विरास राई ‘फुचुङ’को विचार : व्यतिकरण

विचार / ब्लग

व्यतिकरण

– विरास राई ‘फुचुङ’

मानिस बहुआयामिक प्राणी हो । ऊ कति बहुआयामिक हो ? यसको चिरफार व्यतिकरण बहसको माध्यमबाट गर्दा उपयुक्त हुन्छ । व्यतिकरण विज्ञानमा आधारित शब्द हो । यसको नेपाली शब्द अर्थ हस्तक्षेप, विरोध, अवरोध हुन्छ । भौतिक विज्ञानमा ‘प्रकाश वा ध्वनिका तरङ्गहरूको समान आवृत्ति’ भन्ने अर्थ लाग्छ । टेलिभिजन, रेडियो प्रसारणमा अवरोध हुँदा कहिलेकाहिँ ध्वनिको उच्च आवाजमा र न्यून आवाजमा सुनिन्छ, यही नै व्यतिकरणको सही उदाहरण हो । व्यतिकरण प्रकाश र ध्वनिमा मात्रै सीमित हुन्न । यो समग्र अस्तित्व वा सृष्टिमै हुन्छ । प्रकृतिमा हुन्छ । मान्छेमा हुन्छ ।

मान्छेमा हुने व्यतिकरणका मुख्य सात प्रेरणाका स्रोत हुन्छन् – अर्थ, अह्म, यौन, पहिचान, शतिm, ज्ञान र सोख । यी चिज उसका प्रवृत्ति पनि हो । यी विन्दुहरूले मान्छेको जीवनलाई एउटा वृत्तजस्तो बनाउँछन् । यिनीहरू बीचको व्यतिकरण नै मानव जीवनको बृहत्तर प्रक्रिया हो । यसबारे थप हेरौँ ।

१. अर्थ : अर्थले धन, सम्पत्ति, उत्पादन र वितरणसँग सम्बन्धित क्षेत्रलाई जनाउँछ । जोन लक, एडम स्मिथको बचत वा माक्र्सको श्रमवादी दृष्टिकोणको टकराव जे भए तापनि मान्छेको बाँच्नु र सरल जीवन व्यतित गर्नु पर्ने बाध्यताका लागि जोहो गरिएको साधन नै धन हो । धन कमाउने वा जोहो गर्ने प्रेरणा मानव आवश्यकता र सोख पूर्ति गर्नकै लागि हो । धन कमाउन श्रम गर्नु पर्छ ।

नितान्त यो श्रमद्वारा सिर्जित हुन्छ । तसर्थ श्रमको सञ्चय नै धन हो । अतीतको श्रम नै धन हो । श्रम आफैमा सङ्ग्रह योग्य छैन । आज काम नगरीकन बसेको मानिसको श्रम भोलिका लागि सङ्ग्रह हँुदैन । तर, जब मानिसले आज काम गर्छ, त्यसबाट आर्जित वस्तु, मुद्रा वा धन भने भोलिका लागि सङ्ग्रह हुन सक्छ । श्रमको प्रतिफल नै धन हो ।

मानिसले गर्ने हरेक क्रियाकलापमा केही न केही उत्प्रेरणा र प्रतिफल हुनुपर्छ । प्रतिफल सुनिश्चित भएको समाजमा मात्र मानिस सन्तुष्ट, खुसी र सुखी हुन सक्छ । अन्यथा, मानिसका काम गर्ने प्रेरणा र प्रोत्साहन समाप्त हुन्छ । त्यसकारण, धन आर्जन गर्नु मानिसको ठूला आर्थिक प्रेरणा हो ।

