गाउँको समृद्धिका निम्ति एक बृहत् योजना : ब्ओकुला खेलमैदान (अभियानमा साथ दिने दाताहरूको नामावलीसहित)

विचार / ब्लग

लक्ष्य एक खेलकुद केन्द्र

बी. मुक्काचो

ब्ओकुला खेलमैदान एक सपना

ब्ओकुला खेल मैदानमा दोस्रो रिनुवाल कप खेल्दै खेलाडी र दर्शकदीर्घामा दर्शकहरू

पञ्चायत कालमा तथाकथित गाउँ फर्क अभियान चलेको थियो । कति गाउँ फर्के कति सहर पसे त्यसको लेखाजोखा भएन । नेपालमा बहुदलीय व्यवस्था आएपछि एक पटक एमाले सरकारले ‘आफ्नो गाउँ, आफैं बनाउँ’ भन्ने अभियान चलायो । जुन बिम्बको रूपमा अद्यावधि प्रयोग भइरहेकै छ । विशेषगरी माओवादी सशस्त्र द्वन्द्व काल र गणतन्त्र आएपछि सहर बजार पस्ने र विदेश गएर उतै पलायन हुने ट्रेन्ड बढेको छ । यो क्रम चलिरह्यो भने गाउँघरमा बिहेमा जन्ती जाने र मर्दा मलामी जाने मान्छेको अभाव होला जसरी गाउँघर रित्तिदै गएको छ । गाउँका घर खण्डहर खेतबारी जंगलमय हुँदै गएका छन् । यद्यपि, गाउँघरको विकास, सुन्दरता र आकर्षण बढाउनलाई केही अभियान चलिरहेकै छ । त्यो अभियानमध्ये एउटा हो– ‘ब्ओकुला विकास तथा विस्तार अभियान ।’ संघीय नेपाल प्रदेश–१ (प्रस्तावित किरात प्रदेश) ओखलढुंगा जिल्ला, मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ वामद्यालको रिनुवाल गाउँमा यो खेलकुद केन्द्रको विकास चरणबारे यहाँ चर्चा गरिएको छ ।

मेरो एउटा कहानी
मेरो जीवन संघर्ष सफलताका निम्ति विफलताको चाङ चुलिएको छ । त्यसमा एउटा दारुण कथा सम्झिरहन्छु । लाहुरे हुने रहरले पोखराको ब्रिटिश क्याम्पभित्र छिरियो । मंसिर–पुसको कठ्याँग्रिदो जाडोमा बिहान भुकभुके हुँदा उठेर चियाखाजा खाएपछि हरियो चौरमा लहरै उभिनु पथ्र्याे । एक बिहानै सिनियर एआरओ देउकुमार राई (गोर्खा मेजर सेभेन जीआर) साहेबले उभेरै लेक्चर दिनु थाल्नु भयो– ’नानी हो तिमीहरूले गेटपास पाएर यहाँसम्म आएका छौ । तर सबैलाई भर्ती गराउन सक्दैनौं । फेल भएर गएपनि केही इलम गर्नू । फेरि स्कुल क्याम्पस पढ्नू । आफ्नो गाउँठाउँको विकास गर्नू । कम्तिमा यहाँको जस्तो राम्रो सम्म परेको फुटबल ग्राउण्ड खन्ने अभियान चलाउनू ।’ इत्यादि ।

