वाम्बुले भाषा प्रशिक्षक बन्नुपर्दा
वाम्बुले भाषा प्रशिक्षक भएर मैले धेरै कुरा सिकें । कुरा २०६९ जेठ २६ गते दिनको १ बजेको थियो । धरानबाट अचानक रामकर दाइले फोन गर्नुभयो । म त्यतिबेला काठमाडौंको अस्तव्यस्त सहरको एक कुनामा थिएँ । दाइले फोन गर्दा मलाई उत्सुकता जागिसकेको थियो । केही काम परे नै फोन गर्नु भएको हो भनेर । कुरा ग¥यौं । त्यही सन्चोबिसन्चोका कुरासँगै दाइले प्रसङ्ग बदल्नुभयो । आजभोलि के गर्दैछौ ? खालि छौ/छैनौ ? भनेर सोध्नुभयो ।
म एउटा सपना बोकेर काठमाडौं छिरेको मान्छे । त्यही मेरो सपनाले दशजोड दुईको परीक्षा फाराम पनि छुटेको छ । म काठमाडौंमा खालि भएपनि धरानको मान्छेलाई किन होला ? भन्ने प्रश्न उब्जियो । म पनि एक चोटि विदेशी हावापानीको स्वादमा किन नपुग्ने भन्ने हिसाबले तामझामका साथ इपीएस मा सहभागी हुन काठमाडौं छिरें । बेसिक कोर्स पूरा गरेर एड्भान्स कोर्सको अन्तिम तिर पुग्न लाग्दा दैनि छापा र रेडियो, टेलिभिजनहरुमा इपीएसको फाराम नखुल्ने समाचारहरु आए ।
सपना सपना नै साँच्चिकै सावित भएको बेला रामकर दाइको ‘खालि छौ/छैनौ ?’ प्रश्नको जवाफ फर्काइ हालें । खालि छु दाइ । अब एड्भान्स कोर्स पनि सकियो । उहाँले ‘लु भाइ अहिले खालि नै रहेछौ, एकदुई महिनाको लागि छ÷सात हजारका जागिरमा फर्कन्छौ कि भनेर फोन गरेको’ भन्नुभयो । कस्तो खालको जागीर हो मैले नै खानुपर्ने भन्दा मलाई यसरी प्रस्ट्याइ दिनुभयो ।
‘तेह्रथुम जिल्लाको सिम्ले–७ मा हाम्रो वाम्बुले राईहरु करिब ६२ घरको हाराहारीमा छन् । भाषा करिब करिब लोप हुने सम्भावना छ । हामी वाम्रास केन्द्रबाट गणेश दाइलाई यति समयको लागि यति सेवा ििवधा हामी दिन्छौं । हाम्रो भाषाको शिक्षक पठाइदिनु प¥यो भन्ने निवेदन भएछ । र केन्द्रले तत्काल अरु मान्छे पठाउन नसक्ने भएपछि जिल्लासँग सम्पर्क गर्न भनिएर । तह्रथुमको वाम्बुले राई समाजका पदाधिकारीहरुसँग हाम्रो सम्पर्क भयो । र आश्वासन दिएका छौं । तर हामी अध्यक्ष आफ्नै कार्यव्यस्तता, सचिव लाखमान दाइ र म पनि तत्काल फुर्सद नहुने । यहाँ अरु पठाउन पनि त्यही भाषिक ज्ञानको कम भएकाले तिमीलाई फोन गरेको हुँ ।’ भन्नुभयो ।
मैले सोधें, हैन के सिकाउनु, कसरीसिकाउनु, त्यस्तो पाठ्यक्रम पाठ्यपुस्तक नै बनेको अवस्था छैन । सल्लाह गर्नोस् । म गइदिन सक्छु । अवसर बारम्बार आउँदैन । म यस अवसरको उपयोग पक्का गर्छु । मलाई सम्झिनु भयो, खुशी लाग्यो । तर एक महिनाको लागि हो भने मलाई प्रत्येक दिनको छलफल गर्ने विषयहरुको शीर्षक राखियोस् । तपाईहरु मार्फत् म जानेबुझेको कुरा सिकाउँछु भनें । दाइले ‘ठीकै छ, अध्यक्ष सुवास पापजेठासँग हामी छलफल गरेर बेलुकातिर फेरि कल गर्छु’ भन्नुभयो ।
