लिभु संवाददाता
काठमाडौ- नेपाल प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागले झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका १० अल्पसङ्ख्यक आदिवासी समुदायका भाषाहरूलाई समेटेर ‘सिरुवा-जातिरि’ बहुभाषिक पत्रिका प्रकाशित गरेको छ।
‘सिरूवा जातिरि” सहित १० वटा पत्रिका प्रज्ञा-प्रतिष्ठान साहित्य मातृभाषा विभागबाट प्रकाशित भइसकेका छन् । यसबाट नेपाली मातृभाषाको संरक्षण र विकासमा ऐतिहासिक कार्य भएको देखिन्छ।4
प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर २६औं मातृभाषा साहित्य शृङ्खलाको समुद्घाटन गर्नुभएको थियोे । उहाँले ‘सिरूवा- जातिरि’ को सार्वजनिक गर्दै अहिले मातृभाषामा १०वटा पत्रिका प्रकाशित भइसकेका छन् । यी पत्रिकामा ४६ वटा मातृभाषाका साहित्यिक लेख रचना, विश्लेषण र इतिहासलाई समेटिएको बताउनु चर्चा गर्नुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानको ६८ वर्षको इतिहासमा अहिले मातृभाषाको पुनर्जागरण भएको उल्लेख गर्दै आफ्नो कार्यकालको अढाइ वर्षमा मातृभाषा साहित्यलाई प्राज्ञिक सत्तासँग जोड्दै अघि बढ्न सकेकामा आफूलाई गर्वबोध भएको चर्चा गर्नुभएको थियोे । उहाँले जेन्जी विद्रोहको प्रभावले नेपाली समाज, संस्कृति र राजनीतिलाई नयाँ ठाउँमा ल्याएको छ । अब जेन्जी सहिदहरूको अवमूल्यन गर्ने छुट कसैलाई नभएको चर्चा गर्दै यसले साहित्य र संस्कृतिमा पारेको प्रभाव बारे अध्ययन हुने बताउनु भएको थियोे । कार्यक्रममा धिमाल जातीय विकास केन्द्रले कुलपति भूपाल राई र सदस्य सचिव डा. धनप्रसाद सुवेदीलाई सम्मान पनि गरेको थियोे ।
प्रज्ञा- प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले लोपोन्मुख जाति र तिनका मातृभाषाको विकास गर्नु सबैको दायित्व भएको उल्लेख गर्नुभएको थियोे । उहाँले मातृभाषाको जगेर्ना गर्न सबैले हातेमालो गर्दै सहकार्य गर्न जोड दिनुभएको थियोे ।
सभाध्यक्ष ,प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख एवम् ‘सिरूवा-जातिरि’का प्रधान सम्पादक राजन मुकारुङले ‘मोरङ, झापा र सुनसरी लगायतका विभिन्न स्थानमा बोलिँदै आएका लोपोन्मुख अवस्थामा रहेका १० मातृभाषालाई समेटेर साझा पत्रिका ‘सिरूवा-जातिरि’ प्रकाशनले नयाँ उत्साह थपेको बताउनु भएको थियोे ।उहाँले जेन्जी पुस्ता र साहित्यको चर्चा गर्दै ‘एक्स’को अनुभव र ‘वाइ’को तागत र “जेन्जी” को जोशलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई मातृभाषाको सौन्दर्यबोध गराउनु सके मात्र मातृभाषाको संरक्षण र संवर्धनमा बल पुग्ने बताउनुभएको थियोे । आगोलाई मुन्दुमले जीवनको ताप, ऊर्जा र न्यानो हो भनेर सिकाउँछ । तर त्यही आगोलाई “फायर” मात्रै भनेर सिकाइयो भने त सिंहदरबार फेरि पनि जल्छ । कुनै पनि भाषा, ज्ञान, संस्कृतिलाई नयाँ पुस्ता जेन्जीसम्म पुस्तान्तरण गर्दै अघि बढ्न पनि लोपोन्मुख आदिवासी मातृभाषामा पत्रपत्रिका निकाल्नु परेको चर्चा गर्नुभएको थियोे ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिङ्जालीले ‘मगर ढुट भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे।साथै, रबिलाल ताजपुरिया र तेजेन्द्र ताजपुरियाको सहलेखन रहेको ‘ताजपुरिया भाषा र लोकसाहित्यको अवस्था’विषयक कार्यपत्र तेजेन्द्र ताजपुरियाले प्रस्तुत गर्नुभएको थियोे। उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट भाषा आयोगका निवर्तमान सदस्य अमृत योन्जन, प्रा.श्रीराम उपाध्याय, पूर्णबहादुर घर्तिमगर र अञ्जु राजवंशीले आआफ्नो जिज्ञासा र सुझाव प्रस्तुत गर्नुभएको थियोे ।
मातृभाषा साहित्यको २६ ओैँ शृङ्खलामा
वाम्बुले राई भाषामा एलिना राई,बैतडेली भाषामा कर्ण दयाल सोराडी र शेर्पा भाषामा डेण्डी शेर्पाले आआफ्नो कविता वाचन गर्नुभएको थियोे ।
कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका अध्यक्ष दानबहादुर धिमालले शुभकामना मनतव्य र सम्पादन सम्बन्धि आफ्नो धारणा बेचन उराँवले राख्नुभएको थियोे ।’
सिरूवा जातिरि’का सम्पादक मण्डलमा बेचन उराँव,जीवनकुमार धिमाल,दिलिप बास्के,जगदीशप्रसाद ताजपुरिया र कार्यकारी सम्पादकमा डा.सोमबहादुर धिमाल रहनुभएको थियो । कार्यक्रमको उद्घोषण साहित्यकार शोभा सुनुवारले गर्नुभएको थियोे ।
सम्प्रेषण : प्राज्ञ चेतनाथ धमला