अन्तर कोरियाली वार्ताले राम्रो उर्जा दिएको छ : ट्रम्प

प्रवास

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मङ्गलबार भएको दुई कोरियाबीचको उच्चस्तरीय वार्ताले यी दुई देशको सम्बन्ध सुधारका क्षेत्रमा राम्रो उर्जा दिएको बताएका छन् ।

हालै दक्षिण कोरियामा सम्पन्न भएको दुई कोरियाबीचको वार्ताको बारेमा बुधबार प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले सो धारणा राखेका हुन् ।

उनले यसबाट सकारात्मक फाइदा लिँदै अगाडि बढ्न र आगामी दिनमा सौहार्द्र रुपमा वार्ताको माध्यमबाटै सबै समस्याको समाधान गर्ने मार्गमा लाग्न पनि आग्रह गरेका छन् ।

बिगत लामो समयदेखि नै सत्रुतापूर्ण सम्बन्ध रहेका उत्तर र दक्षिण कोरियाबीच गएको कम्तीमा पनि दुई वर्षपछि मङ्गलबार पहिलो पटक यति उच्चस्तरमा औपचारिक वार्ता भएको हो ।

यो वार्तापछि वातावरण निर्माण भएकोले सम्बन्ध सुधारका लागि थप केही गर्नुपर्नेमा दक्षिण कोरियाली राष्ट्रपति इनलाई पनि राष्ट्रपति ट्रम्पले आग्रह गरेका हुन् ।

मङ्गलबारको वार्तापछि उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलमा आफ्ना खेलाडी र प्रतिनिधिहरू पठाउने भएको जनाएको छ । दुई वर्षपछि भएको भए पनि मङ्गलबारको वार्तापछि यी दुई देशको सम्बन्धमा सुधार आएको बताइएको छ ।

बुधबार ह्वाइट हाउसमा आयोजना गरिएको नर्वेजियन प्रधानमन्त्रीसहितको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘सो वार्तामा धेरै सकारात्मक कुराकानी भएका छन् र आगामी दिनका लागि पनि सो वार्तामा नयाँ विषयवस्तुहरुले प्रवेश पाएका छन् ।’

उनले भने, ‘कोरियाली प्रायद्वीपमा जारी रहेको द्वन्द्वको समाधानका लागि शान्तिपूर्ण समाधान आवश्यक छ र यसको विकल्प शान्ति वार्ता नै हो ।’

मङ्गलबार भएको छलफलमा विशेषगरी यसै खेलकूदका विषयमा बढी कुराकानी भएको थियो । छलफलका विषयवस्तुहरुको सीमितता रहेको दक्षिण कोरियाको भनाई छ ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणका बारेमा पनि सो वार्तामा प्रसंग उठेको बताइएको छ । तर यस विषयमा कुनै सहमति हुने वा केही एजेण्डा पास हुने काम भने भएको छैन । ९राससरसिन्ह्वा०

Leave a Reply

Your email address will not be published.