लेखक बि. मुक्काचो ब्रिटिस आर्मी लागेर पहिलो छुट्टी आउँदाको क्षण

केही दिनपछि अन्तिम नतिजा आयो । भर्ती हुनेमा मेरो नाम आएन । गहभरि आँशु बनाएर सानो मन गर्दै घर फर्कें । फेल भएपनि त्यति बेलाको समयमा हजार बाह्र सय जति बाटो खर्च पाइन्थ्यो । घर आइपुगेको भोलि–पर्सि राति ब्ओकुला बजार गएँ । भर्ती हुन नसकेको पीडाले खुब रक्सी खाएर मातेको सुरमा निक्कै रोएको थिएँ । काइँला मामाले त्यही मास्तिर हुल्मा गहिरामा लगेर सान्त्वना दिँदै सम्झाउनु भयो । कोशिस गर्दागर्दा बल्ल लाहुरे भएको पनि करिब तीन दशक पुग्न लाग्यो । ती दिनहरू सम्झिरहेकोछु । आफू जन्मेर हुर्केको माटोको माया र गाउँठाउँलाई सम्झेर सकेसम्म धेरै विकास गर्नु पर्ने थियो । सकिनँ ।
खास अभियान २०७५ सालदेखि विधिवत आरम्भ भयो । स्वदेश र विदेशमा बस्ने युवाहरूको पहल र सक्रियतामा ब्ओकुला विकास तथा विस्तार अभियान निरन्तर जारी छ । अविच्छिन्न रहोस् भन्ने शुभकामना छ ।

ब्ओकुला वरिपरिको संरचना
यो भन्दा अगाडी मैले ‘लिब्जु–भुम्जु’ पत्रिकाको पूर्णाङ्क ७१, २०७४ मा ‘समृद्धिका निम्ति गाउँटोलको चिरफार : ब्ओकुला र सेरोफेरो’ शीर्षक लेखमा ब्ओकुला आसपासका बस्तीमा घरबास (होम स्टे)को अवधारणा र परिकल्पना गरिएको थियो । विगत पाँच वर्षभित्र ब्ओकुला छेउमा अवस्थित कल्पुम खेत वरिपरि घरबस्ती बढ्ने क्रममा छ । सानातिना किराना पसलहरू थापिएका छन् । निवर्तमान वडाध्यक्ष मेडल राईको कार्यकालमा कल्पुम भन्ज्याङमा खोप केन्द्र भवन बनेर संचालनमा छ । त्यही ठाउँ भएर पूर्वतिर वाइली र दक्षिणतिर ध्याप्ति खचापु हुँदै दुधकोशीसम्म जाने सडक संजाल विस्तार भएको छ । त्यसैले कल्पुम पनि केही वर्षभित्र गुल्जार हुने सम्भावना बढेको छ ।

माथिल्लो कोल्बोटे अर्थात् कल्पुमबाट जनकल्याण आधारभूत विद्यालयको कार्यालय तल सारिएपछि ब्रिटिश गोर्खा वेलफेयर ट्रस्टले सिमेन्टको एउटा लामो र राम्रो भवन बनाई दिएको छ । उक्त भवन निर्माण कार्यमा बेलायती सेनाबाट सेवानिवृत्त स्थानीय रामबहादुर राई (जस्बले) को महत्वपूर्ण योगदान छ । स्थानीय जन श्रमदानको पनि उत्तिकै योगदान छ । हालसालै नेपाल सरकारबाट बजेट पारित भएर दुईवटा ठुला–ठुला पक्की भवन बनेका छन् । टाढाबाट हेर्दा जनकल्याण आधारभूत विद्यालयको ती रंगीन भवन र संरचनाहरू ब्ओकुला र सेरोफेरोको अर्को प्रमुख आकर्षण हो ।

करिब दुई दशक अगाडि मैले खिचेको फोटो र हालसालै विकास राई (सौगात)ले खिच्नु भएको फोटो दाँजेर हेर्दा त्यहाँको विकास र समृद्धिले फड्को मारेको आभाष हुन्छ । हाम्रो साझा अभियान ब्ओकुलामा फुटबल खेल मैदान खन्ने र त्यसको मात्र विकास गर्ने होइन । मास्तिर हुल्मा गहिरामा भलिबल, बास्केटबल र ब्याडमिन्टन कोर्ट विकास गरेर लाने हो । समग्र ब्ओकुलालाई स्पोर्टस् हब अर्थात् खेलकुद केन्द्र बनाउने हो ।

ब्ओकुला, पोन्डोपु र सेप्नाल बन वरिपरि हाइकिङ ट्रेल तथा साइक्लिङ र बाइकिङ रुटसमेत विकास हुने क्रममा छ । स्थानीय जनश्रमदानले ध्याप्ति खण्ड भ्रुटुमान्चि डाँडा, जोगिक्ल्वाम डाँडा, झ्यापे कटेर, सिलिङड्याबा हुँदै खचापु जाने पुरानो बाटो पछ्याएर करिब सात किलोमिटरको घोरेटो बाटो समेत खनिएको छ ।

