बेलायतमा नयाँ शक्ति र समाजवादी एकता

लिभु संवाददाता लण्डन— संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल बीच पार्टी एकता भएसँगै प्रवासमा रहेका भ्रातृ संगठनहरूबीच एकता पहल अघि बढेको छ । बेलायतमा क्रियाशील नेपाली संघीय समाज युके र नयाँ शक्ति पार्टीको अन्तर्राष्ट्रिय नेपाली समाज युकेको समायोजन यही अक्टोबर २६ मा हुने भएको छ । दुई पार्टीबीचका शीर्षस्थ नेताबीच अक्टोबर ६ […]

Continue Reading

लोकतन्त्रका विश्वव्यापी अवयवहरुलाई संविधानमा संस्थागत गरेका छौं – प्रधानमन्त्री

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका विश्वव्यापी अवयवहरुलाई संविधानमा संस्थागत गरेको बताउनु भएको छ । बुधबार संविधान दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उक्त अभिव्यक्ति दिनु भएको हो । राजधानी काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा गर्नु भएको सम्बोधनको पूर्ण अंश यस प्रकार रहेको छ । (२०७५।०६।०३) सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधिशज्यू, सम्माननीय सभामुखज्यू, […]

Continue Reading

संसदीय समितिमा ६० प्रतिशत नेतृत्व सुखद – उपसभामुख

लिभु संवाददाता काठमाडौं– उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाका समितिहरुमा ६० प्रतिशत महिलाले नेतृत्व गर्ने अवसर पाउनु सुखद भएको प्रतिक्रिया दिनुभएको छ । काठमाडौंमा दुई दिनसम्म चलेको महिला कानुन व्यवसायीहरुको २७औं सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपसभामुख तुम्बाहाङ्फेले राज्यका हरेक निकाय अब समावेशीकरणतर्फ उन्मुखभएको भन्दै खुसी व्यक्त गर्नुभयो । ‘लैंगिक प्रतिनिधित्व समानताका आधारमा हुनुपर्छ भन्ने महिला […]

Continue Reading

प्रदेश नं.१ को नाम किरात नै रहनेछ : प्रचण्ड

लिभु संवाददाता काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रदेश नं.१ को नाम किरात नै रहने बताउनु भएको छ । किरात राई यायोक्खाको ३१औं स्थापना दिवसको उद्घाटन गर्दै मंगलबार उक्त विचार व्यक्त गरेका हुन् । ‘नेपालको इतिहास किरात विना सम्भव छैन,’ मुलुकको इतिहास र सभ्यतामा यलम्बरसँग जोडिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘किरात शब्द […]

Continue Reading

फोरम सरकारमा सहभागी हुने

लिभु संवाददाता काठमाडौं– संघीय समाजवादी फोरम नेपाल सरकारमा सामेल हुने भएको छ । सत्ता?ढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र फोरमबीच सोमबार दुई बुँदे सहमतिसँगै सहभागिता सुनिश्चित भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबबीच सोमबार सम्पन्न वार्तापछि सहमती भएको […]

Continue Reading

गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान सक्दैन – प्रधानमन्त्री ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै जान नसक्ने भन्दै सुशासन र विकास आजको प्राथमिकता भएको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यसका लागि आज असान्र्दभिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने जानकारी दिनुभयो […]

Continue Reading

प्रधानमन्त्री ओलीसँग विमस्टेकका महासचिबको भेटघाट

लिभु संवाददाता काठमाडौं,जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्ेटक) का महासचिब सहिदुल इस्लामले आज बिहान बालुवाटारमा शिष्टाचार भेटघाट गर्नुभएको छ । भेटमा प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरका संगठनहरुलाई विकाश र समृद्धिको माध्यमको बनाउनु पर्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले विमस्टेकका बिगतका कामबाट पाठ सिकेर आगामी […]

Continue Reading

किरात भूगोल र सभ्यता हो – प्रधानमन्त्री ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले किरात शब्दले भूगोल र सभ्यता जनाउने भएकाले प्रदेश नं.१ को नामाकरण सर्वसम्मतबाट हुनुपर्ने बताएउनु भएको छ । किरात राई यायोक्खाले प्रदेश–१ को नाम ‘किरात प्रदेश’ हुनुपर्ने मागलाई लिएर बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति दिनु भएको हो । यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राई नेतृत्व टोलीले आइतबार प्रधानमन्त्री […]

Continue Reading

चीन भ्रमणबाट दुई देश बीचको राजनीतिक सम्बन्ध थप सुदृढ ः प्रमओली

लिभु संवाददाता काठमाडौं,असार । प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो चीन भ्रमणबाट दुई देशबीचको मित्रता,आपसीविश्वासमा वृद्धी भइ राजनीतिक सम्बन्ध थप सुदृढ भएको बताउनु भएको छ । चीनको ६ दिने राजकीय भ्रमण पुरा गरी आज स्वेदशफर्के पछि त्रिभूवनविमान स्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री ओलीले रेलमार्ग, उर्जा, यातायात,भौतिकपूर्वाधार ,लगानी पयर्टन जस्ता […]

Continue Reading

एकतासँगै घोषणा भयो– नेपाल कम्युनिस्ट पार्टी

लिभु संवाददाता काठमाडौँ — नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा कार्यक्रम सुरु भएको छ । बिहीबार (२०७५ जेठ ३ गते) काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा घोषणा भएको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुनुअघि दुई नेकपा एमाले र माओवादी केन्द्रबीच संयुक्त तालमेल (६० र ४० प्रतिशत)का आधारमा […]

Continue Reading