग भेटघाट हुँदा गरिने ढोगभेट गर्ने शब्दलाई ‘भुइँसोरी सेवा’ भनिन्छ । भुइँसोरी अभिवादन दुई हातले भुइँ छोएर करजोरी गरिन्छ । यही संस्कृतिको अभिन्न पातोलाई लिएर पत्रकार तथा लेखक सचित राईको ‘भुइँसोरी सेवा’ गीत रचना भिडियोमार्फत् सार्वजनिक भएको छ । गायक थिरज राई र गायिका नुमा राईले स्वर दिएका […]

Continue Reading

गायक रुपकुमार राईको संस्मरण : संगीतको भाकाहरूमा यात्रा गर्दै जाँदा

–रुपकुमार राई प्रकृतिले पूर्णता दुइटै कुराको कारणले गर्दा पाएको छ– नकरात्मक र सकारात्मक । यी दुईमध्ये संगीत सकरात्मक चेतसँग सम्बन्ध राख्दछ । सृष्टि यहाँसम्म आउनु र निरन्तर चलिरहनुमा संगीतको अपरिहार्यता छ । जस्तै, हावा चल्नु । सुस्तरी चलेको हावाको स्पर्श वा आवाजले दिने अनुभूतिले मान्छेलाई आनन्दित तुल्याउँछ । सकारात्मक शान्त अनुभुत गराउँदछ भने त्यही हावा […]

Continue Reading

बुवाको मुख हेर्ने दिन बितिगएका बाःहरूको सम्झनामा कवि लक्ष्मी मालीको कविता ‘बाः’

बा: -लक्ष्मी माली   बाः तातो थियो तेजिलो थियो कहिलेकाही अगाडी पर्ना साथ रापले पोलिन्थ्यो न्यानो पनि त थियो त्यस कारण चिसो लाग्ने डर पनि थिएन ।   तर पनि अगाडी पर्न हत्तपत्त चाहन्न थियौ डर लाग्थ्यो कतै झ्याप्पै पोल्लान् की भनेर बा सँग सधैँ छली-छली हिड्थ्यौ जीवन सधैँ यस्तै ठान्थे यस्तै उज्यालो, रापिलो । […]

Continue Reading

ठाउँको नाम : टोक्सेल, ट्वाक्सेलमाफु र वाम्बुले राई

ओखलढुंगा जिल्लाको दक्षिणी सिमाना सुनकोशी नदीको काखमा अवस्थित एक रमणीय ठाउँ हो, टोक्सेल । खासमा यो टोक्सेल गाउँ विकास समितिको नाम हो । अहिले मानेभन्ज्याङ गाउँपालिका वडा नं.७ अन्तरगत रहेको छ । फैलावट अर्थात् क्षेत्रफलका हिसाबले नदी किनारा समुद्री सतह ५०० मिटरदेखि करिब १९०० मिटर उचाईमा छ । टोक्सेलअन्तर्ग माझीगाउँ, जैसीगाउँ, भुतपानी, राघापुर, कुम्लिङ लगायत […]

Continue Reading

बुङ्वाखा मासिकका सम्पादक राईसहित पाँचजनालाई फोनिज पत्रकारिता पुरस्कार

लिभु संवाददाता काठमाडौं– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पाँच पत्रकारलाई ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । फोनिजको २३औं वार्षिकोत्वसका अवसरमा साउने २७ गते शुक्रबार उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । पुरस्कृत हुनेमा सुनसरीका गोपाल देवान, काठमाडौंकी अनिता गुरुङ, चितवनका राजु चौधरी र उदयपुरकी अप्सरा समाल छन् । त्यस्तै ‘फोनिज […]

Continue Reading

झरी पर्दापर्दै हिलेपानीमा यसरी मनाइयो बाँसुरी दिवस (फोटो र भिडियोसहित)

गगन राई हिलेपानी (ओखलढुंगा)– वाम्बुले राई जाति बहुल जातिभित्रको एउटा सभ्य अनि सस्कृति र परम्पराले सम्पन्न जाति हो । यो जातिमा अथवा समुदायमा हरेक वर्ष साउन १५ देखि बाँसुरी बजाउने परम्परा छ ।   यस सन्दर्भमा वाम्बुले राईहरूको सामाजिक जीवनमा साउने संक्रान्तिदेखि पन्ध दिन प्रकृति अर्थात् भगवान गुफा बस्छन् भन्ने लोकमान्यता छ । त्यसैले होहल्ला […]

Continue Reading

कवि एमबी थुलुङ राईलाई ‘लिब्जु–भुम्जु पुरस्कार’

लिभु संवाददाता ललितपुर । वाम्बुले कवि एमबी थुलुङ राईलाई ‘लिब्जु–भुम्जु पुरस्कार–२०७७’ प्रदान गरिएको छ । ललितपुरको चापागाउँदोबाटोस्थित चासुवा रेस्टुरेन्टमा आयोजित समारोहमा राष्ट्रगानका रचयिता व्याकुल माइला, पुरस्कारका संस्थापक पत्रकार पुष्पहरि क्याम्पा राई, वाम्बुले राई समाज संस्थाका संस्थापक महासचिव तिखबीर राई र सम्पादक गणेश राईले उक्त पुरस्कार प्रदान गरेका हुन् । वाम्बुले राई साहित्य प्रकाशनद्वारा प्रकाशित लिब्जु–भुम्जु […]

Continue Reading

गुरुको मार्गनिर्देशको सम्झना : साक्षात गुरु विश्वराज ढुंगाना

गुरुपूर्णिमा व्यतीत भएको चौथो दिन गुरुको मार्गनिर्देशको सम्झना गणेश राई (काठमाडौं) भरखरै (२०७९ असार २९) गुरुपूर्णिमा तिथि व्यतीत भएको छ । २०४४ सालदेखि गुरु विश्वराज ढुंगानासँग गाँसिएको चेलाको सम्बन्ध यसपालि पनि नविकरण भएको छ । ती ३५ वर्ष आफैंसँग बितेको छ, गुरुको गाढा सम्झना गर्दै । गुरुकै प्रेरणा र मार्गनिर्देशनले यी पंक्तिहरू लेखिनयोग्य लेखक बन्न […]

Continue Reading