घानामा महिनावारी भएकालाई नदी पार गर्न प्रतिबन्ध

एजेन्सी । अफ्रिकी मुलुक घानामा महिनावारी भएकालाई नदी पार गर्न प्रतिबन्ध लगाएसँगै बालिकाहरु विद्यालय जानबाट बञ्चित भएको भन्दै अधिकारकर्मीले विरोध गरेका छन् ।

घानाको आफिन नदीमा बनेको पुलबाट महिनावारी भएको बेलामा वारपार गर्न प्रतिवन्ध लगाएपछि माथिल्लो डेनकायरा इस्ट जिल्लास्थित मध्य क्षेत्रका बालिकाहरु महिनावारी भएको बेला विद्यालय जानबाट बञ्चित भएको भन्दै अधिकारकर्मीले विरोध गरेका हुन् । यूनेस्कोका अनुसार सो क्षेत्रमा १० मध्ये एक छात्रा महिनावारीको कारण विद्यालय जानबाट बन्चित हुने गरेका छन् ।

धानामा नदीहरुलाई समेत भगवान मान्ने धार्मिक प्रचलन रहीआएको छ ।  विश्व बैंकको तथ्याङक अनुसार घानामा १ करोड १५ लाख भन्दा बढी महिला महिनावारीको समयमा सरसफाई गर्नबाट बञ्चित छन् । उनीहरुलाई महिनावारी भएको बेलामा नुहाउन समेत नदिने चलन त्यहाँ विद्यमान रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७१७:४७

‘अफगानिस्तानमा थप ७०० अमेरिकी सेना आउने’