चार देउराली खोलाको शिरमा र सिलिङड्याबामा बर्खा यामको भल पानी जम्मा भएर पर्यावरण जोगियोस् । जंगली पशुपंक्षीले पानी खान पाउन् भनेर दुई वटा आहाल खनिएको छ । चार देउराली खोलाको शिरानमा स्थानीय युवाले काठको बिसाउने बेन्च बनाएका छन् । त्यहाँ बरको रुख रोपेर बढ्दै गएको छ ।

ब्ओकुलामा भव्य खेल आयोजना
२२ जना खेलाडीले खेल्न मिल्ने अर्थात् (11A Side) को फिफा स्तरीय खेल मैदान तयार भएपछि हालसम्म दुई पटक रिनुवाल कप संचालन भएको छ । २०७७ सालमा प्रथम रिनुवाल कप आयोजना भएको थियो । कोभिड–१९ प्रकोप र प्राविधिक कारणले २०७८ सालमा रिनुवाल कप स्थगित भयो । पछिल्लो पटक २०७९ सालको तिहार अगाडि ‘पर्यटन विकासको लागि खेलकुद र खेलकुद विकासको लागि रिनुवाल कप’ नारासति रिनुवाल कप सम्पन्न भयो । गोलनेपाल डटकम भन्ने फुटबल अनलाइनले प्रत्यक्ष प्रसारण गरेपछि खेलको रौनकता र लोकप्रियता बढेको थियो ।

ब्ओकुला खेलमैदान दक्षिणबाट उत्तर फर्केर हेर्दा माथि लिब्जु उपो (वाम्बुले राईहरूको कुल देवता) पहाडको टुप्पो देखिएको छ

एक हप्ताभरि संचालन भएको खेल अवधिमा स्थानीय युवा रेञ्जाप्रसाद राईले फेसबुक लाइभ र संजय राईले गोलनेपाल डटकमबाट प्रत्यक्ष प्रसारण गर्नु भएको थियो । ‘पाँच हजारभन्दा बढी दर्शकले भरिएको ब्ओकुला खेल मैदान, रिनुवाल’ शीर्षक राखेर मानेभन्ज्याङ–३ वाक्साका युवा नेता उमेश लामा कार्कीले आफ्नो फेसबुक पेजमा लाइभ प्रसारण गर्नु भएको थियो । देश–परदेशमा बस्ने दर्शकबाट धेरै प्रशंसा पाएको थियो ।

फिफाबाट मान्यता प्राप्त रेफ्री, अफिसिएल प्रतिनिधि

फिफाबाट मान्यता प्राप्त रेफ्री, अफिसिएल प्रतिनिधि, प्रहरी प्रशासनको उपस्थितिले खेल निष्पक्ष र धाँधलीरहित सम्पन्न भयो । अल नेपाल फुटबल एसोसिएसन (एएनएफए) को राष्ट्रिय लिगहरूमा खेल्ने युवा खेलाडीहरूको सहभागिताले खेल धेरै मनोरन्जनात्मक र प्रतिस्पर्धात्मक हुन गयो ।

प्रतियोगिताको अन्तिम खेल मानेभन्ज्याङ युथ क्लब र पुर्बेली टाइगर टीम, केत्तुके कोल्टारबीच कडा प्रतिस्पर्धा भयो । अन्तमा मानेभन्ज्याङ युथ क्लबले टाईब्रेकरमा २ लाखको नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । पुर्बेली टाइगर टीमले ७५ हजार नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र पायो । तेस्रो स्थानमा घुर्मी युवा क्लबले ३५ हजार नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र पायो ।

पहिलो रिनुवाल कप सोक्मोटारको नयाँ नेपाल सरोकार क्लबले जितेको थियो । दोस्रो रिनुवाल कपमा मानेभन्ज्याङ युथ क्लबले जितेको थियो ।

दोस्रो रिनुवाल कप आयोजना सफल पार्नलाई दाताहरू निम्न छन् :
(१) संघीय सांसद रामहरि खतिवडा १८,०००/– (२) भिमल राई (बी. मुक्काचो) १५,०००/– (३) दर्बराज राई/सन्जु राई १०,०००/– (४) राजु राई ६०००/– (५) विकास सौगात राई ५,६२९/– (६) सागर राई ५,५५५/– (७) बिशुधन राई ५,५५५/– (७) अर्जुन राई ५,५५५/– (८) सेतीमाया राई ३,०००/– (९) कृष्णकुमारी (पुनारी) राई र परिवार २,२०५/– (१०) ललित राई र परिवार २,००५/– (११) भुवन राई २,०००/– (१२) अफा राई १,१००/– (१३) चालस राई १,१०५/– (१४) ललिता राई १,०००/– (१५) एसिका राई १,०००/– (१६) विल्सन राई १,०००/– (१७) बीरबहादुर राई १,०००/– (१८) गंगाकुमारी राई १,०००/– (१९) देवीराज राई १,०००/–

दोस्रो रिनुवाल कप फुटबल दाताः
(१) कोते सार्की (२) अर्जुनबहादुर राई (३) बासुकुमार राई (४) अवि हाताचो राई (५) गौरव राई (६) राजेन्द्र राई÷स्यानुका राई (७) भिमल राई

‘रिनुवाल कप’ नाम परिमार्जन गर्ने कि ?
विगतमा विभिन्न नाम दिएर ब्ओकुलामा फुटबल खेल हुँदै आएको थियो । २०७७ सालदेखि ‘रिनुवाल कप’ नामाकरण भई खेल हुँदै आएको छ । रिनुवाल गाउँको नाम र पहिचानलाई बर्करार राख्नको निम्ति ‘रिनुवाल कप’ नाम नराम्रो छैन वा होइन । सानो गाउँको संगठित परिवारको हैसियतले खेल हुँदै आएको छ । तथापि, कप तथा शिल्डको नाम सकेसम्म सबैको सल्लाहले परिवर्तन गरेर ‘चौरास कप’ राख्दा वेश हुने देखिन्छ । किनभने इतिहास साक्षी छ कि ब्ओकुलभन्दा माथि चौरासघर आजसम्म छ । ‘रिनुवाल कप’ मात्र भनेर निरन्तरता दिँदा रिनुवालेहरूको मात्र हो कि भन्ने लागिरहेन्छ ।

वाम्बुले राई संस्था (वाम्रास) केन्द्रसँग परामर्श लिएर लिब्जु–भुम्जु कप, चौरास कप, वाम्रास कप अथवा अरु केही राख्दा अझ धेरै समावेशी भएर प्रायोजक बढ्न सक्छ । बहस पैरवी हुन आवश्यक छ । सम्पूर्ण वाम्बुले राईहरूलाई समेट्ने र यसको स्वामित्व बढेर वामद्याल (उँबुगाउँ) भरिका मिलेर आयोजना गर्न सजिलो हुनेछ । मानेभन्ज्याङ गाउँपालिकासँग समन्वय गरेर खेल आयोजना गर्दा आर्थिक संकलन र बजेट पारित गर्न सहज हुनेछ ।

मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली विजयी टिमलाई पुरस्कार प्रदान गर्नुहुँदै

मेयर तथा अध्यक्ष कप राख्दा राजनीतिक रूप लिने र विवाद सृजना हुने सम्भावना हुन सक्छ । ब्ओकुलामा आयोजना हुने खेललाई कुनै राजनीतिक रुपरंगमा नमुछी विशुद्ध खेल र मनोरन्जनका माध्यमबाट दीर्घकालीन विकास तथा युवा प्रवद्र्धनका रूपमा लिन जरुरी छ । सकेसम्म सर्वसम्मतिले खेलको नाम दिएर हरेक वर्ष दशैं र तिहारबीचको सर्वोत्कृष्ट मौसम पारेर अनिवार्य रूपमा खेल आयोजना गर्न सके ब्ओकुला खेल मैदानको विकास हुँदै जानेछ ।

