बान्तावाभाषी श्रष्टाहरूलाई पुरस्कार र शिक्षाविद् ईश्वरमान राईलाई बुङ्वाखा सम्मान

लिभु संवाददाता ललितपुर– बान्तावा भाषामा प्रकाशित ‘बुङ्वाखा’को २०औं वार्षिकोत्सवको अवसरमा दुई दिने ‘बान्तावा साहित्य महोत्सव’ हुने भएको छ । भोजपुरको हतुवागढी गाउँपालिका घोडेटारमा आउदो मङ्‌सिर २३-२४ गते हुने सो महोत्सवमा विधागत पुरस्कार र सम्मानहरू प्रदान गरिने भएको हो । बुङ्वाखा सम्पादक तथा कार्यक्रम संयोजक पदम राईका अनुसार सो अवसरमाभोजपुर हतुवागढी पात्लेपानी निवासी बान्तावा श्रष्टा मानबहादुर […]

Continue Reading

भव्यतापूर्वक मनाइयो, २११औं भानुजयन्ती: भाषावैज्ञानिक राई र साहित्यकार ठकुरीलाई सम्मान प्रदान

भाषावैज्ञानिक राई र साहित्यकार ठकुरीलाई सम्मान प्रदान लिभु संवाददाता काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानको सहकार्यमा २११ औँ भानुजयन्ती विशेष कार्यक्रमका साथ भव्यतापूर्वक २०८१ असार २९ गते शनिबार सम्पन्न भएको छ । भानु प्रतिष्ठानले २०११ सालदेखि भानुसम्बन्धी विविध गतिविधि र २०३३ सालदेखि राजधानीमा प्रभातफेरिसहित भानुजयन्ती मनाउँदै आएको छ । यस प्रतिष्ठानले काठमाडौँमा दुई श्रष्टालाई […]

Continue Reading

तीन भाषामा लिखित ‘लिम्बू नामकोश’ पुस्तक सार्वजनिक

लिभु संवाददाता ललितपुर । लिम्बू समुदायमा मौलिक नाम राख्ने परम्परा रहेपनि राजनीतिक दमनको रापले पछाडि पारेको थियो । ०७ सालको राजनीतिक परिवर्तनपछि सामाजिक पुनःजागरण आयो । तर पनि प्रशासनिक दवाव उस्तै रहेको विज्ञले बताउनु भएको छ । मुन्धुम एकाडेमी ललितपुरले प्रकाशन गरेको ‘लिम्बू नामकोश’ सार्वजनिकीकरण समारोहमा उक्त विषय उजागर भएको हो । डीबी आङबुङ र […]

Continue Reading

बायुङ राईको सेग्रो सिली प्रशिक्षण

लिभु संवाददाता काठमाडौं । किरात यले संवत् ५०८४ को लिङ्मो वाक्सा (उभौली साकेला)को अवसरमा बायुङ राईहरुको साँस्कृतिक नाच सेग्रो (हङ) सिलीको प्रशिक्षण गरिएको छ । किरात बायुङ राई सुम्निखिम केन्द्रीय कार्यसमितिको आयोजनामा उक्त प्रशिक्षण संचालन गरिएको हो । कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा यही २०८१ जेठ ५ बाट सुरु गरिएको गरिएको हो । लोप […]

Continue Reading

ज्ञानबहादुर बायुङको नेतृत्वमा सुम्निखिम नयाँ कार्यसमिति

लिभु संवाददाता काठमाडौं– किरात बायुङ राई सुम्निखिमको पहिलो राष्ट्रिय अधिवेशनले ज्ञानबहादुर बायुङ राईको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । ‘मौलिक भाषिक पहिचानको लागि बायुङ र जातीय एकताको लागि राई’ भन्ने मुल नारासाथ २०८१ वैशाख १५ गते कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्निमा हलमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका […]

Continue Reading

इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क २३ वाम्बुले व्याकरण विशेष (भिडियो पनि)

लिभु संवाददाता ललितपुर । इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क २३ (लिब्जुभुम्जुको ९६औं शृंखला), २०८० माघ–चैत अंक वाम्बुले व्याकरण विशेष सामग्री प्रकाशित भएको छ । यो अंक आवरणबाहेक ९२ पानाको सामग्री रहेका छन् । त्यसमा कोशकार अविनाथ राईले लेख्नु भएको ‘वाम्बुले क्रिया, क्रियापदको काल र क्रियाको रूपावली’ ३३ पानाको सामग्री समेटिएको छ । आवरणमा चित्रकार बिनिता इजम […]

Continue Reading

प्रज्ञा प्रतिष्ठानमा चाम्लिङ भाषाको अवस्थाबारे गोष्ठी

लिभु संवाददाता काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य मातृ‌भाषा विभागले मासिक रूपमा आयोजना गर्दै आएको मातृ‌भाषा साहित्य शृङ्खलामा चाम्लिङ भाषाको अवस्थाबारे चर्चा भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले (२०८० फागुन २९गते मंगलबार) आठौँ पटकको मातृभाषा साहित्य श्रृङ्खलाको ब्यानर पाठ गरेर उद्घाटन गर्नुभएको थियो । यसै क्रममा सदस्य सचिव सुवेदीले चाम्लिङ भाषाको […]

Continue Reading

कवि कला सेरेङले ल्याए, ‘कलाका अन्तर्मन’ र ‘अतितका यादहरू’ कृति

लिभु संवाददाता काठमाडौं । कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ र गीतिभिडियो ‘अतितका यादहरू’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भुपाल राई, सदस्यसचिव डा. धनप्रसाद सुवेदीलगायतले शनिबार काठमाडौंमा आयोजित समारोहमा संयुक्त रूपमा उक्त कृति सार्वजनिक गर्नु भएको हो । अढाइ दशकदेखि कर्मथलो हङकङमा रहनु भएको सेरेङको […]

Continue Reading

शुक्रराज बायुङ राईको नेतृत्वमा सुम्निखिम द्याल कार्यसमिति

लिभु संवाददाता सुनसरी । किरात बायुङ राई सुम्निखिम इटहरी, तरहरा र शान्तिनगर द्याल कार्यसमिति गठन भएको छ । शुक्रराज बायुङ राईको नेतृत्वमा ११ सदस्यीय देल कार्यसमिति चयन भएको हो । किरात बायुङ राई सुम्निखिम सुनसरी जिल्ला कार्यसमितिका अध्यक्ष चन्द्रबहादुर बायुङ राई र उपाध्यक्ष आईतीबहादुर बायुङ राई आतिथ्यतामा द्याल कार्यसमिति गठन भएको हो । कार्यसमितिको उपाध्यक्ष […]

Continue Reading

मुकारुङ संघद्वारा सम्मान र प्रशंसापत्र प्रदान

अब २०८१ सालभित्र मुकारुङ वंशावली निर्माण गरिनेछ :अध्यक्ष मुकारुङ राई लिभु संवाददाता काठमाडौं– किरात बान्तावा राई मुकारुङ संघले विभिन्न तहतप्काका व्यक्तिव्यक्तित्वलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ । सम्मान पाउनेमा लिब्जु–भुम्जुका सम्पादक गणेश वाम्बुले राईलगायत रहेका छन् । संघका अध्यक्ष गंगाराज मुकारुङ राई (अवकाशप्राप्त कर्णेल तथा प्रसिद्ध गीतकार) र समुदायका अगुवा वासुदेव किरातको बाहुलीबाट आज […]

Continue Reading