मनमा खुशी छायो दाइहरुले सम्झिनु हुँदा । त्यो भन्दा डर भयो । मान्छेदेखि होइन, जिम्मेवारीदेखि । मैले हामी भाषा, धर्म, संस्कार, संस्कृतिको बारे आँखा चिम्लेर ठन्डा दिमागले सोच्नै पर्ने भयो । यदि मैले नयाँ ठाउँमा मेरो/हाम्रो भाषा, संस्कृतिको अलिकति पनि गलत व्याख्या गर्न पुर्गे भने मैले मात्र होयन समग्र हामी वाम्बुलेको पहिचानमा प्रश्न ठडिन सक्छ । यस्तै कुरा सोच्दासोच्दै करिब चार बजेतिर रामकर दाइको फोन आयो । दाइले अध्यक्ष सुवास दाइसँग कुरा गराउनु भयो । ‘पढाउने कुरो साह्रै गहन छैन । चिन्ता नलिनू । हामी सबे कुराको चाँजोपाँजो मिलाइ दिन्छौं ।’ भन्नुभयो । मेरो बुवा सरहको मान्छे मलाई साहस दिंद म गदगद खुशी भएको महसुस गरेँ । सुवास दायसँको कुरापछि पुनः रामकर दाइसँग कुरा भयो । दाइले ‘भाइ आब भोलि या पर्सि आइहाल्नु प¥यो’ भन्नुभयो । मैले पर्सि २६ गते बेलुकाको बसमा आउँछु भनेँ । उहाँले आउनुभन्दा अगाडि वाम्रास महासचिव गणेश दाइलाई भेटर मात्र आउनु । उहाँकले केही शैक्षिक सामग्री पठाउछु भन्नुभएको छ । भन्नुभयो ।
मैले २५ गते बेलुकीपख दाइलाई कल गरेँ । म कमल भाइ, तेह्रथुममा वाम्बुले भाषा प्रशिक्षणमा जानको लागि मलाई धरान बोलाइएको छ । तपाईमार्फत् केही सामग्री लानु थियो । भोलिपल्ट बिहान सातदोबाटोस्थित उहाँको कोठामा बोलाउनु भयो । त्यसै दिन उहाँको आमा गाउँदेखि आउनु भएकोले बसपार्क लिनजानु भएकोले करिब १ घन्टा ढिलो भेटभयो । उहाँ कोठामा पुगेपछि करिब दुई घन्टा जनि प्रशिक्षण विषय, प्रयोग गरिने सामग्रीहरुबारे छलफल भयो । वाम्बुले राई शब्दकोश, वाम्बुले जाति पुस्तक, लिब्जु–भुम्जु पत्रिकाका विभिन्न अंकसहित उहाँले सामग्री दिनुभयो ।
त्यसै दिन म धरान प्रस्थान गरेँ । २७ गते भानुचोक पुगेर रामकर दाइलाई जानकारी गराएँ र आफन्तकामा बास बस्न पुगेँ । भोलिपल्ट वाम्बुले राई समाज सुनसरी जिल्ला कार्यसमितिका अध्यक्षलगायतका पदाधिकारी सदस्यहरुको बैठक बस्यो । त्यसपछि २९ गते बिहान सात बजे म तेह्रथुम गन्तव्यतर्फ प्रस्थान गरेँ । तेह्रथुम सदरमुकाम म्याङलुङ बजारसम्म जिपको यात्रा रमाइलो रह्यो । तीनजना चेलीहरु सहयात्री थिए भने गाडीभित्र गाउँभेगको रमाइलो गीत बजाइएकोले पाँच घन्टाको यात्रा सुखद रह्यो । त्यस बेलुकी किरात राई यायोक्खा सिम्ले तदर्थ समितिका सचिव दिपेन दाइकोमा बसें ।
भोलिपल्ट बिहान १० बजेतिर गाउँ प्रस्थान ग¥यौं । हिंड्ने बानी छुटेकोले रहेछ गाउँ पुगेर एकहप्तासम्म जिउ दुखेको महसुस भयो । वर्षादको समय पानीमा मज्जले रुझियो । जेठ ३१ गते वाम्बुले मातृभाषा प्रशिक्षण कार्यक्रमको औपचारिक उद्घाटन भयो । मलाई प्रमुख अतिथि बनाइयो । विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि र बालमकर माविका शिक्षक तथा अभिभावकहरुको ठूलै उपस्थिति रहेको थियो । पहिलो चोटि पुगेको बिरानो ठाउँमा प्रमुख अतिथिको मन्तव्य दिनु परेको क्षण साह्र अविस्मरणीय रह्यो । त्यो क्षण सम्झिरहेको छु । मैले कसैलाई पराई नठानी निर्धक्कसाथ विचार राख्न पाएको थिएँ ।
उद्घाटनपछि प्रशिक्षणमा सहभागीहरुको नामावली संकलन भयो । सहभागी ४७ जनालाई कापी, डट्पेन उपलब्ध गराइयो । किराया तदर्थ समितिका सचिव दिपेन राई र लिपि प्रशिक्षक प्रेमबाट कक्षामा पालना गर्नु पर्ने नियम, आचारसंहिताबारे जानकारी गराउने काम भयो । पहिलो दिनको प्रशिक्षण कार्यक्रम अपरान्ह ४ बजे सकाइयो । यसरी असार ३२ गतेदेखि हरेक बिहान ८ बजेदेखि १० बजेसम्म कक्षा सुचारु राखियो । असार २४ गतेसम्म चलेको कक्षामा अन्तिम समयमा परीक्षा दिने बेलामा भने २० जनामात्र सामेल थिए । वर्षादको समय भएको कारण सामेल हुन नसकेको जानकारी पाइएको थियो ।
प्रसङ्ग एकमहिने प्रशिक्षणमा मोडौं । महिना दिनेमा के कस्तो कठिनाइ र कुन कुन विषय समेटेर छलफल गरियो भन्ने छ । जेठ ३२ गते सेइपुचाम (चिनाजानी/परिचय) गर्ने/गराउने बारेमा छलफल गरियो । असार १ गते पुनः चिनापर्चीलाई दोहो¥याएर सामान्य परिचयसहित सबै सहभागीलाई बोल्न लगाइयो । यसरी नै क्रमशः वाम्बुले राईहरुको साइनो सम्बन्ध, शब्दार्थ, घरमा बस्दा आफन्त आउँदा, जाँदा के भनिन्छ जस्तो औपचारिक विषयबारे छलफल गरियो । वाम्बुले भाषाको स्वरवर्ण र व्यन्जनवर्णका शब्द, अक्षर, बालबोलीका शब्दहरुबारे जानकारी गराउने काम भयो । करिब ४६ वटा शीर्षकमा छलफल ग¥यौं ।
न्वाङ्गी, खाउमो, बिहे, न्वारन जस्ता संस्कार, संस्कृतिबारे छलफल भयो । शरीरका अङ्गहरुको नाम, चराचुरुङ्गीका नाम, फलफूल, जनावरहरुको नामलगायत विविध पक्षमाथि उठेका सवाल र जवाफ, छलफल गरियो । यसरी एक महिना समय बित्यो । यिनै विषयमा आधारित भएर पूरा भएको प्रशिक्षणको अन्तिम दिन २४ गते असारमा धर्म, संस्कारसंस्कृति, साइनो, नेपाली शब्ददेखि वाम्बुले भाषामा अनुवाद, स्वरवर्ण, व्यन्जनवर्ण, बाह्रखरी लिपिमा लेख्न लगाइएको थियो ।
परीक्षाको नतिजा २७ गते घोषित गरियो । प्रथम सुशीला राई, द्वितीय पे्रम राई र तृतीय विमला राई भए भने अन्य सम्पूर्ण सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरियो । त्यतिखेरै मेरो विदाइ कार्यक्रम भएको थियो । यसरी एक महिनाको समय मातृभाषा प्रशिक्षण कार्यक्रम विधिवत सम्पन्न भयो ।
म २९ गते फिर्ने सोँचमा थिएँ । तर साउने संक्रान्ति आइसकेकोले मलाई उहाँहरुले चाड मनाएर मात्र विदा हुनुपर्ने भन्नुभयो । चाड मनाइयो । भरखर त्यहाँको समुदायसँग नजिक भएको बेलो मेरो विदाइले कत्ति पनि खुशी तुल्याएन । आज म काठमाडौं फर्किसकेको छु तर म भने तेह्रथुमको वाम्बुलेहरुलाई सम्झिरहेको छु । त्यो भन्दा पनि ह्याथ्रुङ झर्ना जाँदाको दिन हामीलाई त्यो सिमसिमे झरीको पर्वाह भएन । बरु जुकाले धेरै उफ्रीन लगायो । यति हुँदाहुँदै त्यो पल अझ मानसपटलमा ताजा रहेको छ ।
