शुभलाभ बहुउद्देश्यीय सहकारी २०औं वर्षमा

अर्थ / वाणिज्य

सेयर सदस्य २ हजार ८ सय ८९
लिभु संवाददाता
ललितपुर– जिल्लाको उत्कृष्टमध्ये एक शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यही पुस २८ गते शनिबार सातदोबाटोस्थि ललितपुर ब्यांक्वेटमा आयोजित साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ को प्रतिवेदन पारित गरेको छ । त्यसैगरी चालू आर्थिक वर्षको भावी कार्यक्रम पारित गरेको छ ।

शुभलाभ बहुउद्देश्यीय सहकारी २०औं साधारण सभामा सहभागी सेयर सदस्य

संस्थाका अध्यक्ष तिखबीर राईले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शुभलाभको सेयर सदस्य २ हजार ८ सय ८९ रहेको जानकारी दिनुभयो । जसमा महिला सदस्य १ हजार ४ सय ८५ छन् । अघिल्लो आवको तुलनामा १२ दशमलब ४६ प्रतिशतले संस्थाको सेयर चुक्ता पूँजी वृद्धि भई ६ करोड ५८ लाख ३० हजार ९ सय रुपैयाँ पुगेको छ ।

प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेललाई मायाको चिनो प्रदान गर्दै अध्यक्ष तिखबीर राई

त्यसैगरी निक्षेपतर्फ २ दशमलब ४७ प्रतिशतले वृद्धि भई ५८ करोड ९१ लख ९४ हजार ७ सय ८७ मौज्दात रहेको जनाइएको छ । संस्थाले आवास, औद्योगिक, शैक्षिक, व्यापार व्यवसाय, वैदेशिक रोजगारी, घरघडेरी, घरेलु, कृति, लघु तथा अन्य कर्जा लगानी गर्दैआएको छ ।

वार्षिक कुल आम्दानी १० करोड ३२ लाख ८८ हजार रुपैयाँ आर्जन गर्न सफल रहेको छ । यो वृद्धिदर गत वर्षको तुलनामा २२ दशमलब ५६ ले बढी हो । संस्थाले सरकारलाई ७३ लाख ७६ हजार एक सय ८८ रुपैयाँ कर बुझाएको छ । संस्थाले ललितपुरको ठैबमा कृषि परियोजना संचालन गर्दैआएको छ ।

साधारण सभामा जेष्ठ सेयर सदस्यलाई सम्मान प्रदान गरिएको थियो । वार्षिक रुपमा उत्कृष्ट र दश वर्षदेखि निरन्तर कार्यरत संस्थाका कर्मचारीलाई पुरस्कार तथा सम्मान गरिएको थियो । राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलको प्रमुख आतिथ्यमा सम्मान प्रदान गरिएको हो ।

ललितपुरको लगनखेलको स्काउट भवनमा सुचारु संस्थाले सातदोबाटो चोकमा आफ्नै भवन निर्माण गरी सेवा सुचारु राखेको छ । आफ्नै कार्यालय बनेपछि लगनखेलमा शाखा कार्यालयका रुपमा सेवा प्रदान गर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published.