‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबोलाई (पुरस्कृत कविता अनुवादसहित)

मातृभाषा

लिभु संवाददाता

काठमाडौं । वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७८ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि तोसेल बोबो (दुताराज राई)लाई प्रदान गर्ने निर्णय गरेको छ ।

यो पुरस्कार वाम्बुले राई भाषाको ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) साहित्यिक त्रैमासिक पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचनालाई प्रदान गरिदैआएको छ । वाम्बुले भाषाका कोशकार अविनाथ राईको संयोकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।

२०५० सालदेखि प्रकाशित ‘लिब्जु–भुम्जु’ (इक लिब्जु–भुम्जु) साहित्यिक त्रैमासिक वर्ष ८ अंक १२, पूर्णाङ्क ८५, २०७८ वैशाख–असार (किरात येले संवत् ३८००÷सन् २०२१)मा प्रकाशित ‘उङगुया बाँसुरि त्वाप्चो’ (म पनि बाँसुरी बजाउने) शीर्षक कविता छनोट भएको हो ।

यो कविताले संघीय नेपाल प्रदेश–१ ओखलढुंगाको दक्षिणी भेगको सामाजिक लोक जनजीवन, सांस्कृतिक परम्परा, मूल्यमान्यता, चालचलनलाई प्रतिबिम्बित गरेको छ । वाम्बुले राई समुदायको भूगोल, संस्कार, परम्परा र समयको परिवर्तनसँगै भएको यातायात सुविधा, नयाँ पुस्तामा आएको नयाँ चेतना र परम्पराप्रतिको मोहलाई दर्शाएको छ ।

बाँसुरी बजाएर बैस झल्काउने, बिनायो खिपेर प्रेमिकालाई उपहार दिने परम्परालाई आजका युवा पुस्ताले सिको गर्न चाहेको तर बिस्तारै ओझेल पर्दैगएको पक्षलाई कविताले उजागर गरेको छ । उहिले गाइने लोकभाकाहरू पुनःजागरण गर्न चाहेको तर समयको भेलले बिस्तारै टाढा पार्दै गएको र देवीदेउराली चौतारीहरूमा बिसाउने बटुवाहरू सडक सञ्जालले बिसाउन नदिएको भनिएको छ ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ जाकुमो गाउ“मा २०५० सालमा जन्मिनु भएका कवि दुताराज राई ‘तोसेल बोबो’ उपनामले चिनिनु हुन्छ । उहाँले २१औं वाम्बुले भाषा कविता प्रतियोगितामा तेस्रो पुरस्कार प्राप्त गर्नुभएको थियो ।

नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पाराईले ‘लिब्जु–भुम्जु पुरस्कार–२०५५’ स्थापना गर्नु भएको हो । यो पुरस्कारबाट हालसम्म २० जना कविहरू पुरस्कृत भइसक्नु भएको छ भने कवि तोसेल बोबो २१औं स्रष्टा हुन् । पुरस्कारको राशि पाँच हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

लिब्जु–भुम्जु पुरस्कार २०७८ बाट पुरस्कृत कविता :

उङगुया बाँसुरि त्वाप्चो

तोसेल बोबो (दुताराज राई)

 

थापु !

नुम्बो जुरेथुम्का सिरल्वाङ बाँसुरि त्वाप्दुल्वा ह्वाम्बा झाप्पा–गुर्दुम

आमह्वाम्बा हिलेपान–स्वाक्वाप्टार थुर्दुम थि द्याम

त्याँपिप् इम बाँसुरि लिङ्गिरिल्वा स्वामफ्याप्टि च्वाप्दुम बाम

स्वाल्साख्वा क्वालखेपा बैसोल्वाम बिरह फ््रवाङ्काटा थापु !

थापु !

नुम्बोडा देउरालि–बिसौनाल्वा नाइचो

परदेसिख्वा रावाख्वाले भाका त्वाबिम थि द्याम

त्याँडा इम भाका त्वाप्चो आब्लामि

मुललाम हाल्चोमुयोतिड लिम्साख्वा आब्लामि

देउरालि–बिसौनाल्वाम लुङतिड या रिमिम्

ड्वाक्वा–खकन–ट्वाक्मा पासाख् कुरिम्मेइ सामरामाङ् भारि

बाहादुरा–माहाभारतल्वा चार्मुन्चो गालि

देउरालि–बिसौनाल्वा ब्अ्वार्दिसाख्वा क्वालछिन नाइसै

बाँसुरिख्वा त्वामल्वाम खाचोजुर्चो इम्सेस म्वाबिमेइ आति रैछा

ब्अिम्चाल्वा त्वाम न्यातुम थापु !

थापु !