संरचना र बजेट
खेलमैदानसँगै दर्शक महिला र पुरुष सौचालय, खेलाडीहरूले आफ्नो जर्सी, जुत्ता फेर्ने र नुहाउने जस्ता सुविधाका निम्ति भवन बने सजिलो हुनेछ । मैदानको वरिपरि दर्शकहरू बसेर हेर्ने व्यवस्थित र सुरक्षित पाराफिट अनिवार्य छ । त्यसनिम्ति संघ, प्रदेश र स्थानीय सरकारबाट बजेट पहल हुनुपर्छ ।

मानेभन्ज्याङ गाउँपालिकाका उपाध्यक्ष आश्राचन राई विजयी टिमलाई पुरस्कार प्रदान गर्नुहुँदै

दोस्रो रिनुवाल कपको बेला संघीय तथा प्रदेशको निर्वाचन (२०७९) को पूर्वसन्ध्या भएको थियो । उतिखेर उम्मेदवार नेताहरूले खेलको महत्व दर्शाउँदै ब्ओकुला खेल मैदानलाई थप विकास र विस्तार गर्न आफ्नो तर्फबाट सहयोग र समर्थन गर्ने प्रतिज्ञा गरेका थिए । जनतामाझ गरेको प्रतिज्ञालाई बिर्सिन मिल्दैन भन्ने लाग्छ ।

मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ का निवर्तमान अध्यक्ष मेडल राई विजयी टिमलाई पुरस्कार प्रदान गर्नुहुँदै

 

महिला र किशोर खेलाडी


स्थानीय सरकारबाट प्राप्त आर्थिक सहयोग, खेलाडी समूहबाट असुलिने प्रवेश शुल्क र देशविदेशबाट चन्दा उठाएर खेल संचालन हुँदै आएको छ । प्रचारप्रसारको अभाव र व्यवस्थापकी कमजोरीले अपेक्षाकृत धेरै खेल समूह सहभागी हुन सकेको छैन । जति धेरै खेल समूह ल्याउन सकियो त्यति धेरै प्रवेश शुल्क उठ्न सक्छ । ठुलो राशिको पुरस्कार राखेर खेल संचालन गर्न सकिन्छ । पहिलो रिनुवाल कपमा महिला खेलाडी समूह समाहित थियो ।

तर, दोस्रोमा महिला खेलाडी समूहको सहभागिता नहुँदा गुनासो सुनिएको छ । भेट्रान अर्थात् जेठो उमेर समूह (३०, ३५ र ४० माथि) का खेलाडी र जुनियर/सानो उमेर (१५ वर्षमुनि) समूहको थोरै राशिको पुरस्कारसहित शिल्ड, मेडल राखेर खेल आयोजना गरे विविधता थपिनेछ । ब्ओकुला फुटबल खेल मैदानको दक्षिणतिर हुल्मा गहिरामा महिला र पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्न सके खेलाडी र दर्शकको भिड अझ बढ्नेछ । स्थानीय व्यावसायीलाई फाइदा हुनेछ ।

सामाजिक अभियान र आर्थिक पारदर्शिता
कुनै पनि सामाजिक विकास अभियान चलाउने क्रममा आर्थिक पारदर्शिता देखाउनु अनिवार्य शर्त हुन्छ । यो लेख लेख्नुको मुख्य उद्देश्य पनि आर्थिक व्यवस्थापन र चन्दा संकलनको लेखाजोखा राख्नु हो । ब्ओकुला विकास तथा विस्तार अभियान २०७५ पछि देश–विदेशबाट आर्थिक, भौतिक र नैतिक समर्थन जुटिरहेको छ । आर्थिक सहयोगदाताहरूको नाम शिलालेखमा कुँदेर राखिने छ । सम्मान पत्र दिइनेछ भनेर अभियान थालिएको थियो । विभिन्न प्राविधिक कारणले अहिलेसम्म शिलालेख तयार भएको छैन । दाताहरूको नामावली र रकम (रुपैयाँमा) यहाँ उल्लेख गरिएको छ ।

