कोरियामा नेपाली सम्पर्क समितिले रजत जयन्ती मनाउदै सामाजका विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने

प्रवास समाचार समाज

लिभु संवाददाता,
सोल, दक्षिण कोरिया । कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समितिले संस्था स्थापनाको २५औँ वर्ष पुगेको अवसरमा नोभेम्बर २५ आइतबार रजत जयन्ती मनाउन लागेका हो ।

रजत जयन्तीको अवसरमा संस्थाले स्मारिका नेपाली सन्देश प्रकाशन गर्नुका साथै दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थालाई सम्मान गर्न लागेको संस्थाकी अध्यक्ष अञ्जु केसीले बताइन् । ‘हामी दक्षिण कोरियामा रहेका सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्थालाई सम्मान गर्नेछौ । यसले उहाँहरुलाई आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरणा दिनेछ भन्ने अपेक्षा गरेकाछौ ।’

सन् १९९३ मा स्थापना भएको यो संस्था तत्कालिन समयमा दक्षिण कोरियामा नेपाली दूतावास नभएको अवस्थामा जापानमा रहेको नेपाली दूतावाससँग समन्वय गरेर कोरियामा रहेका नेपालीहरुको लागी प्रशासनिक कार्यमा सहयोग गरेको थियो । यसर्थ, एनसीसीलाई ‘पुरानो राजदुतावास’ समेत भन्ने गरेको पाइन्छ ।

एनसीसीले विभिन्न खाले समाजिक कार्य गर्ने गर्दछ । यो दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाहरुको छाता संगठनको रुपमासमेत काम गर्दै आएको छ ।

कार्यक्रममा उपस्थित भैदिन आग्रह गर्दै अध्यक्ष केसीले रजत जयन्ती कार्यक्रम भव्य रूपमा सम्पन्न हुने कुरामा आफु आश्वस्त रहेको बत्ताईन । कार्यक्रमबारे विस्तृत जानकारीको लागी ०१०४०५०५०१२ मा सम्पर्क गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published.