फागुन १८, २०८१ आइतबार
काठमाडौँ : वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले ओखलढुंगाका किरात वाम्बुले राईहरूकाे भाषा, संस्कार र संस्कृतिसँग भावना जोडिएको बताएका छन्।
आज (आइतबार) ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका वडा-३ स्थित वाम्ड्याल(उँबु)मा आयोजना गरिएकाे वाम्बुले राईको सांस्कृतिक प्रतीक ‘स्वालेवा स्तम्भ पार्क’को उद्घाटन समारोहमा उनले त्यस्तो बताएका हुन्।
उनले स्वालेवा पार्कको उद्घाटन गरिसकेपछि सरकारले यस्ता सांस्कृतिक धरोहरको संरक्षण गर्ने पनि बताए। उनले भने, ‘यो ठाउँ ऐतिहासिक स्थल हो, यो धरोहरमा स्वालेवा स्तम्भ निर्माण भएको छ, यो स्वालेवा स्तम्भ बनेको वाम्बुले समुदायलाई बधाईसँगै उत्तरउत्तरको कामना गर्दछु, सरकारले सबैको भाषा, धर्म संरक्षण गर्छ।’
उनले उठाइएको विभिन्न मागमुद्दाहरू सम्बोधन गर्ने पनि प्रतिबद्धता जनाए।
‘यहाँको ठाउँ, यहाँका भाषा, संस्कार र संस्कृतिसँग मेरो भावना जोडिएको छ,’ उनले भने, ‘तपाईँहरूले उठाउनु भएको माग मैले टिपेको छु, सम्बाेधन हुन्छ।’
https://thahakhabar.com/news/222611/?fbclid