घाँटीमा इन्फेक्सन भयो ? यस्तो छ घरेलु उपाय

स्वास्थ्य

काठमाडाैं । चिसोको कारण घाँटीमा समस्या हुन्छ । हामीमध्ये धेरैले भोगिरहेको समस्या हो । घाँटी किन दुख्छ ? यसको अनेक कारण हुन्छ ।

-धेरै मसलेदार भोजन धेरै सेवन गर्दा

-कब्जियतको कारण

-कुनै ब्याक्टेरिया वा भाइरसको कारण इन्फेक्सन

-गलामा टन्सिल हुँदा

यद्यपी जाडोमा भाइरल इन्फेक्सनले घाँटीमा इन्फेक्सन हुन्छ । यसबाट घाँटी दुख्ने, खोकी लाग्ने, सुन्निने आदि समस्या उत्पन्न हुन्छन् । यदि हामीले केही सामान्य घरेलु उपायहरु पछ्यायौं भने यो समस्याबाट बाहिर निस्कन सक्छौं । संभव भएसम्म घाँटीको समस्याबाट राहत पाउनका लागि घरेलु उपचार खोज्नुपर्छ ।

नुन मिसाएर तातो पानीले कुल्ला गर्दा पनि सामान्यत घाँटीको दुखाई ठिक हुन्छ । त्यसबाहेक अन्य विधी पनि छन्, जसले घाँटीको दुखाईमा प्रभावकारी उपचारको काम गर्छ ।

१. एक-एक चम्चा मह र कागतिको रस मिलाएर पिउनुपर्छ । २. तुलसीको ६ वा ७ पत्ता उमालेर दिनमा दुई वा तीन पटकसम्म पिउनुपर्छ ।

३. एक गिलास पानीमा एक चम्चा नून हालेर उमाल्नुपर्छ । पानी मनतातो भएपछि यसले कुल्ला गर्नुस । बिहान र बेलुका यसो गरौं ।

४. एउटा फराकिलो भाँडोमा २ गिलास पानी उमाल्नुपर्छ । नीलगिरीको तेलको २ वा ३ थोपा हालेर वाफ लिनुपर्छ ।

५. लसुनका ४-५ कल्लीलाई तावामा सेकेर खानुपर्छ ।

६. एक कप पानीमा अदुवाको एउटा सानो टुक्रा उमाल्नुपर्छ । मनतातो भएपछि यसमा एक चम्चा मह हालेर पिउनुपर्छ ।

७. एक गिलास पानीमा दालचिनीको एउटा सानो टुक्रा उमाल्नुपर्छ । मनतातो भएपछि यसमा एक चम्चा मह मिसाएर पिउनुपर्छ ।

८. मरिजलाई बदामसँग पिसेर सेवन गर्दा पनि फाइदा हुन्छ ।

प्राणायम

भ्रामरी प्राणायम पनि निकै प्रभावकारी हुन्छ । भ्रामरी हरेक दिन १० वा १५ मिनेटसम्म गर्नुपर्छ ।

के कुरामा परहेज गर्ने ?

-दुध वा घिउ सेवन नगरौं ।

-टर्रो, अमिलो, पिरो खानेकुरा सेवन नगरौं ।

-तारेको खानेकुरा सेवन नगरौं ।

-धेरै चिसो वा फ्रिजमा राखिएको पानी वा खानेकुरा सेवन नगरौं ।

-मासु, रुखो भोजन, सुपारी, माछा आदिबाट परहेज गर्नुपर्छ ।

-मदिराजन्य पदार्थ सेवन नगरौं ।

-धुमपान गर्नै हुन्न        -एजेन्सी 

Leave a Reply

Your email address will not be published.