यसकारण जन्मन्छ समयअगावै बच्चा….

स्वास्थ्य

आमाका कारण

  • गर्भवती आमामा मधुमेह, उच्च रक्तचाप, एन्टिबडी सेन्ड्रोम बढ्नेलगायतको समस्या भएमा वा पाठेघरमा ट्युमर छ भने पनि समयअघि नै बच्चा जन्मन सक्छ ।
  • इन्फेक्सन, पोषण तत्वको कमी, हेमोग्लोबिनको मात्रा कम भएको आमाबाट पनि निर्धारित अवधिभन्दा अगाडि नै बच्चा जन्मन सक्छ

समयअगावै जन्मेमा…

  • गर्भ रहेको ३७ हप्ताभन्दा पहिले नै जन्मेका बच्चामा विभिन्न स्वास्थ्य समस्याहरू देखा पर्न सक्छन्, जस्तै– नर्मल बच्चा २ दशमलव ५ केजीको हुन्छ भने समयअगावै जन्मिने बच्चाको तौल एब्नर्मल हुन सक्छ । त्यस्ता एब्नर्मल तौल भएको बच्चालाई बचाउनसमेत गाह्रो पर्न सक्छ ।
  • समयअगावै जन्मने बच्चामा जन्डिस, हृदयाघात, ग्लुकोज र तापक्रमको कमीजस्ता समस्या हुन सक्छ । यसरी जन्मेको बच्चा भविष्यमा पनि एब्नर्मल हुन सक्छन् । समयअगावै जन्मिएका कतिपय बच्चामा मस्तिष्कको समेत समस्या देखिन्छ ।

पाठेघरमा पानी 
आमाको पाठेघरमा पानीको मात्रा बढी भएको अवस्थामा छिटो बच्चा जन्मने सम्भावना हुन्छ । यदि पाठेघरमा दुई लिटरभन्दा बढी पानी जम्मा भएमा समयअगावै बच्चा जन्मन पुग्छ ।

शिशुका कारण
आमाको गर्भमा रहेको शिशु एब्नर्मल छ भने चाँडै जन्मने सम्भावना हुन्छ । शिशुमा हृदयाघातजस्ता समस्या छ भने पनि समयअगावै जन्मन सक्छ ।

बढी शिशु
कहिलेकाहीँ आमाको पेटमा दुई वा दुईभन्दा बढी पनि शिशु हुन सक्छन् । यस्तो अवस्थामा पनि आमाको गर्भबाट नौ महिनाभन्दा अगावै बच्चा जन्मन सक्छ ।

Leave a Reply

Your email address will not be published.