सुनुवार भाषाका स्रष्टा तथा भाषाशास्त्री डा.रापचा पुरस्कृत

मातृभाषा

लिभु संवाददाता
काठमाडौं– भाषाशास्त्री डा. लालश्या“रेलु रापचालाई यो वर्षको ‘दाल–मान पुरस्कार’ प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइ“ला, दाल–मान अक्षयकोषकी अध्यक्ष पुष्पा मुखिया सुनुवार, बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुंगेल, सांसद यज्ञराज सुनुवारले संयुक्त रुपमा शनिबार उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

डा. रापचाले किरात सुनुवार भाषाको अध्ययन अनुसन्धान तथा प्रकाशनमा योगदान गरेवापत ३ं० हजार रुपैया“ राशिको पुरस्कार प्रदान गरिएको हो । अनुसन्धाता रापचाको हालैमात्र ‘किरा“त–को“इच (सुनुवार÷मुखिया) पहिचान तथा भाषा साहित्यको ऐतिहासिक सर्वेक्षण’ चौधौं कृति प्रकाशित छ । उहा“को तेह्रौं वटा कृति प्रकाशित छन् । उहा“को नेपाली, अंग्रेजी र सुनुवार (को“इच) भाषाका कृति प्रकाशित छन् ।

पुरस्कृत भएपछि लिखित मन्तव्य प्रस्तुत गर्दै डा. रापचाले आदिवासीय सिक्री प्रवृति महत्वपूर्ण रहेको उल्लेख गर्दै ‘गंगटे प्रवृत्ति’ हानिकारक रहेको बताउनु भयो । ‘झन्डै सयको हाराहारीमा सुनुवार भाषाको अभिलेखिकरण भएका छन्, यो सिक्री प्रवृत्ति हो,’ उहा“ले भन्नुभयो, ‘सुनुवार भनेको सुनको काम गर्ने हो भन्ने लेखकहरूको गलत बुझाइले किरात सुनुवार जाति जो तिब्बती भाषा बोल्दछन् । अब भने को“इचको ध्वनि बुलन्द हु“दैछ ।’

त्यसैगरी समारोहमा तेह्रौं सागमा स्क्वाडतर्फ कास्यपदक विजेता भावना सुनुवार, एथलटिक्समा स्वर्णविजेता बेदबहादुर सुनुवार र सर्वोच्च शिखर आरोही सानुबाबु सुनुवारलाई सम्मान गरिएको थियो । पुरस्कारका संस्थापक दम्पती पूर्वसांसद दालकुमारी सुनुवार र पूर्वक्याप्टेन मानबहादुर सुनुवार उपस्थित समारोहमा संस्कृतिकर्मी लोकप्रिय सुनुवार, ईश्वरकिरण सुनुवार (अतित मुखिया) लगायतले विचार व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा कलाकार टोलीले नृत्य र गायिका पूजा सुनुवारले आफ्नो गीत प्रस्तुत गरेका थिए । गायिका सुनुवारले गीत गाउ“दा प्रमुख अतिथि काइ“लालगायत नाच्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *