सेयर बजार दोहोरो अंकले घट्यो

अर्थ / वाणिज्य

काठमाडौं ।मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ। साताको पहिलो ९.१९ अंकले घटेको नेप्से परिसूचक साताको तेश्रो दिन १७.३९ अंकले घटेको छ।

सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएको थिएन। नेप्से परिसूचक दोहोरो अंकले घटेर १४१३.७१ अंकमा पुगेको छ।

मंगलबार १५४ कम्पनीको ३६ करोड २२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।

आइतबार ३२ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको थियो। निरन्तर बजार ओरालो लाग्दा कारोबार रकममा बढ्न नसकेको ब्रोकरहरुले बताएका छन्।

मंगलबार सानिमा माई हाइड्रोपावर सबैभन्दा बढी रकमको गर्ने कम्पनी बन्यो। सानिमामाईको ५ करोड ४५ रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको हो।

मंगलबार कुनै पनि कम्पनीको मूल्य ४ प्रतिशत भन्दा धेरै वृद्धि हुन् सकेन। सबैभन्दा बढी एनआईबिएल प्रगति फण्डको मूल्य ४ प्रतिशतले बढ्यो।

सबैभन्दा बढी घट्ने कम्पनीमा सिन्धु विकास बैंक रह्यो। सिन्धुको मूल्य करिब ८ प्रतिशतले घटेको हो।

दोहोरो अंकले घटेको बजारमा सम्पूर्ण उपसूचकहरु ओरालो लागेका छन्। यस्तै ‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स ३.७९ अंकले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *