कवि चन्द्रहाङ बखिम ‘यरङ’को ‘विगतका अस्पृश्यता’

कला साहित्य -संस्कृति

कविता : विगतका अस्पृश्यता

–चन्द्र हाङ बखिम ‘यरङ’

उनी भन्छे-
‘आधा बाटो हिडेपछि
तिमीसित भेट भयो ।’

म भन्छु-
‘जन्म, मृत्यु अनि माया
प्रारब्धको खेल ।’

केही छैन,
यही आधालाई पूरा बनाऔं
एक–अर्काको पूरक बनौं ।

तन, मन अनि हिया
मायाको अस्मेल भेलमा पखाल्दै
विगतका अस्पृश्यताको हरकलाई
अर्घ दिंदै
असन्धिग्ध बग्दै बग्दै
अटल माया सागरमा मिसी
तिमी, तिमी नहुनु

म, म नहुनु

आहा !
जहाँ सिमाङ्क्रितको सानो धर्सो नहोस् ।
अनि,
चरु रूपी तिम्रा आर्तनादलाई
समिधा बनी समाधि लिदा
हर्षाश्रुका सधःस्नानले,
स्निग्ध, शान्त जीवनको प्रविष्टि साथ
अद्योपान्त तलबितल
आलिङ्गन अँगालो मै
पूरा होस् जिन्दगी ।

काठमाडौं ।
१९–०८–२०२०

Leave a Reply

Your email address will not be published.