नुम्बो डा सालमाया–लौलौ–रामदले भाकातिडल्वा

सिङ–घास–गोठाला दिनिल्वा जोडिखोला–सोप्याङ्कु साकुम थुरपान्निम थि द्याम

त्याँडा बाँसुरि त्वाप्चो बिनायो खिपेैप्वाचोया आबामि

त्वामारि पा–पुचाल्वा बाँसुरित्वाप्चो बिनायो ग्वाक्चोया आबामि !

थापु !

नुम्बोम इन् समै ब्लास्सि आचाबु ह्वाला

इम सागबारा–बुल्यामसागस्याङ ब्वाइचो

नुम्बोम इन्बैस लिप्सि आचाबु ह्वाला

बुडुवा घागि थामपाराख् ट्याक्सिचाबुताख् !

तिवाइँ

उङगुया बाँसुरि त्वाप्चो बाङ्म

उङगुया बाँसुरि–बिनायो च्वाक्चो बाङ्म !

थापु!

स्वासि आफ्वाचो योरतिड बाँसुरिल्वाङ स्वासि फ्वाम द्याम

त्वामल्वाम खाच्च्याङ्मोतिड बाँसुरिल्वाङ म्वाप्सि फ्वाम द्याम

त्याँङ उङगुया रामदले–सरुमा भाकाल्वा बाँसुरि त्वाप्चो बाङ्म

सानडाँडा–गैरा अहल आस देङ्चिइरै– ठ्वाचो बाङ्म !

थापु !

दाक्बुन्चो मुयोख्वा आदाक्बिल्वा दाक्सै–दाक्सै

उङगुया बाँसुरि त्वाप्चो बाङ्म

ब्अिम्बुम्चो मुयोख्वा आब्अिम्बिल्वा ब्अिम्सै–ब्अिम्सै

उङगुया बाँसुरि त्वाप्चो बाङ्म

उङगु या बाँसुरि त्वाप्चो बाङ्म !

 

अनुवाद :

म पनि बाँसुरी बजाउने

–तोसेल बोबो (दुताराज राई)

 

काका !

उहिले जुरेथुम्काको शिरमा बाँसुरी बजाउनु हँुदा पारि झाप्पा–गुर्दुम

वारि हिलेपान–स्वाक्वाप्टार गुञ्जायमान हुन्थे रे

आजभोलि त्यो बाँसुरी दलिनमा घुसारेर राख्नु भा’को छ

झिकेर एकपटक बैँसको विरह फुकाउनोस् काका !

काका !

उहिले त देउराली–बिसौनामा सुस्ताउने

परदेशीहरूले रावाखोले भाखा बजाउथे रे

अब त त्यो भाखा बजाउने आउदैनन्

मूलबाटो हिँड्ने मान्छेहरू फर्केर आउँदैनन्

देउराली–बिसौनाका ढुङ्गाहरू पनि भत्किए

डोको–खकन–तोक्मा गरेर बोकेका जिन्दगीको भारी

बाहादुरा – महाभारतमा झारेको पसिना

देउराली–बिसौनामा पुगेर एकछिन बिसाउँदै–सुस्ताउँदै

बाँसुरीले मनको पीडा त्यसै घोप्ट्याएको होइनन् रहेछ

सम्झिदा मन दुख्छ काका !

काका !

उहिले त सालमाया–लौलौ–रामदले भाकाहरूमा

दाउरा–घाँस–गोठालो जाँदा जोडिखोला–सोप्याङ्कु गुञ्जायमान गर्नुहुन्थ्यो रे

अब त बाँसुरी बजाउने बिनायो खिप्ने पनि छैनन्

मायाप्रेममा बाँसुरी बजाउने बिनायो दिने पनि छैनन् !

काका !

उहिलेका तपाईंहरूको समय ल्याउन सक्दिन होला

त्यो सागबारा–बुल्यामसाग भैंm फुल्ने

उहिलेका तपाईंहरूको बैँस फर्काउन सक्दिन होला

बुडुवाभेल कसरी रोक्न सक्छु र !

तैपनि

म पनि बाँसुरी बजाउनेवाला छु

म पनि बाँसुरी–बिनायो बनाउनेवाला छु !

काका !

भन्न नसकिने कुराहरू बाँसुरीबाट भन्न सकिन्छ रे

मनका पीडाहरु बाँसुरीबाट घोप्टाउन सकिन्छ रे

अब म पनि रामदले–सरुमा भाकामा बाँसुरी बजाउनेवाला छु

सानडाँडा–गैरा अहल के भन्दा रहेछन् – सुन्नेवाला छु !

काका !

मनपराइएको मान्छेले मन नपराउदा मन पराउदै–पराउदै

म पनि बाँसुरी बजाउनेवाला छु

सम्झिइएको मान्छेले नसम्झिदा सम्झिदै–सम्झिदै

म पनि बाँसुरी बजाउनेवाला छु

म पनि बाँसुरी बजाउनेवाला छु !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *