किरात राई प्रज्ञा परिषद्को आयोजना तथा नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा यही २०८२ चैत २० र २१ गते हुने भएको छ ।
छैटौं वार्षिक संगोष्ठी मौखिक ज्ञान परम्पराको रूपमा रहेको मुन्दुममाथि विमर्श हुने परिषद्का सदस्य–सचिव तथा भाषाशास्त्री डा. तारामणि राईले विज्ञप्तिमा जनाउनु भएको छ ।
‘किरात राई प्रज्ञा परिषद्ले किरातसँग सम्बन्धित विविध विषयमा बहस एवम् छलफलको कार्यक्रम गर्दै आइरहेको छ,’ वार्षिक प्राज्ञिक संगोष्ठीबारे डा. राईले भन्नुभएको छ, ‘यसपटकको संगोष्ठीमा मूलतः मौखिक ज्ञान परम्पराको रूपमा रहेको मुन्दुममाथि विमर्श हुँदैछ ।’
संगोष्ठीको प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, विशेष अतिथिमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ र किरात राई यायोक्खाको अध्यक्ष जीवन हाताचो राई रहनु हुने जनाइएको छ ।
यसैगरी संगोष्ठीको मुख्य वक्ताका रूपमा प्रा.डा. अभि सुवेदी रहनु र उक्त सत्रको अध्यक्षता प्रा.डा. नोवल किशोर राईले गर्नुहुने जनाइएको छ । दुई दिने संगोष्ठीमा मुन्दुमसँग सम्बन्धित विभिन्न २५ वटा कार्यपत्रहरू प्रस्तुत हुनेछन् ।
किरात राई प्रज्ञा परिषद् किरात राई यायोक्खाको प्राज्ञिक क्रियाकलाप गर्न गठित संस्था हो । परिषद्ले किरात राई भाषा, लिपि, साहित्य र संस्कृतिको अनुसन्धानका गर्दै आएको जनाइएको छ ।






