‘फिट एन्ड फाइन’ रहन गर्नुपर्ने सामान्य ९ कुरा

स्वास्थ्य

काठामाडौ । स्लिम र आकर्षक हुन खाना खान छोड्नुपर्छ भन्ने होइन । केही कुरामा ध्यान दिए शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न सकिन्छ ।

नियमित व्यायाम गर्ने

फिट्नेस भन्नेबित्तिकै सामान्यतयाः हामी सबैले शारीरिक बनावट तन्दुरुस्त राख्ने भन्ने बुझ्छौँ । तर, शारीरिक व्यायामले मानसिक तथा अत्मविश्वासको तह पनि बढाउँछ । व्यायाम शारीरिक सुगठनका लागि मात्र गरिँदैन भन्ने बुझ्नुपर्छ ।

शरीर र मनलाई स्फूर्त राख्ने हामीले शारीरिक व्यायामका लागि केही समय छुट्याउनुपर्ने हुन्छ । हरेक दिन थोरै समय शारीरिक व्यायम गर्दा शरीर, मन र दिमाग स्वस्थ राख्न मद्दत पुग्छ ।

थोरै–थोरै खाइरहने

तपाईं छिन–छिनमा केही खाइरहनुहुन्छ भने दिमागमा भोक लागेको कुरा आउँदैन र क्यालोरीयुक्त खानेकुराको चाहना हुँदैन ।

बिस्तारै–बिस्तारै खाने

स्वाद लिएर बिस्तारै–बिस्तारै खाना खानुभयो भने तपाईंले पेट भरिएको महसुस गर्नुहुनेछ । छिटो–छिटो खाने गरियो भने यस्तो अनुभव गर्न सकिन्न ।

निद्रा पुर्‍याउने

केही शोधले निद्राको कमी तौल बढ्नुको कारण बताएका छन् । अनिद्रामा तपाईं तनाव महसुस गर्नुहुन्छ । तनावसँग सम्बन्धित हार्माेनले शरीरमा अत्यधिक मात्रामा पानी बढाइदिने गर्छ । यसले तपाईंको तौल बढ्न सक्छ ।

अल्कोहलबाट टाढै बस्ने

फिट रहन चाहनुहुन्छ भने मदिरापानबाट टाढा रहनुहोला । रक्सी सेवनले पनि मोटोपन बढाउन सक्छ ।

बाहिर नखाने

बाहिर रेस्टुरेन्टमा गएर खानुभन्दा घरको खाना खानु स्वास्थ्यका लागि राम्रो हुन्छ  । घरको खाना ताजा र स्वास्थ्यवद्र्धक हुन्छ । बाहिरको खानामा क्यालोरीको मात्रा बढी हुने गर्छ ।

शाकाहारी खाना खाने

मांसाहारी भोजनमा पोषक तत्व बढी हुन्छन्, जसले मोटोपनलाई सघाउँछन् । हरियो सागसब्जी, गेडागुडी आदिले शरीरलाई स्वस्थ र फिट राख्न मद्दत गर्छन् ।

सही मात्रामा खाना खाने

खाना नै नखाई डाइटिङ गर्नुभन्दा खाइरहेको खानाको मात्रा कम गर्नु राम्रो हुन्छ । सानो प्लेट या थालमा खाना खानु राम्रो हुन्छ ।

स–साना काम गर्ने

शरीरलाई फिट र फुर्तिलो राख्न स–साना घरायसी काम गर्नुपर्छ । यस्ता कामले तपाईंको शरीरको ‘एक्स्ट्रा क्यालोरी’ कम गर्छन् । सरसफाइ, फूलबारीमा गोडमेल आदि पनि राम्रा शारीरिक अभ्यास हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *