समाजवादीको नेपाली समाज बेलायत गठन

पत्रपत्रिका

 

  •  

लन्डन । यूकेमा नेपाली संघीय समाज र अन्तर्राष्ट्रिय नेपाली समाजबीच एकीकरण भएको छ । यी दुई समाज क्रमशः संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको प्रवास संगठनका रूपमा क्रियाशील थिए । नेपालमा यी दुई पार्टीबीच एकीकरण भई समाजवादी पार्टी गठन भएको छ । यहाँको प्रवास संगठनको नाम नेपाली समाज बेलायत राखिएको छ ।

बेलायत राष्ट्रिय समितिका अध्यक्षद्वयमा बालकृष्ण राई र चन्द्र गुरुङ, सहअध्यक्षहरू बसुन्धरा याक्खा, कमलप्रसाद राई, रत्न थापा मगर, बल्लभ गुरुङ, थमन विश्वकर्मा, उपाध्यक्षहरू विमला राई, दाबा स्याङबो, राजकुमार राई, मिनु राई, सुमित्रा राई, डा. दिलीपकुमार यादव, हेमकुमार गुरुङ, राजु कँडेल, हुमकुमारी गुरुङ, युमा लिम्बू, महासचिव मिलनचन्द्र राई छन् । उपमहासचिवमा लीला सेलिङ माबो, चन्त वनेम, चार सचिवमा होमबहादुर सुनुवार, कृष्ण गैरे, डा. प्रमोद राई, कुमार घले, मैतलाल लिम्बू, कोषाध्यक्ष राजेन्द्र नाल्बो, सहकोषाध्यक्ष धनकाजी गुरुङ चयन भएका छन् ।

फुर्वा शेर्पा लामा, रिन्जी शेर्पा, मनिधन राई, शिव लामा गुरुङ, अनुप श्रेष्ठ, रामबहादुर घर्ती, चुवनजंग गुरुङ, नयन राई, विजय लुङफुङ्वा, क्रान्ति मास्के, पाण्डव महतो, तकमाया गुरुङ, आकांक्षा गुरुङ, मनिराज गुरुङ, तेज माबो, सुवर्ण इधिंगो, दिलसिंह मेन्याङ्बो सदस्य चुनिएका छन् । शाखा अध्यक्षतर्फ रिडिङका तिलबहादुर गुरुङ, रसमोरका जयप्रकाश राई, वर्किङका रामबहादुर देउसाली, लन्डनका पूर्णकुमार लिम्बू, अक्सफोर्डका तेजबहादुर मेन्याङबो, स्कटल्यान्डका शिवप्रसाद लिम्बू र स्विडनका बल्लभ गुरुङ पदेन सदस्य छन् ।

लन्डनको ह्यारोमा १५ डिसेम्बरमा आयोजित एकता घोषणा कार्यक्रम संघीय समाजका अध्यक्ष बालकृष्ण राई र नेपाली समाजका अध्यक्ष चन्द्र गुरुङसहित केन्द्रीय सदस्यद्वय भगवान चाम्लिङ र टेकबहादुर थापाले संयुक्त रूपमा उद्घाटन गरेका थिए । दुवै प्रवास संगठन विघटन गरी नेपाली समाज यूके बनेको घोषणा अध्यक्ष गुरुङले गरेका थिए । नयाँ समितिका पदाधिकारीलाई केन्द्रीय सदस्य चाम्लिङले शपथ खुवाएका थिए ।

समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र प्रवास समिति इन्चार्ज आङकाजी शेर्पाले कार्यक्रममा फेसबुकमार्फत शुभकामना दिएका थिए । गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङ, नेपाली जनसम्पर्क समिति सभापति युवराज गुरुङ, पार्टी केन्द्रीय प्रचारप्रसार विभागका पूर्वसदस्य तथा पार्टीको वेबसाइट एडमिन विश्वासदीप तिगेला, लाहाङ चेम्जोङ, केन्द्रीय सदस्य चाम्लिङ, थापा र परिषद् सदस्यद्वय जंग सुनुवार, पूर्ण कुरुम्बाङलगायतले शुभकामना व्यक्त गरेका थिए । पार्टीको नीति तथा कार्यक्रमबारे सहअध्यक्ष कमलप्रसाद राईले जानकारी दिएका थिए ।

पार्टी एकताका निम्ति कमलप्रसाद राई, रत्न थापा मगर, राजकुमार राई, सुमित्रा राईलगायतको वार्ता समिति बनाइएको थियो । समितिले पटक–पटक छलफल गरी एकतालाई टुंगोमा पुर्‍याएको हो ।

 

Leave a Reply

Your email address will not be published.