क्र.सं. नामावली ठेगाना रकम
(१) उदयजित राई (रिनुवाल) १,११,१११/–
(२) गंगाबहादुर राई/नेत्रकुमारी राई (हलोचोक्फु, हाल– युके) १,१०,०००/–
(३) भिमल राई (बी. मुक्काचो, रिनुवाल हाल– युके) ७०,०००/–
(४) मनबहादुर राई/फाँसुमाया राई (हलोचोक्फु, हाल– युके) ५२,०००/–
(५) निमन राई (रिनुवाल हाल– युके) ५१,०००/–
(६) बासुकुमार राई (हलोचोक्फु, हाल– युके) ४१,०००/–
(७) पदमबीर राई (वामद्याल दार्बु, हाल– युके) ३०,०००/–
(८) खेजी राई/अमृतबहादुर राई (रिचुवा, हाल– युके) २८,०००/–
(९) ओमकर राई(राइची वाम्बुले)/गंगीमाया राई (वामद्याल, हाल अस्ट्रेलिया) २५,०००/–
(१०) लबु राई (फोकुल, हाल– न्यूजिल्याण्ड) २५,०००/–
(११) डिल्लीमान राई (फोकुल, हाल– युके) २२,०००/–
(१२) तुलाराम राई (रिनुवाल, हाल– पोखरा) २१,५५०/–
(१३) चतुरलाल राई (रिनुवाल) २१,१५५/–
(१४) कमन राई (रिनुवाल, हाल– युके) २०,०७६/–
(१५) नवीन राई (थोप्लोम, हाल– युके) २०,००५/–
(१६) कृष्णकुमार मुक्काचो राई (टार्कोम, हाल– युके) २०,००५/–
(१७) मणिकुमार राई (रिनुवाल, हाल– मलेसिया) २०,००५/–
(१८) दर्बराज राई/सन्जु राई (रिनुवाल, हाल– युएई) २०,०००/–
(१९) मिलनकुमार राई (रिनुवाल, हाल–भारत) १५,०००/–
(२०) पुर्णबहादुर राई (उँबु माझगल्ली, हाल– पोखरा) १५,०००/–
(२१) कर्णबहादुर राई/दिलकुमारी राई (हिलेपानी, हाल– युके) १५,०००/–
(२२) लीलाराज राई (पेकु, हाल– युके) १५,०००/–
(२३) जीतेन्द्र राई (टार्कोम) १५,०००/–
(२४) पवित्र राई (खचापु, हाल– जापान) १४,६००/–
(२५) संजय राई (रिनुवाल, हाल– काठमाडौं) १२,०००/–
(२६) अफा राई (रिनुवाल) ११,१११/–
(२७) साजन राई (रिनुवाल) ११,१११/–
(२८) विजयकुमार राई (रिनुवाल) ११,१११/–
(२९) सागर राई (रिनुवाल, हाल– कोरिया) ११,१११/–
(३०) रुपासरी राई (गौरीको आमा, रिनुवाल) ११,१११/–
(३१) आशाकुमार राई (रिनुवाल) ११,१११/–
(३२) यलम्बर राई (उँबु, हाल–युके) ११,१११/–
(३३) विकास सौगात राई (रिनुवाल, हाल–काठमाडौं) १०,५००/–
(३४) देवानराज राई/दिपीका राई (रिनुवाल) १०,५००/–
(३५) रेखाराज राई (टार्कोम, हाल–युएई) १०,५००/–
(३६) बाबुहाङ राई (खचापु, हाल– कोरिया) १०,१९९/–
(३७) अर्जुन राई (रिनुवाल, हाल– कोरिया) १०,१२५/–
(३८) भुवनसिंह राई (दार्बु, हाल–काठमाडौं) १०,१२५/–
(३९) जेशन राई (वामद्याल, हाल–काठमाडौं) १०,१२५/–
(४०) अमिता राई (ब्आलाँच्वाक्फु, हाल–युके) १०,१००/–
(४१) राजु राई (रिनुवाल) १०,०५५/–
(४२) प्रज्वल राई (रिनुवाल) १०,०१०/–
(४३) दीपक राई (वाम्ड्याल गैरीड़याल ) १०,००३/–
