यो हो प्रशिद्ध धार्मिक थलो– लिब्जु (भिडियोसहित)

गणेश वाम्बुले राई काठमाडौं । किरात वाम्बुले राई जातिको प्रशिद्ध धार्मिक थलोको नाम लिब्जु हो । यो मूलतः एक पहाडको नाम हो । तर धार्मिक आस्थाका आधारमा सुखसमृद्धि, शक्तिको प्रतीकका रूपमा लिब्जु उपो (लिब्जु बाजे) भनेर पुकारिन्छ । संघीय नेपाल प्रदेश–१ ओखलढुंगा जिल्लाको दक्षिणी भेग मानेभन्ज्याङ गाउँपालिका वडा नं.२ वाक्सा, वडा नं.३ वामद्याल र वडा […]

Continue Reading

कवि आशिष राईको कविता ‘राजनीति’

राजनीति क्रिकेटको रमाइलो खेल हो राजनीति हान्छन्, मौकामा छक्का–चौका बेस्सरी फुटबलको अपत्यारिलो खेल हो राजनीति गोल गर्दै बढछन् अगाडि चौतारीको एउटा चटक हो राजनीति हेर्नु पाउँछौं यहाँ कुुर्सीको खिचातानी मनमानी, घमण्डको पराकाष्ठा हो राजनीति गर्छन् यिनले जनतासँग बैमानी झुठा–सस्ता आश्वासन हो राजनीति गर्छन् यिनले भोका पेटसँग सौदाबाजी पावर, पैसा, पहुँचवालाकै यहाँ छ हाली मुहाली बिरलै […]

Continue Reading

दृष्टिविहीन विद्यार्थीले पाएको अधिकार संविधानमै सीमित

पाठ्यपुस्तकविना कक्षा ११ र १२ पढ्दै दृष्टिविहीन विद्यार्थी, सन्दर्भ सामग्री सधै अभाव गणेश राई काठमाडौं– संविधानको धारा ३१ (४) मा ‘दृष्टिविहीन नागरिकलाई ब्रेल लिपिमा का माध्यमबाट कानुनबमोजिम नि:शुल्क शिक्षा पाउने हक हुने’ उल्लेख छ । शिक्षा ऐनअनुसार कक्षा १२ सम्म विद्यालय तह मानिन्छ । शिक्षा मन्त्रालयले कक्षा १ देखि १० सम्मका दृष्टिविहीन विद्यार्थीका निम्तिमात्र ब्रेल […]

Continue Reading

व्याकुल माइला माउण्टेन बाइक ट्रेल : काठमाडौदेखि मानेभन्ज्याङ

-रेवती थापामगर (लेकाली गिठ्ठा) काठमाडौंदेखि मुलकोट बौद्ध स्तुपालाई एक चक्कर लगाएँ । २०७८ कात्तिक २६ गते तदानुसार १२ नोभेम्बर, २०२१ शुक्रबार बिहानको ६ बजे बौद्ध गेटबाट साइकल गुडाएँ । सूर्यको उषा नतग्र्रिदै चाबहिलतिर मोडिएँ । फ्याटफुट्ट भेटिने देखिने बिजुलीका खम्बामा बलेको प्रकाशमुनि साइकलमा गुड्दै गौशाला आइपुग्दा मिरमिरे बिहानीले बिदाइ गरिसकेको देखिन्थ्यो । सवारी साधनले कालो […]

Continue Reading

रमणिय पर्यटकीय स्थल झन्डिडाँडा

सत्यम राई सडकपुर (इलाम) । इलाम जिल्लालाई नेपालको पहाडकी रानी भन्न गरिन्छ । इलामको दक्षिण पूर्वी क्षेत्रमा रोङ गाउँपालिका रहेको छ । यही रोङ वडा नं. ६ रम्भ्याङमा समुद्री सतहदेखि करिब २२०० मिटर उचाईमा झन्डिडाँडा रहेको छ । झन्डिडाँडा एउटा रमणिय पर्यटकीय स्थल हो । यो मनोरम थलोको सरंक्षण संवद्र्धन हुने क्रममा छ । किरात […]

