लाख रुपैयाँ राशिको पुरस्कार इतिहासविद् नेम्बाङलाई प्रदान
ललितपुर
लिम्बु जाति र लिम्बुवान क्षेत्रको भाषा, साहित्य, संस्कृतिको अध्ययन अनुसन्धान कार्यमा टेवा पुर्याउने उद्देश्यले १ करोड रुपैयाँ राशिको ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष’ स्थापना गरिएको छ ।
किरात याक्थुङ चुम्लुङको प्राज्ञिक संस्था लिम्बुवान अध्ययन केन्द्रअन्तर्गत उक्त कोष स्थापना गरिएको हो । ताप्लेजुङमा जन्मिएर हाल क्यानडामा बस्दै आउनु भएका विष्णुदत्त आङ्बुहाङ र श्रीमती सरस्वती कार्की आङ्बुहाङले उक्त कोषको स्थापना गर्नुभएको हो ।
केन्द्रले ललितपुरमा शनिबार आयोजना गरेको ‘विष्णदत्त–सरस्वती आङ्बुङ प्राज्ञिक कोषवृद्धि तथा पुरस्कार समर्पण समारोह’मा घोषणा गरिएको हो । २०७३ सालमा स्थापित विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोषबाट ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार’ र ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति’ प्रदान गरिँदै आएको छ । सुरुमा अक्षयकोषको राशि ३० लाख रुपैयाँ रहेको थियो भने त्यसपछि २० लाख थप गरी पचास लाख रुपैयाँ पु¥याइएको थियो । अहिले पचास लाख रुपैयाँ थप गरी एक करोड रुपैयाँ कोषको राशि पु¥याइएको हो ।
समारोहमा कृष्णविक्रम नेम्बाङ लिखित ‘लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ (२०८०) इतिहास कृतिलाई एकलाख रूपैयाँ राशिको ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार’ प्रदान गरिएको छ ।
प्रसिद्ध मुन्धुमविद् बैरागी काइँला, चुम्लुङका संघीय अध्यक्ष प्रेम यक्तेन, कोषका संस्थापक विष्णदत्त आङ्बुहाङ र केन्द्रका अध्यक्ष भगिराज इङ्नामले उक्त पुरस्कार प्रदान गर्नुभएको हो । मुन्धुम एकेडेमीद्वारा प्रकाशित पुस्तकका लेखक नेम्बाङको पुस्तक प्रकाशन भएकै वर्ष निधन भएको थियो । उहाँको छोरा धर्मेन्दविक्रम नेम्बाङ तथा परिवारले उक्त पुरस्कार ग्रहण गर्नुभएको थियो ।
मुन्धुमविद् काइँलाले आफ्नो पसिनाको मूल्य समाजलाई समर्पित गर्ने दाताको नाम लिम्बुवानको इतिहासमा स्वर्ण अक्षरमा लेखिएको बताउनु भएको छ । लिम्बु जातिको ऐतिहासिक १८३१ अघि राज्यसँग कस्तो सम्बन्ध थियो भन्नेबारे खोज अनुसन्धान गर्न जरुरी रहेको र अनुसन्धान वृत्तिका निम्ति प्राज्ञिक कोषले महत्वपूर्ण रुपमा टेवा पुग्ने उल्लेख गर्नुभयो । ‘यथार्थ इतिहास अभिलेखनका निम्ति लिम्बुवान अध्ययन केन्द्रले ध्यानपूर्वक काम गर्न सक्नु पर्छ ताकि पछि फेरि संशोधन गर्न नपरोस्,’ उहाँले भन्नुभयो ।
कोषदाता विष्णुदत्त आङ्बुहाङको लिखित मन्तव्यः
किरात याक्थुङ चुम्लुङ
लिम्बुवान अध्ययन केन्द
विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष
कोषवृद्धि तथा पुरस्कार समर्पण समारोह
सयल बाटिक, तिखेदेवल, ललितपुर
यस समारोहका अध्यक्षज्यू,
प्रमुख अथिति पूर्वकुलपति बैरागी काइँलाज्यू, विशिष्ट अतिथिज्यूहरू, अतिथिज्यूहरू र उपस्थित सम्पूर्ण महानुभावहरू ।
‘विष्णुदत्त—सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार’बाट पुरस्कृत हुने इतिहासकार स्वर्गीय कृष्णविक्रम नेम्बाङज्यूका प्रतिनिधिज्यू । यस कार्यक्रममा उपस्थित सम्पूर्ण विद्वत वर्ग एवम् सञ्चारकर्मी मित्रहरूमा हार्दिक नमस्कार ।
१. कोषदाता आङ्बुहाङ्को छोटो परिचय
मेरो पुख्र्यौली थलो साबिक हाङ्पाङ गाविस–७ (हाल आठराई त्रिवेणी गाउँपालिका–३), त्रिवेणी, ताप्लेजुङ हो । जीवनको उकाली ओरालीमा नेपालमा रहँदा विभिन्न विद्यालयमा अध्यापन गरेँ । वि.सं. २०३२ सालबाट २०४१ सालसम्म नेपाल सरकारको अधिकृत सेवामा रहेँ । वि.सं. २०५९ बाट क्यानाडाको क्यालगरी शहरमा स–परिवार बसोबास गर्दै आएको छु ।
२. देश र समाजप्रतिको मेरो छोटो बुझाइ
हरेक देशका नागरिकको आफ्नो मातृभूमिप्रति विछट्टै माया मोह र स्नेह हुन्छ । आफ्नो रोजीरोटी र जीवनयापन तथा अध्ययनका लागि नेपालीहरू पनि विभिन्न मुलुकमा रहेका छन् । जहाँ रहेबसे तापनि आफ्नो जन्मथलोप्रति प्रेमले ओतप्रोत भई नेपालमाताको स्नेहमा आफ्नो परिश्रमको केही अंश मातृभूमिमा केही न केही गर्न लगानी गरेका छन् ।
नेपालमा राष्ट्रिय जनगणना २०६८ तथ्यांकअनुसार १२३ जाति तथा १२५ भाषाभाषी भएको बहुजातीय एवम् बहुसांस्कृतिक विशेषता भएको सुन्दर मुलुक हो । (२०७८ को तथ्यांकअनुसार नेपालमा १४२ जातजाति र १२४ भाषा रहेका छन् ।) हरेक जातिको मूर्त–अमूर्त सम्पदा, इतिहास, भाषा, संस्कार–संस्कृति र लिपिहरू नेपालका अमूल्य निधि हुन् । यिनीहरूको सही पहिचान र संरक्षण–संवद्र्धन हुनसक्दा यसले सिङ्गो नेपालको इतिहास, भाषा, लिपि तथा संस्कृतिको अभिलेखन र जगेर्नामा सहयोग पुगी नेपालीको एकीकृत इतिहास लेखन र संरक्षणमा मद्दत पुग्दछ ।
माथि उल्लेख गरिएका सम्पूर्ण कार्य राज्यपक्षबाट गरिनु पर्ने हो । तर नेपालका शासक वर्गले पञ्यचायत कालभर एक जाति, एक देश, एक भाषाको नारा दिएर आदिवासी जनजातिको इतिहास, धर्म, संस्कार, संस्कृतिलाई बेवास्ता तथा उपेक्षा गरे । पिछडिएका जाति र वर्गको इतिहासलाई ओझेलमा पार्दै एकल धर्म, एकल इतिहास, भाषा र संस्कृतिलाई मात्र प्रोत्साहित गर्दै अन्य जाति तथा समुदायलाई निषेधजस्तै गरियो ।
देशमा जनआन्दोलन भई बहुदलीय व्यवस्थाको प्रादुर्भाव भयो । राजतन्त्र उन्मूलन भई गणतन्त्र आयो । नेपालको संविधान (२०७२) को प्रस्तावनामा, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरिने’ उल्लेख भयो । तापनि सो कागजी रूपमा मात्र सिमित भई शासक वर्गको रबैया पञ्चायतकालभन्दा फरक रहेन ।
हरेक जाति आफ्नो भाषा, धर्म, मूर्त–अमूर्त संस्कार–संस्कृति र इतिहासप्रति आस्थावान हुन्छन, गौरव गर्दछन् । कुनै जातिको भाषा र संस्कार–संस्कृति हराए ऊ देशमा अस्तित्वविहीन हुन पुग्दछ । हरेक सचेत व्यक्ति यस विषयमा सचेत रहन्छन् र आफ्नो समुदायलाई झकझक्याई रहन्छन् ।
३. देश र समाजप्रति म र मेरो परिवारको एक कर्तव्य ‘प्राज्ञिककोष स्थापना’
म याक्थुङ लिम्बू जाति हुँ । लिम्बू जातिको ओझेलमा पर्न लागेका भाषा, लिपि, धर्म, मूर्त–अमूर्त संस्कार–संस्कृतिप्रति मेरो गहिरो माया, आस्था र विश्वास रहेको छ । यस्ता आफ्नो जातिको विविध क्षेत्रमा लुकेका इतिहास र जीवनदर्शनको खोजबिन गरी प्रकाशमा ल्याउन पर्छ भन्ने मेरो चाहना हो । यसै हेतुले लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, संस्कृति, इतिहास, आदिवासी ज्ञान, सीप तथा राजनैतिक, सामाजिक आर्थिक र शैक्षिक विषयहरूमा विवेचनात्मक अनुसन्धान र ज्ञान अभिवृद्धि गर्न–गराउन आवश्यक ठानेँ । यस्तो कार्यमा आवश्यक भूमिका निर्वाह गर्दै अध्ययन–अनुसन्धान गरी पुस्तक प्रकाशन गर्ने व्यक्ति, समूह वा संस्थालाई अक्षयकोषको आर्जित ब्याजबाट विभिन्न वृत्ति प्रदान गर्न सकियोस् भन्ने चाहना भयो ।
यसै उद्देश्यले यस्तो कार्य गर्नेलाई प्रत्येक वर्ष अनुसन्धानवृत्ति र दुई वर्षमा कदर र सम्मानस्वरूप पुरुस्कृत गर्न ‘विष्णुदत्त—सरस्वती आङ्बुहाङ् प्राज्ञिक कोष’ स्थापना गरिएको छ । त्यस्तै, उपरोक्त क्षेत्रमा खोज अनुसन्धानका लागि ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृत्ति’ स्थापना गरी प्रत्येक वर्ष बढीमा दुई जना(महिला–पुरुष)लाई अनुसन्धानवृत्ति प्रदान गरिँदै आएको छ । यस वर्षदेखि किरात याक्थुङ चुम्लुङ र लिम्बुवान अध्ययन केन्द्रले महत्वपूर्ण ठानेको कुनै विषयमा अनुसन्धान, अध्ययन तथा लेखनको कार्य गर्नु परेमा लिम्बू जातिको इतिहास, संस्कृति, भाषा र लिपिका कुनैपनि विद्वानलाई सोभैm विद्वतवृत्ति दिने प्रक्रियालाई पनि अगाडि बढाइएको छ ।
उपरोक्त कार्यको लागि म र मेरो श्रीमती सरस्वती कार्की आङ्बुहाङबाट किरात याक्थुङ चुम्लुङ अन्तर्गत लिम्बुवान अध्ययन केन्द्रले सञ्चालन गर्ने गरी ‘विष्णुदत्त–सरस्वती आङवुहाङ प्राज्ञिक पुरस्कार’ र ‘विष्णुदत्त—सरस्वती आङवुहाङ अनुसन्धानवृत्ति’ प्रदान गर्न सुरुमा रू. ३०,००,००० (तीस लाख) मूलकोष राखेको थिएँ । पछि, सो रकममा रू. २०,००,०००।— (बीस लाख) थप गरी ५०,००,०००।— पु¥याइएको थियो । सो रकममा आज ५०,००,०००।—
(पचास लाख) थप गरी जम्मा रू. १,००,००,०००।— (एक करोड) पु¥याइएको कुरा सहर्ष जानकारी गराउन चाहन्छु । यसरी आफ्नो समुदायको लागि प्राज्ञिक कोषमा रू. १ करोड पु¥याउन सकेकोमा मलाई निकै नै हर्ष अनुभव भएको छ ।
यसलाई किरात याक्थुङ चुम्लुङ लिम्बुवान अध्ययन केन्द्र र समुदायले नै अनन्तकालसम्म प्रभावकारी रूपमा सञ्चालन गरेर आफ्नो जाति, समुदाय र मुलुकका लागि नै यस क्षेत्रमा केही योगदान गर्नसक्नेछन् भन्ने आशा र विश्वास लिएको छु ।
४. प्राज्ञिक पुरस्कार र पुरस्कृत लेखकलाई बधाई
हामीले स्थापना गरेको प्राज्ञिक पुरस्कार सही व्यक्ति र कृतिले पाऊन् र उनीहरू यस्तो कार्यमा उत्प्रेरित भई निरन्तर लागी परून् भन्ने अभिलाषा रहेका छ । आज पुरस्कृत हुनुहुने इतिहासकार कृष्णविक्रम नेम्बाङ माङ्को काखमा लीन भई हामीबीच हुनुहुन्न । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको भौतिक शरीर नभए पनि उहाँले विगतमा प्रकाशन गर्नुभएको पुस्तकले याक्थुङ लिम्बू समुदाय र इतिहासमा रुची राख्ने जो कोही पाठकहरू लाभान्वित भई ज्ञान आर्जन गर्न सक्दछन् र सकिन्छ । आज पुरस्कृत हुने विद्वान लेखकलाई मरणोपरन्त भए पनि सम्मान गर्न पाउँदा हामी आफै पनि सम्मानित भएको महशुस भएको छ । वहाँ र परस्कृत वहाँका प्रतिनिधि परिवारलाई बधाई !
५. अन्तमा,
हालसम्म अनुसन्धानवृत्ति र पुरस्कार प्रदान भई प्राप्त भएको नतिजाको जानकारीका आधारमा कोषको मूल उद्देश्य केही हदसम्म पूर्ति भएको महशुस भएको छ । निजहरूको योगदानलाई कदर गर्दै आगामी दिनमा वहाँहरूको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
‘विष्णुदत्त—सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार’ तथा ‘अनुसन्धानवृत्ति’को स्थापनाले लिम्बुवान क्षेत्रको भूमि, भाषा, संस्कृति, सीप, ज्ञान र लुप्त रहेको इतिहास खोजबिन गर्ने अनुसन्धाताहरूलाई उत्प्रेरणा र प्रोत्साहन हुने आसा र विश्वास लिएको छु । यसबाट याक्थुङ लिम्बु जातिबारे जान्न र बुझ्न चाहने सबैलाई मद्दत पुग्ने र नेपालको बहुसांस्कृति विशेषताको सम्मान र सम्बोधन गर्दै एकीकृत इतिहास लेखन सहयोग पुग्दछ भन्ने आशा र विश्वास लिएको लिएको छु ।
अन्तमा, यो स्थापित कोषलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने किरात याक्थुङ चुम्लुङ लिम्बुवान अध्ययन केन्द्र, तिनका सबै पदाधिकारी तथा सदस्यहरुप्रति हार्दिक आभार प्रकट गर्दछु । यसैगरी, यस कोषबाट अनुसन्धानवृत्ति, विद्धतवृत्ति र पुरस्कार पाउने सबै विद्वान–विदुषीहरुलाई हार्दिक बधाई दिँदै वहाँहरूले थप प्रगति र योगदानको अपेक्षा गर्दछु । साथै, सबै नयाँ पुस्ताका विद्वान–विदुषीहरूरले यस कोषबाट निरन्तर प्रदान गरिन वृत्ति तथा पुरस्कारबाट सम्मानित हुन हरदम प्रयास गर्नुहुनेछ भन्ने पनि आसा र आह्वान गर्दछु ।
धन्यवाद ! नोगेन् ! सेवारो !
विष्णुदत्त आङ्बुहाङ
कोषदाताः विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष
लिम्बुवान अध्ययन केन्द्र
२०८२ जेठ १०
लिम्बुवान अध्ययन केन्द्रका अध्यक्ष भगिराज इङ्नामको मन्तव्यः
किरात याक्थुङ चुम्लुङ
लिम्बुवान अध्ययन केन्द्र
विष्णदत्त–सरस्वती आङ्बुङ प्राज्ञिक कोष
कोषवृद्धि तथा पुरस्कार समर्पण समारोह
सयल बाटिका, तिखेदेवल, ललितपुर
अनुसन्धानवृत्ति वितरण तथा पुरस्कार समर्पण विवरण
१. परिचय
लिम्बुवान अध्ययन केन्द्रद्वारा सञ्चालित तथा व्यवस्थित विष्णुदत्त आङ्बुहाङ र सरस्वती आङ्बुहाङबाट वि.सं. २०७३ सालमा स्थापित विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोषबाट ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार’ र ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति’ प्रदान गरिँदै आएको छ ।
२. ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति’ वितरण विवरण
२.१ विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति २०७४
२.१.१ अमर तुम्याहाङ (मुन्धुमी अवस्थलहरूको अध्ययन)
२.१.२ टेब लावती (लिम्बुवानजन्य धार्मिक सम्प्रदायहरूको उद्भव र तिनीहरूबीचको अन्तरद्वन्द्व)
२.२ विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति २०७५
२.२.१ इन्दु फोम्बो र राज माङ्लाक (लिम्बुभाषामा स्थाननाम र अपभ्रंश अवस्थाः लिम्बुवानको पान्थर र चौबिस थुमका स्थाननामको समाजशास्त्रीय अध्ययन)
२.२.२ एल.बी. पालुङ्वा लिम्बू (Indigenous Economy in Limbu Community: A Case Study of Dokhu Village, Taplejung)
२.३ विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति २०७६
२.३.१ फूलमाया सुब्बा (सीता मादेम्बा)(Reconstruction and Resistance against State: Limbu Identity and Globalization)
२.३.२ सुवासचन्द्र तेयुङ, ताजुब कुमार लिम्बू, हितराम तिलिङ र डम्बर लावती (Yakthung Mundhum in Relation to Burial System and Yakthung Graveyard of Dharan)
२.४ विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति २०७७
विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृत्ति–२०७७ कोभिड १९ महामारीका कारण स्थगित गरिएको ।
२.५ विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति २०७८
२.५.१ मनकुमार लिम्बु (आङ्बुहाङ अबोध अविरल)(Limbuwan Movement: Post Constitution of Federal Democratic Republic of Nepal 2-15)
२.५.२ दिलेन्द्र कुमार सुब्बा (याक्थुङ लिम्बू भाषा अपसरण अध्ययन)
२.६ विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति २०७९
२.६.१ भीमा सुब्बा लिम्बु (राजनीतिक नेतृत्वमा लिम्बु महिलाहरूः एक तुलनात्मक अध्ययन)
२.६.२ मधुराज केरुङ (लिम्बू लोकपद्यमा छन्दको अध्ययन)
२.७ विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति २०८०
२.७.१ सन्ध्या सुब्बा (सिङ्जाङ्गो) (Understanding Yakthung/Limbu Mundhum Trails, Tales and Identity)
२.८ विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति २०८१
२.८.१ काली बहादुर लिम्बु र अमृता थेबे (तुम्म्याङ मेलमिलाप पद्धतिः लिम्बु समुदायमा आधारित मेलमिलाप पद्धतिको रूपमा)
२.८.२ विवेक गौतम (Exploring the Significance of Paha in Yakthung Community of Nepal)
३. विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार समर्पण विवरण (रू. १ लाख र सम्माान–पत्र
३.२.१ विजय लुम्फुङ्वा लिम्बू (लिम्बुवान आन्दोलः विकासव्रmमः विगत र वर्तमान, २०७५)
३.२.२ डा. मोराहाङ लिम्बु -Delinking, Relinking, and Linking Writing and Rhetorics: Inventions and Interventions of the Sirijanga Syllabary, 2021AD)
३.२.३ कृष्णविक्रम नेम्बाङ (लिम्बू इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध, २०८०)
३. अन्तमा,
आजको कोषराशि वृद्धिबाट ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक पुरस्कार’ र ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ असुन्धानवृत्ति’ लाई अझ सशक्त र प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने छ ।
धन्यवाद !
भगिराज इङ्नाम
अध्यक्ष
लिम्बुवान अध्ययन केन्द्र
शोभाहिटी, लतिपुर
२०८१ जेठ १०