बुद्ध योन्जन लामा
तामाङ काइको २१ वर्ष
रेडियो सगरमाथा एफ. एम. १०२ थोप्लो ४ मेगाहर्जमा
फ्याफुल्ला !
तामाङ काइ एउटा साप्ताहिक रेडियो पत्रिका हो । तामाङ भाषा, साहित्य, संस्कृति, कला र धर्मको संरक्षणका साथै तामाङ समुदायले व्यहोरिरहेका समस्याहरुको उजागार र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले २५४८औ बुद्ध जयन्तीको दिन अर्थात २०६१ बैशाख २२ गते मंगलबारका दिन बिहान ८ : २० देखि तामाङ काइ रेडियो सगरमाथामा शुरु भएको हो ।
तामाङ भाषा र साहित्यको विकास तथा सम्बद्र्धनका लागि २०५९ सालमा स्थापित तामाङ साहित्यिक संस्था तामाङ डाजाङ र रेडियो सगरमाथाको संयुक्त प्रस्तुति तामाङ काइ (तामाङ आवाज) ले आज आफ्नो प्रसारणले २१ वर्ष पुरा भएको छ ।
स्थापना देखि नै तामाङ काइले विभिन्न स्तम्भ अन्र्तगत कार्यक्रम सन्चालन गर्दै आइरहेका छन् । विशेष स्तम्भहरुमा भाषा, साहित्य, संस्कृति र संस्कार, इतिहास, थाङ्कु, महिला, बालबालिका र समसमायिक विषयहरुमा रिर्पोट, अन्र्तवार्ता र समाचार तयार गरि तामाङ काइबाट प्रसारण गरिरहेका छन् ।
विभिन्न विषयमा रिपोर्ट प्रसारण गर्नु, अन्र्तवार्ता र वहस मार्फत समस्याको समाधान खोज्ने प्रयास गर्नु, परम्परागत थाङ्कु कलाको विषयमा चर्चा गर्नु, कुनै पनि सामाजिक कार्यहरुको समाचार प्रसारण गर्नु र पुराना गीतसंगीतलाई प्राथामिकता दिनु नै तामाङ काइको मुख्य विशषता हो ।
बुद्ध योन्जन लामाको संयोजकत्वमा रहेको तामाङ काइ हाल शनिवार बिहान १० देखि ११ बजे सम्म प्रसारण भइरहेको छ । २१ वर्षसम्म आइपुग्दा तामाङ काइले ११४६ औं श्रङ्खला पुरा गरिसकेका छन् ।
रेडियो सगरमाथाबाट तामाङ काइको लागि निःशुल्क समय उपलब्ध गराउने भए पछि तामाङ डाजाङ साहित्यिक संस्थाले स्वयम् सेवकको रुपमा जनशक्ति तयार पार्दै तामाङ काइ प्रसारण शुरु गरेको हो । समसमायिक तथा खोज अनुसन्धान मुलक सामग्रीहरु प्रसारण गर्दै आएको तामाङ काइ समुदायकै पहिलो र उत्कृष्ट कार्यक्रम हुन पुगेको छ ।
जसले गर्दा २०६६ सालमा १६ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ काइ नगद पुरस्कार सहित सम्मान भएको थियो भने रेडियो सगरमाथाको २५ औं वार्षिकीको अवसरमा २०८० मा पनि सम्मान भएको थियो ।
तामाङ काइ शुरुगर्दा बुद्ध योन्जनको संयोजकत्वमा, सन्चु ब्लोन, भक्तबीर योन्जन, अर्जुन ग्लान र म्हार्साङ ङ्याङ्जो सहित ५ जनाको जनाशक्ति रहेको थियो । त्यसपछि यकिना अगाध, अस्मिता थिङ, अर्जुन पाख्रिन, मोना ग्लान, प्रतिमा मोक्तान र कविराज काल्तान समेतले तामाङ काइमा योगदान पुर्याउनु भएको थियो ।
हाल बुद्ध योन्जन लामा एक्लैले कसैको भौतिक र आर्थिक सहयोग बिना नै रेडियो पत्रिका तामाङ काइ सन्चालन गरिहरेको छ । बीच बीचमा धेरै साथीहरु आए गए । आर्थिक स्रोत नभएका कारण ६ महिना, १ वर्षमा नै छोड्नु पर्ने बाध्यता तामाङ काइमा रहेको छ । यस खालको समस्यालाई अबको दिनहरुमा कसरी समाधान गर्न सकिन्छ ? भन्ने तिर रेडियो सगरमाथा र तामाङ डाजाङ गम्भीर हुनु जरुरी छ ।
अन्तमा, तामाङ काइ आजको दिनसम्म आइपुग्नुमा तामाङ डाजाङ, रेडियो सगरमाथा, तामाङ समुदाय, संरक्षक, सल्लाहकार, कार्यक्रम अनुगमन टोली, बुद्धिजिवी, समाजसेवी, तामाङ कलाकार, कार्यक्रम सुनेर प्रतिक्रिया र सुझाब दिनुहुने सम्पूर्ण स्रोताहरुको ठूलो योगदान रहेको छ । आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनु हुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।
तपाईले तामाङ काइ रेडियो सगरमाथा एफ. एम. १०२ थोप्लो ४ मेगाहर्जमा शनिवार बिहान १० बजे सुन्न सक्नु हुन्छ वा रेडियो सगरमाथाको ँबअभदययप उभनभ र ज्बmचय उबततचय बाट पनि संसारको कुनै पनि ठाउँमा बसेर तामाङ काइ प्रत्यक्ष सुन्न सक्नु हुन्छ ।
आगामी दिनहरुमा अझ प्रभावकारी ढंगले अगाडि बढाउन के गर्नु पर्ला ? तपाईको अमुल्य सुझाब, प्रतिक्रिया र सहयोगको अपेक्षा तामाङ काइले गरेको छ ।
बुद्ध योन्जन लामा
संयोजक
‘तामाङ काइ’ रेडियो सगरमाथा
बागडोल, ललितपुर
https://www.facebook.com/profile.php?id=100063554988350