Continue Reading

अन्तर्राष्ट्रिय नारी दिवस र वाम्बुले महिला मुहार

लिभु संवाददाता काठमाडौं– ११२औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरि मनाइरहँदा किरात वाम्बुले राई जातिका केही वर्तमानमा जाज्वल्यमान केही वाम्बुले नारीको मुहार यस प्रकार हरेका छन् । उपाध्यक्ष, मानेभन्ज्याङ गाउँपालिका, ओखलढुंगा कार्यपालिका सदस्य, दुधौली नगरपालिका वडा नं. १४, सिन्धुली बिएन/कोअर्डिनेटर, बि एण्ड बि अस्पताल, ललितपुर । मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्याल, ओखलढुंगा । निमात्री– सुम्निमा चलचित्र, मानेभन्ज्याङ […]

Continue Reading

काठमाडौं उपत्यकामा पुरुषको जनसंख्या सधैं बढी ?

छ दशकमा काठमाडौं उपत्यकाको जनसंख्या ४ सय ८४ गुणाले बढ्यो गणेश राई काठमाडौं- केन्द्रीय तथ्याकं विभागले माघ १२ मा सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाले पुरुषभन्दा महिलाको जनसंख्या बढी देखाएको छ । प्रारम्भिक नतिजाअनुसार लैगिंक अनुपात ९५.८ पाइएको छ । जसअनुसार प्रति सय महिलामा पुरुषको संख्या ९५ दशमलब ९१ छ । मुलुकभरको जनसंख्याको लैगिंक अनुपातको त्यस्तो […]

Continue Reading

अखिल सिक्किम किरात चोङ चुम्लुङको घोषणा–पत्र, १९७३

अखिल सिक्किम किरात चोङ चुम्लुङको घोषणा–पत्र, १९७३ – इमानसिंह चेम्जोङ आज तारिख १९ जुलाई १९७३ को दिन पश्चिम सिक्किमस्थित सोरेङ बजारको खेल मैदानमा श्री एच.डी. चोङको अध्यक्षतामा अखिल सिक्किम किरात चोङ चुम्लुङको प्रथम महासभा सम्पन्न भयो । यस सभाले निम्नाड्ढित विषयहरूप्रति दृढ प्रतिज्ञा गर्दै प्रस्तावहरू पारित ग¥यो । असाधारण सभाका प्रस्तावहरू : १. सिक्किमका आदिवासी […]

Continue Reading

गोपी कृष्ण अधिकारीको विचार : किराँत लिम्बू साहित्यको इतिहास

किराँत लिम्बू साहित्यको इतिहास – गोपी कृष्ण अधिकारी पूर्वी नेपालका किराँतीहरू द्वापर युगदेखिका स्थानीय आदिवासी हुन् । अपुङ्गी राजा कहलाइने यस आदिवासी जनजातिको भाषा, साहित्य, संस्कृति रीतिथिति परम्परा आदिले सम्पन्न वीर योद्धा जाति हुन् । नेपाली साहित्य लगायत पञ्जाबी, बङ्गाली, आसामी साहित्यमा प्रयोग भएका किराँती शब्दहरू ती साहित्यबाट अलग गर्नु हो भने ती साहित्य अपाङ्ग […]

Continue Reading

इतिहासविद् इमानसिंह चेम्जोङको विचार : किरात साहित्यको इतिहास

किरात साहित्यको इतिहास – इमानसिंह चेम्जोङ ….. सर्वप्रथम २६ जुलाई १९२५ सालमा श्री सर्दार मैतसिंह थेगिमको सभापतित्वमा कालिम्पोङ दोंग्रो बस्तीमा किरातीहरूको एक बैठक भयो । सभामा श्री बाबु बुद्धिमान्सिंह चेमजोङ, श्री जसबहादुर सङ्बाङ्फे, सुबेदार मेजर हर्कदल माक्खिम, मन्डल जितबहादुर थेगिम, मन्डल हंसराज थेगिम, दारोगा धनबाज फेन्दुवा, श्री कुलहाङ चेम्जोङ, श्री निर्मल ओगलिङ र लेखक गरी […]

Continue Reading