बाराही बहुउद्देश्यीय सहकारी १७औं वार्षिकोत्सव सम्पन्न

अर्थ / वाणिज्य

लिभु संवाददाता
काठमाडौं– राजधानीको नयाँ बानेश्वरस्थित बाराही बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ मा कुल आम्दानी २ करोड ९० लाख ८५ हजार २ सय २५ रुपैयाँ आर्जन गर्न सफल भएको छ । पुस २७ गते आयोजित संस्थाको १७औं वार्षिक साधारण सभामा उक्त जानकारी दिइएको हो । संस्थाका अध्यक्ष जीवनकुमार राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त जानकारी दिनुभएको हो ।

बाराही बहुउद्देश्यीय सहकारी १७औं वार्षिकोत्सवमा सहभागी सेयर सदस्यहरु

संस्थाको हालसम्म महिला सेयर सदस्य ६ सय १२ सहित कुल सेयर ९ सय ३१ जना रहेका छन् । आव २०७४÷७५ सम्ममा सेयर पूँजी २ करोड २९ लाख ७५ हजार ८ सय रुपैयाँ रहेको छ । संस्थाले यस आवमा ५९ करोड १३ लाख ९६ हजार ९ सय ९० रुपैयाँ संकलन गरेको थियो । त्यसमध्ये ५४ करोड ८५ लाख २७ हजार ९ सय ८९ बचत भुक्तान फिर्ता गरी १९ करो २० लाख ६२ हजार ४ सय ५९ रुपैयाँ बचत बाँकी रहेका छ । खुद १३ लाख ७३ हजार ३ सय ५७ रुपैयाँ रहेको छ भने ३ लाख ४३ हजार ३ सय ३९ रुपैयाँ सरकारलाई राजस्व बुझाउन सफल भएको छ ।

बाराही बहुउद्देश्यीय सहकारीले उद्देश्यअनुसार ललितपुरको सातदोबाटो क्षेत्रमा सेवा केन्द्र (सदस्य सुविधा काउन्टर) संचालन गरेको छ । त्यसैगरी बाराही मिट सेन्टर परियोजनाअन्तर्गत सातदोबाटो र भेल्पा शिवनगर टोल गरी दुई ठाउँमा मासुजन्य वस्तुको खरिद, बिक्री तथा प्रशोधन व्यवसाय सुचारु राखेको छ ।

चालू आर्थिक वर्षमा नियमित कार्यक्रमको निरन्तरता दिंदै कर्जा लगानी गर्दा छिटो छरिता र गुणस्तरीय सेवा प्रदान गर्दै कर्जा अशुलीलाई सशक्त बनाउन अभियान संचालन गर्ने अध्यक्ष राईले जनाउनु भएको छ ।

साधारण सभामा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सचिव माधव तिमल्सिनाको प्रमुख आतिथ्य र जेष्ठ सेयर सदस्य कुसुमदेवी चालिसेको विशेष आतिथ्य रहेको थियो । त्यस अवसरमा जेष्ठ नागरिक सेयर सदस्य सम्मान र कर्मचारीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.