फोनिज युकेको महासचिवमा भिमल राई

प्रवास मुख्य समाचार
वीनेपाली
२०७८ असार १३ गते

लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको महासचिवमा भिमल राई चयन भएका छन् ।

समितिको शनिबार बसेको बैठकले राईलाई महासचिवमा मनोनयन गरेको हो । यसअघि उनी सचिव थिए । उनी अघि महासचिव रहेका कर्मा पहाडी शेर्पाले नेपाल आदिवासी जनजाति महासंघ बेलायतको निर्वाचनमा लड्नका लागि महासचिव पदबाट राजिनामा दिएपछि सो पद रिक्त रहेको थियो ।

बैठकले सचिव पदमा लीला सेलिङ माबोलाई नियुक्त गरेको छ भने रोमियन वनेम लिम्बुलाई सदस्य पदमा नियुक्त गरेको छ ।

समितिकी अध्यक्ष प्रमिला राईको अध्यक्षतामा भर्चुअलरुपमा बसेको बैठकमा कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरुका साथै सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

फोनिज युकेको महासचिवमा भिमल राई

Leave a Reply

Your email address will not be published.