२. यौन : यौनले प्रेम, परिवार संरचना र जनसांख्यिक प्रवृत्तिको सामाजिक मूल्यलाई जनाउँछ । यौनको परिभाषा जे–जे गरेता पनि अन्ततः वंशानु कायम राख्नु हो, जनपरिवारको संरचना खडा गर्नु हो । यौनबारे आम जन मानसलाई प्रजनन स्वास्थ्य, परिवार नियोजन साधन सम्बन्धी ज्ञान र पहँुच अनिवार्य हुनुपर्छ । अन्यथा ठूलो आकारका परिवार संरचना बढ्दै जाने र एउटा घरमुलीले कमाएका ज्यालाबाट परिवार चलाउनु पर्दाको हालत खराब हुने स्थिति हुन्छ ।

यही अवधारणाले आज युरोप, अमेरिकामा औषत सन्तान दर एक छ । एक सन्तान भएको परिवारमा जति नै गरिब, भारी बोक्ने नै किन नहोस्, दुवै कमाउने छन् भने नाजुक हुने स्थिति आउँदैन । यसका लागि दुई आम्दानी, एक खर्च आकर्षित हुन्छ ।

३. अहम् : आत्मसम्मान र मनोबनोटसँग जोडिएको क्षेत्र हो, अह्म । अह्म जीवतत्वको सार्वभौम गुण हो । अह्मविना जीवन हुँदैन । अह्म छ भने जीवन छ, अह्म छैन भने जीवन पनि छैन । यसको ठिक विपरीत जीवन छ भने अह्म पनि छ, जीवन छैन भने अह्म पनि छैन । हरेक मानिससगँ अहम् हुन्छ भन्ने बुझेर व्यवहार गर्ने हो भने सन्तुलित मानव सम्बन्ध निर्माण गर्न सकिन्छ ।

अह्मका मुख्य तीनवटा अवस्थाहरू हुन्छन्, लघुताबोधि, उच्चताबोधि र रचनात्मकताबोधि । विचार संगठन, संर्घष र संस्कृतिका सबै पक्षमा अह्मका यी तीन रूपहरू प्रकट हुन्छन् । संर्घष भनेको वर्गवीचको संर्घष मात्रै होइन, त्यो अह्मबीचको संघर्ष पनि हो । मानिस–मानिस बीचको सम्बन्ध, अह्म–अह्म बीचको सम्बन्ध पनि हो । त्यसैले अह्मका रचनात्मकता सो नभएका समाज कुण्ठाग्रष्त हुन्छ, या त दमित र बुद्धु हुन्छ । या त प्रतिशोधि र ध्वंसात्मक हुन्छ ।

अह्म व्यवस्थापन नभएको समाज बारम्बार कुण्ठाको उत्पत्ति हुन्छ । कुण्ठा स्थितिमा आक्रोश व्यक्त गर्नु, गैरजिम्मेवार बन्दै जानु, चाम्रिएर बदला लिने नयाँ अनुकुल अवसरको प्रतिक्षा गर्नु, संगठन र सम्बन्धको खोजी गर्नु । जब यी लक्षण देखाउँछ, तब सामाजिक सम्बन्धको अभिप्रेरणात्मक भूमिका कमजोर हुन्छ । बारम्बार उत्पन्न हुने असन्तोष, विग्रह, तनाव र विघटन आम अह्मको स्थितिको असन्तुलन हो ।

४. पहिचान : पहिचानले धर्म, संस्कृति, इतिहास, पराम्परा, मूल्य मान्यतासँगको मानवीय सम्बन्धलाई वोध गराउँछ । यो चिज व्यक्ति मात्रै निहित हँुदैन । सामाजिक र राष्ट्रिय रूपमा अझै प्रबल भएर आउँछ । जस्तै भारतमा बिजेपीको उदय नै पहिचान हो ।

५. शक्ति : शक्ति सम्बन्धसँग जोडिएको विषय हो, शक्ति । वस्तुतः राजनैतिक आर्थिक, सामाजिक, नोकरसाही आदि सङ्गठनहरूमा व्यक्ति सम्बन्धमा देखाउने प्रवर्गलाई शक्ति भनिन्छ ।