हामीले धेरै कुरा सिकेका थियौं । र भाषा प्रशिक्षणका क्रममा आएका कठिनाइ यस्ता छन् । जस्तै– पाहुना, काम, द्याल डुलैदुम्चाम, घुमैदुम्चाम इत्यादि शब्दहरु नेपाली उच्चारणमा जस्तै सुनिन्छ । डुल्नु को डुलै, घुम्नुको घुमै मात्र रुप फेरिएको जस्तो देखिएकोले सिकाइमा धेरै कठिनाइ भयो । वनजंगल सबैले बोलने भाषामा आएको छ । किताब, कापी, स्कुल, खोला, डाँडा यस्ता शब्दहरु पनि नेपाली प्रयोग हो । दैनिक जीवन प्रयोग हुने यी र यस्ता शब्दहरु वाम्बुले भाषाबाट के भनिन्छ ? यस्ता प्रश्नहरुको सामनामात्र गर्न पाएँ । उत्तर ममा थिएन । यस्ता शब्दको खोजी मैले गर्न सकिन । शब्दकोशमा उल्लेख छैन । मलाई जानकारी भएन । यस्ता शब्दको वाम्बुले भाषाको रुप छ/छैन । सन्धि विच्छेद कसरी, अक्षर संरचना कसरी गर्ने ? आगन्तुक शब्द हुन्छ/हुँदैन ? यसबारे पहिले नै चर्चा भइसकेको छ भने व्यापक रुपमा वाम्बुले समुदाय समक्ष पु¥याउन आवश्यक महसुस गरेको छु । यदि छैन भने वाम्बुले भाषिक बस्ती जहाँजहाँ छ त्यहाँसम्म एउटै भाषाको स्पष्ट व्याकरण पुग्नु जरुरी देखिएको छ । तबमात्र हामीबीचको भाषिक शुद्धता कायम रहने छ । लवजमा फरक होला त्यो भिन्नै कुरा तर कुनै कुरा किटान गरी भन्नुपर्दा पानीलाई ‘काकु’ भनिएजस्तै अरु चिजलाई अरु शब्द पनि भन्न पाए हुन्थ्यो भन्ने आशा प्रशिक्षणमा सहभागीहरुले व्यक्त गरेका थिए । धेरै यस्ता प्रश्नहरु उठे– गाई, गोरु, हलो, जुवा यसको वाम्बुले भाषामा जान्न उत्सुक तेह्रथुमका वाम्बुले राईहरु मलाई लाग्छ अझै ससाना कुरादेखि लिएर उचाईमा पुग्ने चाहना पालिराखेका छन् । यसको समाधान भाषिक शब्दहरु सबैमा ज्ञात गराइयोस् । मैले अपेक्षा राखेको छु ।
दैनिक प्रतिवेदनको विस्तृत लेखेर वाम्बुले राई समाज, सुनसरीलाई बुझाइसकेको छु । त्यो प्रतिवेदन पछि छापिएला । सिकाइमा कठिनाइ अवश्य थियो । म मनन गर्छु । मेरो अर्थात् हाम्रो संस्थाले कतिको गर्नेछ । कसरी कठिनाइ भयो सबै कुरा लेखेर साध्य नभएकोले हाम्रो संस्थालाई नै यसबारी जानकारी लिन आग्रह गर्दछु ।
अर्को कुरा हाम्रो भाषाको स्कुल सन्चालन हुन्छ भने विभिन्न विषय लिएर आईए वा मास्टर्स गर्नेले पढाउन सक्छ भन्ने हिसाबले हामी भाषालाई कम आंकलन गरेर शिक्षक नबनाइयोस् । एउटा मापदण्डमा रहेर शिक्षक, शिक्षिकाको उत्पादन होस् जसले राम्रो भन्दा राम्रो वाम्बुले भाषाको ज्ञान दिन सकोस् । पाठ्यक्रम बन्दैछ भने प्राथमिक तहको स–सना ञानले टिप्न सक्ने बनोस् । र अर्को कुरा हाम्रो संस्थाले एउटा भाषा सिकाइ किताब बनाउन जरुरी छ । जसरी स्पोकन इङलिस भनेजस्तै स्पोकन वाम्बुले ल्याँग्वेजको विकास गर्न सके टेवा पुग्ने थियो । भन्दै एक महिना प्रशिक्षणमा मेरो विद्यार्थीहरुले मबाट के कति शिक्षा लिए तर मैले सँगै बसेर मेरै भाषको अझ सुधार गरेको छु किनकि सिकाउने क्रम सिकाउनेले मात्र नभएर सिक्न पनि हुने रहेछ ।
जय वाम्बुले ।
मानेभन्ज्याङ गाउँपालिका–३ (उँबु–८) सिम्काकु, ओखलढुंगा
(लिब्जु–भुम्जु पूर्णाङ्क ५०, २०६९ साउन–असोजबाट)