निशान भट्टराईको ‘आफ्नै छायाँसँग पनि…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । सांगीतिक रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको पहिलो गीत सार्वजनिक भएको छ । ‘आफ्नै छायाँसँग पनि…’ बोलको गीतमार्फत निशानआफ्नो स्रोतामाझ आएका हुन् ।

गीतसँगै भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियो निर्देशन युवराज वाइबाले गरेका छन् । भिडियोमा उनले निशानसहित नायिका जेबिका कार्की र अनिल थापालाई फिचर गरेका छन् ।

प्रदीप चापागाईँको शब्द रहेको गीतमा आनन्द राईको संगीत छ । उत्सव दाहालले भिडियो खिचेका हुन् ।

प्रकाशित : मङ्गलबार, भदौ ३०, २०७७१७:५०

‘पद्मावत’ लाई हल खाली, आएनन् नेपाली फिल्म