इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क २३ वाम्बुले व्याकरण विशेष (भिडियो पनि)

बिशेष समाचार

लिभु संवाददाता
ललितपुर । इक लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क २३ (लिब्जुभुम्जुको ९६औं शृंखला), २०८० माघ–चैत अंक वाम्बुले व्याकरण विशेष सामग्री प्रकाशित भएको छ । यो अंक आवरणबाहेक ९२ पानाको सामग्री रहेका छन् । त्यसमा कोशकार अविनाथ राईले लेख्नु भएको ‘वाम्बुले क्रिया, क्रियापदको काल र क्रियाको रूपावली’ ३३ पानाको सामग्री समेटिएको छ ।

आवरणमा चित्रकार बिनिता इजम याखाले सिर्जना गर्नु भएको साँस्कृतिक भेषभूषमा सजिएका दुइ महिलाको चिन अंकित गरिएको छ । यसैगरी खोटाङमा आयोजित अन्तराष्ट्रिय मुन्दुम चित्रकला कार्यशाला र अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शन २०८० लाई लिएर प्राज्ञ धनु याक्खाको अन्तरवार्ता रहेको छ ।

वाम्बुले भाषामा मुन्दुमसम्बन्धी मंगल दर्शन राईको ‘वाम्बुले स्वाम्दिखाडुङा’ र दर्बराज राईको ‘च्याँमाखा पाँमाखा प्रुइचाम स्वाम्दि’ छापिएको छ । संस्कृतिअन्तर्गत मनाराज राईद्वारा लिखित ‘वाम्बुले राईको व्यक्तिगत देउराली र सामाहरू’ र पुष्पहरि क्याम्पा राईद्वारा निर्मित वृत्तचित्र ‘लिब्जु, वामद्याल र स्वालेवा पार्क’ रहेका छन् ।

वाम्बुले कविता खण्डमा मन्जित राई (मानव)को ‘जोर्ति जातुर दिकुमे’, श्याम वाम्बुले राईको ‘कान्छा, लिस्ता त्याङ द्याल’ र अमृत राई ‘बिस्मात’को गजल समेटिएका छन् ।

फोटो फिचर खण्डामा मानेभन्ज्याङ गाउँपालिकाले पहिलो पटक सम्पन्न गरेको प्रदेशस्तरीय अध्यक्ष फुटबल कपको समाचार र फोटा रहेका छन् ।

समाचार खण्डमा ‘कुम्भराज अधिकृत भए’,‘ऋषि पोयट आइडल’, ‘चार वाम्बुले स्थायी शिक्षक’ र ‘बान्तावा व्याकरण सार्वजनिक’ शीर्षकमा रहेका छन् ।

लिब्जुभुम्जु पत्रिका अक्षयकोषको पूर्ण विवरण दिइएको छ । २०७२ सालमा लिब्जु–भुम्जु पत्रिका अक्षयकोष व्यवस्थापन समिति गठन गरी सहयोग संकलन गरिएकोमा हालसम्म ७२ जनाबाट आठ लाख तिरासी हजार छसय दुई रुपैयाँ मूलकोषमा रहेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.