६. ज्ञान : सत्य निष्ठाप्रतिको खोज अनुसन्धान र विश्वास हो, ज्ञान । प्रकृति वा परमात्माका रहस्यप्रति मानवीय रुचि वा निष्ठा नै ज्ञान हो । ज्ञानतत्वले शिक्षा विवेक बौद्धिक कर्म खोज अनुसन्धान आदि प्रवद्र्धन गर्छ ।

७. आत्मसन्तुष्टि (सोख) : मानिसको सोखको क्षेत्र, रुचि, छनोट वा चाहनाको विषय हो, आत्मसन्तुष्टि ।

यी सातवटै चिजहरू व्यक्ति र समाजका व्यतिकरणका तत्वहरू हुन् । सँगसँगै प्रवृत्ति र प्रेरणा पनि हुन् । मान्छेमा यी तत्वहरूबीच व्यतिकरण भइरहन्छ । माक्र्सवादले ‘वर्ग’ आधार बाँकी सबै त्यसका अधिरचना हुन भन्थे । तर क्वान्टम भौतिकीले कुनै पनि तत्वलाई आधार र अधिरचना हैन वृत्तको परिधिमा भएका हज्जारौँ विन्दुको व्यतिकरण मा हेर्दछ ।

तसर्थ यी मध्ये एक निरपेक्ष रूपमा प्रमुख र अरु गौण हँुदैनन् । यी कुनै आधार र उपरिसंरचना तत्व पनि होइनन् । समान महत्वका व्यतिकरण तत्व हुन् । व्यक्ति र समाजको जीवनमा कुनै खास समयमा कुनै तत्व प्रमुख भएर आउँन सक्छ । त्यतिन्जेल अरु तत्व गौण हुन्छ । अर्को परिस्थितिमा प्रधान तत्व गौण र गौण तत्व प्रधान भएर आउँछ । यसरी हुने व्यतिकरण सृष्टिको अनन्तता जत्तिकै अनन्त हुन्छ ।

तसर्थ यी चिजहरूलाई क्वान्टम भौतिकीको नियम श्रृङ्खलाबद्ध नियममा आधारित भएर द्वन्दात्मक अन्तक्र्रियाबाट द्वन्दात्मक सन्तुलनमा राख्न सकियो भने मात्र सभ्य र शालिन मानव व्यक्तित्व वा खुसी समाजको निर्माण हुन सक्छ ।

दर्शनशास्त्रले मानव समाज विकासक्रमलाई कुनै एक आयामबाट व्याख्या गर्न खोजिएको पाइन्छ । जस्तो कि उदारवादीहरूले मानिसलाई राजनीतिक स्वतन्त्रताबाट बढी हेरे । माक्र्सवादीहरूले मानिसलाई आर्थिक समानताको आयामबाट हेरे । ईश्वरवादीहरूले दुःख, करुणा, दया, त्याग, दान, मोक्षको आयामबाट हेरे । अस्तित्ववादीहरूले मानिसलाई अह्म र उच्चतावोधको भावनाबाट हेरे । फ्रायडवादले मानिसलाई मानव जीवनमा यौनको भूमिकाबाट हे¥यो ।

यी सबै दावीबीच पनि मान्छे सिङ्गो थियो । दर्शनले मानिसभित्रको एउटा प्रवृत्तिलाई केन्द्र बनाउन खोजे । तर समग्र मानव व्यवहारिक जीवनचक्र भने कुनै धारामा सिमित हुँदैन, त्यो सर्वाङ्गिण हुन्छ । त्यसकारण सार्वाङ्गिण सोंचको विकास गरिनु पर्छ । सबै दर्शनले समग्र मानवलाई केन्द्र बनाउँनु पर्छ । तबमात्रै सभ्य, सुसंस्कृत र गतिशील समाज निर्माण गर्न सकिन्छ । धन्यवाद !

birasrai12@gmail.com
(प्रस्तुत आलेख लेखकको निजी विचार हुन् ।)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *