अफगानिस्तानमा २६ लडाकू मारिए

प्रवास

एजेन्सी । अफगानिस्तानको सरकारी सुरक्षा निकायले देशभरका विभिन्न ठाउँमा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २६ आतङ्ककारी मारिएका छन् ।

गत चौविस घण्टाको अवधिमा भएका ती सुरक्षा कारबाहीका क्रममा अरु १६ जना आतङककारी घाइते भएका रक्षा मन्त्रालयले शनिबार जनाएको छ ।

अफगानी संयुक्त सुरक्षा फौजले मारिएका मध्ये १३ जना इस्लामिक स्टेट आइएस लडाकू रहेका जनाएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सुरक्षाकर्मीले हातहतियार र विस्फोटक पदार्थसमेत नष्ट गरिदिएका छन् ।

Leave a Reply

Your email address will not be published.