(४४) हिराकाजी राई/सुमी राई (फकुल) १०,०००/–
(४५) सुदर्शन राई (रिनुवाल, हाल– पोखरा) १०,०००/–
(४६) सुमन राई/नेलिमा राई (ब्आलाँच्वाक्फु, हाल–युके) १०,०००/–
(४७) मेडल राई (रिनुवाल) १०,०००/–
(४८) काँशीराज राई (रिनुवाल) १०,०००/–
(४९) बाबुराम राई (ध्याप्ति, हाल– कोरिया) १०,०००/–
(५०) इन्द्रकुमार राई (रिनुवाल) १०,०००/–
(५१) रेनुका राई (रिनुवाल) ६,६५५/–
(५२) रविकुमार राई (रिनुवाल, हाल– पोखरा) ६,५००/–
(५३) शुभचन्द्र राई (फोकुल, हाल–युके) ६,०००/–
(५४) पुष्पहरि क्याम्पा राई (सोदु, हाल– काठमाडौं) ५,५५५/–
(५५) रबिन वाम्बुले राई (उँबु माझगल्ली) ५,५५५/–
(५६) टंकराज राई/राखुमाया राई (रिनुवाल, हाल– युएई) ५,५५५/–
(५७) बिशुधन राई (रिनुवाल, हाल– कोरिया) ५,५००/–
(५८) ढाँटुमाया–अर्जुन–नहकुल राई (रिनुवाल, हाल– पोखरा) ५,५००/–
(५९) बलबहादुर राई/जुनकला राई (टार्कोम) ५,५००/–
(६०) दिलन राई (रिनुवाल, हाल– पोखरा) ५,१५०/–
(६१) दुर्गाकुमारी/कृष्णजित राई (ह्वाल्माफु, हाल– काठमाडौं) ५,१११/–
(६२) पचुराम राई (हिलेपानी, हाल– काठमाडौं) ५,१००/–
(६३) सर्वराज राई ‘चम्बु’ (रिनुवाल) ५,१००/–
(६४) रवि हाताचो राई (रिनुवाल, हाल– काठमाडौं) ५,०६०/–
(६५) भुवनसिंह राई (रिनुवाल, हाल– काठमाडौं) ५,०५५/–
(६६) देशबहादुर राई (रिनुवाल, हाल– काठमाडौं) ५,००५/–
(६७) बिष्णुकुमार राई (रिनुवाल) ५,०००/–
(६८) कर्ण राई/सुजन राई (खचापु, हाल– सुनसरी, झुम्का) ५,०००/–
(६९) जीबनकुमारी राई (रिनुवाल) ५,०००/–
(७०) दिपनकुमार राई (रिनुवाल) ५,०००/–
(७१) देबेन्द्र राई (टार्कोम, हाल– पोखरा) ५,०००/–
(७२) इन्द्रकुमार राई ( खचापु) ५,०००/–
(७३) भीमकुमार राई/माइतुमाया राई (रिनुवाल, हाल–झापा शनिश्चरे) ५,०००/–
(७४) रमेश राई (दार्बु) ३,०००/–
(७५) तिक्खाराज थुलुङ राई (दार्बु) २,०००/–
(७६) बाबुराम राई (रिनुवाल) १,५००/–
(७७) झगरलाल राई (रिनुवाल) ११००/–
(७८) राकाध्वज राई (रिनुवाल) १,०००/–
(७९) रमेश राई (जाक्मा) १,०००/–
(८०) लोकबहादुर राई (रिनुवाल) ९००/–
(८१) ध्यानबहादुर राई (रिनुवाल) ५००/–
(८२) नवलसिङ राई (रिनुवाल) ५००/–
(८३) बकसबहादुर राई (रिनुवाल) १५०/–
(८४) विकास हाताचो राई (रिनुवाल) १५०/–
(८५) कंसराम राई (रिनुवाल) १००/–
(८६) देवेन्द्र राई (सिम्काकु), ईश्वर द्वा¥वाङ्चा राई (हिलेपानी), राजकुमार राई (रिब्दोम), पुरमाया राई, उज्ज्वल राई, अब्सन राई, राजन राई, युकेन राई र मुकेश राई गरी दशजनाको संयुक्त ११,५००/–

आर्थिक संकलन अभियन्ताहरू:
मेडल राई, विकास सौगात राई, दर्वराज राई, रविकुमार राई (अटल), बिष्णु माइला, मन्दिला राई, सुशीला राई, संजय राई (फुरिचो), विजयकुमार राई, चतुरलाल राई, काँशीराज राई, सागर राई, विशुधन राई, अर्जुन राई, इन्द्रकुमार राई, माइकल राई, युकेन राई, अफा राई, देवीराज राई, रेन्जा राई, भिमल राई, गंगाबहादुर राई, मनबहादुर राई, असई (नवीन) राई र कृष्ण मुक्काचो राई ।

पुनश्चः ब्ओकुला खेल मैदानको विकासमा चन्दा दिनु छुट्नु भएका, चन्दा रकम थप्न चाहनु हुने महानुभावहरू तपाईहरूको सहयोगी मन र भावनाको कदर गर्न चाहन्छौं । तपाईहरूको नाम र सहयोग रकम खेल मैदानमा सबैले देख्ने गरी शिलालेखमा अंकित गरेर राख्न चाहन्छौं । ब्ओकुला विकास तथा विस्तार अभियानमा जोडिनको लागि हार्दिक अनुरोध गर्दछौं ।

यसअघि रकम प्रतिवद्धता जनाउनु हुने महानुभावहरूलाई यथासम्भव चाँडो चुक्ता गर्नु हुने विश्वासमा छौं । अभियानका सचिव श्री विकास राईको नाममा सिद्धार्थ बैंक लिमिटेड (खाता नं ०१७१५४८४५६) मा जम्मा गरी डिपोजिट स्लिप आर्थिक संकलन अभियानका सदस्यलाई बुझाउन सक्नु हुने व्यहोरा जानकारी गराउँदछौं । यो अभियान जन्मथलो सम्झने एउटा मेलो त हुँदै हो, त्यो भन्दा पनि हाम्रा पुर्खाले सिन्चन गरेका गाउँलाई विकास र समृद्धिको बाटोमा निरन्तर अघि बढाउने महाअभियान हो । हामी तपाईं देश–विदेशमा रहनु भएका जनहरूमा सहयोगको निम्ति हार्दिक अनुरोध गर्दछौं ।

अन्त्यमा, अभियानको प्रारम्भिक चरणदेखि हालसम्म पनि अथक रूपले चौतर्फी समन्वय र सम्पर्क गरी निरन्तर लागी पर्नुहुने संयोजक दर्बराज राईलाई हार्दिक धन्यवाद ज्ञापन गदछौं । त्यसैगरी अभियानका सचिव वौद्धिक व्यक्तित्व विकास सौगात राईप्रति पनि कृतज्ञ छौं । ‘ब्ओकुला विकास तथा विस्तार अभियान’ को बारेमा लेखी रहँदा ’लिब्जु–भुम्जु’ पूर्णाङ्क ७१, २०७४ देखि हाल इक लिब्जु–भुम्जु पूर्णाङ्क १९, २०७९ सम्म सम्पूर्ण रूपले सहयोग गर्नु हुने मेरा परममित्र तथा वरिष्ठ पत्रकार गणेश राईप्रति पनि विशेष आभार व्यक्त गर्दछु ।

२०७९ चैत २७
हाल– युके
(इक लिब्जु–भुम्जु त्रैमासिक वर्ष ९ अंक ४, पूर्णाङ्क १९, (लिब्जुभुम्जुको ९२औं शृंखला), २०७९ माघ–चैत/किरात येले संवत् ३८०२/सन् २०२३ मा प्रकाशित लेखमा दाताको नामावली थपसहित प्रस्तुत गरिएको छ । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *