आन्दोलन चर्काउन अमेरिकाले सघाउ पुर्‍याएको भन्ने इरानी आरोपको खण्डन

प्रवास

एजेन्सी । अमेरिकाको सहयोगमा हिंसात्मक आन्दोलन चर्किएको ईरानी आरोपको अमेरिकाले खण्डन गरेको छ । ईरानी सर्वोच्च नेता अयोतल्लाह अल खामेनीले मुलुकभर जारी प्रदर्शनलाई लिएर पहिलो पटक हिजो दिएको अभिव्यक्तिमा अमेरिकामाथि आरोप लगाउनुभएको थियो ।

संयुक्त राष्ट्रसंघका लागी अमेरिकी दुत निक्कि हालेले स्व:स्फुर्त रुपमा प्रदर्शन भैरहेको बताउनुभएको छ । सोही विषयमा आकस्मिक बैठक बोलाउन राष्ट्रसंघलाई आग्रह गरिने दुत हालेले बताउनुभयो । मुल्यवृद्धि र भ्रष्टाचार विरुद्ध सुरु भएको आन्दोलन सरकार र सर्वाेच्च नेता खामेनी विरुद्ध मोडिएको छ ।

नेता खामेनीले दुस्मनहरुले हतियार, राजनिति र पैसा खर्चेर ईरानलाई अशान्त बनाईरहेको टिप्पणी गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.