२६३ जना उछिन्दै तेज राईले हातपारे १० हजार राशिको जनगणना पुरस्कार

लिभु संवाददाता काठमाडौं– राष्ट्रिय जनगणना विषयक निबन्ध प्रतियोगितामा खोटाङका तेज राई प्रथम भएका छन् । उनले १० हजार रुपैयाँ राशिको पुरस्कार र प्रमाणपत्र हात पारेका छन् । किरात राई सांस्कृतिक कलाकार संघ काठमाडौं र खोटाङले संयुक्त रूपमा अनलाइनमार्फत प्रतियोगिताको आयोजना गरेका हुन् । १२औं राष्ट्रिय जनगणना २०७८ लाई लिएर ‘जनगणनामा किरातीको अवस्था र अबको बाटो’ […]

Continue Reading

वाम्बुले राई भाषाको कविता प्रतियोगिता अनलाइनबाट

लिभु संवाददाता काठमाडौं । वाम्बुले राई भाषाको २२औं वर्षको कविता प्रतियोगिता अनलाइन माध्यमबाट हुने भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पा गाउँमा हुने भनिएको प्रतियोगिता तथा गोष्ठी कोभिड–१९ को कारण भौतिक रूपमा कार्यक्रम गर्न सम्भव नभएपछि अनलाइन माध्यमबाट सम्पन्न गर्ने निर्णय भएको हो । यो प्रतियोगिता वाम्बुले राई समाज, नेपाल (वाम्रास)को २३औं स्थापना दिवसको […]

Continue Reading

यायोक्खाको ३३औं वार्षिकोत्सवमा दुई सचिवलाई सम्मान

लिभु संवाददाता काठमाडौं– नेपाल सरकारले हालै बढुवा गरेका दुई सचिवलाई समुदायले सम्मान प्रदान गरेको छ । किरात राई यायोक्खाले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा बिहीबार राजधानीमा सचिवद्वय सागरकुमार राई र बीरबहादुर राईलाई सम्मान गरेको हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले उक्त सम्मान प्रदान गरेका हुन् । यायोक्खाका अध्यक्ष दिवस राईले कोभिड–१९ […]

Continue Reading

यस्तो छ, ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकाको नयाँ अंक

लिभु संवाददाता काठमाडौं । २०५० सालदेखि प्रकाशन हुँदै आएको ‘लिब्जु–भुम्जु’ पत्रिकाको ८०औं अंक ‘इक लिब्जु–भुम्जु’ पिडिएफ संस्करण प्रकाशित भएको छ । कोरोना भाइरस (कोभिड–१९) ले गर्दा पत्रिका समयभित्र छापिन सम्भव भएन । त्यसैले सो समयावधिको पत्रिका पिडिएफ कपिमात्रै डिजाइन गरी देश, विदेशमा इन्टरनेटको पहुँच भएका पाठकलाई वितरण गरिने छ । ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक (लिब्जु–भुम्जु पत्रिकाको […]

Continue Reading

कोभिड–१९ ले गर्दा विश्व आदिवासी दिवस भर्चुअल संवादमै सीमित

जनजाति आन्दोलन, बदलिएको नारा र संस्थागत हुन नसकेको उपलब्धी गणेश वाम्बुले राई काठमाडौं– २०६८ सालमा सत्रौं विश्व आदिवासी दिवस (अगस्ट ९ तारिख) मनाइरहँदा नेपाल आदिवासी जनजाति महासंघको नारा थियो– ‘स्वशासन, आत्मनिर्णयको अधिकारसहित जाति, भाषा र ऐतिहासिक पहिचानको आधारमा राज्य पुन:संरचना सुनिश्चित भएको संविधान । सयौं वर्षदेखि आदिवासी जनजाति माथिको सबैखाले जातीय विभेद अन्त्य गर्दै धर्मनिरपेक्ष […]

Continue Reading

बुङ्वाखा पत्रिकाका सम्पादक राईलाई पितृशोक

लिभु संवाददाता काठमाडौं– बान्तावा राई भाषाको पत्रिका ‘बुङ्वाखा’ मासिकका सम्पादक पदम राईका पिता दलबीर राई (बान्तावा वालाहाङ)को ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको २०७७ वैशाख २९ गते सोमबार भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. २ रानिबास बाकबुकस्थित घरमा निधन भएको हो । १९९१ सालमा जन्मनु भएका स्वर्गीय राई लामा समयदेखि क्यान्सरबाट पिडित हुनुहुन्थ्यो । […]

Continue Reading

स्वरुप फेरिदै व्याकुल माइला गोल्डकप मैदान

लिभु संवाददाता हिलेपानी, ओखलढुङ्गा । लक्डाउनकै समयमा पनि दुधकोशी किनार स्थित व्याकुल माइला गोल्डकप मैदानको विस्तार एवं दर्शकदीर्घा बनाउने कार्य भएको छ । सङ्घीय सांसद मा. यज्ञराज सुनुवारले संसद क्षेत्र विकास कोष अन्तर्गत चालू आ.व. २०७६/०७७ मा रु. १० लाख बजेट विनियोजन गरिदिनु भएको थियो । गोल्डकपका आयोजक संस्था नयाँ नेपाल सरोकार समाजका सचिव नवीनकुमार […]

Continue Reading

साधारण धारको विद्यालयमा फेरि संस्कृत

गणेश वाम्बुले राई काठमाडौं- सरकारले विद्यालय शिक्षालाई साधारण, संस्कृत र प्राविधिक गरी तीन धारमा सुचारु राखेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०७७ बाट संस्कृत शिक्षालाई साधारण धारतर्फ कक्षा १ बाट वैकल्पिक विषयका रूपमा ‘अस्माकम् संस्कृतम्’ (हाम्रो संस्कृत) लागू गर्ने भएपछि यतिखेर चर्को टिकाटिप्पणी हुन थालेको छ । सरकारले ‘मातृभाषा वा स्थानीय […]

Continue Reading

राजनीतिज्ञ भुइँदल राईको निधन

लिभु संवाददाता काठमाडौं– राजनीतिज्ञ तथा सामाजिक अभियनता भुइँदल राईको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अल्जाइमरलगायत रोगबाट ग्रसित राईको सुनसरीको इटहरी उपमहानगरपालिका–९ ओसियन पार्कस्थित माइला छोरा पार्थराजको घरमा बुधबार निधन भएको हो । भुइँदलको जन्म १९८६ साउन ११ गते माझकिरात भोजपुरको सिन्द्राङ–१ माक्साहुत (हाल– हतुवागढी गाउँपालिका–३) गाउँमा भएको थियो । राई राजनीतिक […]

Continue Reading

मानेभन्ज्याङका स्वास्थ्य कर्मचारीलाई थप एक महिनाको तलब

लिभु संवाददाता ओखलढुंगा– मानेभञ्ज्याङ गाउँपालिकाले कोरोना भाइरसको संक्रमणकालीन अवस्थामा खटिने स्वास्थ्यकर्मीलाई भत्ता स्वरुप थप एक महिना तलब उपब्ध गराउने भएको छ । त्यसैगरी हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मीलाई दैनिक पाँचसय रुपैयाँ भत्ता दिने पालिका वडाध्यक्ष तथा प्रवक्ता रामकुमार राईले जानकारी दिनु भएको छ । ‘कोरोना भाईरस कोभिड १९ ले विश्वलाई नै आक्रान्त बनाइरहेको बेला हाम्रो मानेभन्ज्याङ […]

Continue Reading