जाडोमा यी फलफूल खाँदा अनुहार हुन्छ सुन्दर ..

स्वास्थ्य

काठमाडौं । सबैलाई सुन्दर हुन मन लाग्छ । फलफूल खानु भयो भने हाम्रो छाला स्वस्थ र सुन्दर बनाउने काम गर्छन्। जाडोमा यी फलफूल खाँदा र लगाउँदा अनुहारको छालाका लागि फाइदाजनक हुन्छ ।

किवी- किवीमा भिटामिन ई र एन्टी–अक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। यसले छालाका कोशिकालाई लामो समयसम्म स्वस्थ राख्ने काम गर्छ।

अनार-अनारले छालालाई स्वस्थ बनाउँछ। अनुहार चाउरिन दिँदैन। जाडोमा अनार खाँदा रोम छिद्र खुल्छन् र छाला चम्किलो बन्छ।

मेवा – भिटामिन ए प्रशस्त पाइने मेवाले मृत कोशिकलाई हटाउने काम गर्छ।

केरा-केरामा पोटासियम प्रशस्त मात्रामा हुन्छ। जसले रुखो छालालाई नरम बनाउँछ। केरामा पाइने भिटामिन ई र सीले छालामा चमक ल्याउँछन्। वजन बढ्ने डरले केरा खान गाह्रो लाग्छ भने यसको प्याक बनाएर अनुहारमा लगाउनुपर्छ। जाडोमा केराको प्याक लगाउँदा छाला स्वस्थ र नरम बन्छ।

भुइँकटहर- यसमा पाइने एन्टी–अक्सिडेन्टले अनुहारको छाला चाउरिन दिँदैन। साथै, काला दाग–धब्बा र ब्ल्याकहेड्सबाट पनि अनुहारको छालालाई बचाउँछ।

अमला-अमलाले रगत सफा गर्छ। जसले गर्दा अनुहारमा चमक आउँछ।

Leave a Reply

Your email address will not be published.