क्यान्सर परीक्षणमा ठूलो उपलब्धि हासिल गरेको वैज्ञानिकको दावी

प्रवास स्वास्थ्य

एजेन्सी । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका वैज्ञानिकहरुले क्यान्सर पहिचान गर्ने विषयमा ठूलो उपलब्धि हासिल गरेको दाबी गरेका छन् । वैज्ञानिकहरुले क्यान्सरका एक हजार  ५ जना  रोगीको रगतको नमुना परीक्षणमा आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर अध्ययन गरेका थिए ।

यो परीक्षण गर्न प्रति व्यक्ति ५ सय डलरभन्दा कम खर्च लाग्ने बीबीसीले जनाएको छ ।  क्यान्सर सिक भनिएको सो परीक्षणबाट क्यान्सरले विकराल रुप लिनु अगावै पत्ता लाग्ने वैज्ञानिकहरुको दाबी छ  । साथै परीक्षणले शरीरमा फैलनुअघि नै ८ प्रकारका सुक्ष्म ट्युमरहरु पत्ता लगाउने बताइएको छ । सो परीक्षण क्यान्सर पत्ता लगाउन ७० प्रतिशत सफल भएको जनाइएको छ ।

यो अध्ययन परीक्षणले कलेजो, पेट, छाती, स्तन, अण्डाशय, पाचनग्रन्थी लगायतमा क्यान्सर रोग पत्ता लगाएको थियो । परीक्षणको सीमा बढाएर आम मानिसको सहज पहुँचमा पुर्‍याउन सकिने ’साइन्स’ जर्नलमा प्रकाशित रिपोर्टमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.