‘कृ’को गीत युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा

मनोरन्जन
गीत, ट्रेलर अथवा टीजरका आधारमा फिल्मको लोकप्रियता मापन गर्ने ट्रेन्डिङले अहिले निकै स्थान लिइरहेको छ । खासगरि युट्युबमार्फत् सार्वजनिक भएका त्यस्ता सामग्रीमध्ये कुन गीत ट्रेन्डिङको पहिलो नम्बरमा पुग्यो, त्यसलाई उत्कृष्ट भन्ने अनौपचारिक प्रतिस्पर्धा नै चलेको देखिन्छ । युट्युबको शिर्ष ट्रेन्डिङ मिडियाका लागि पनि गजबको मसला बन्ने गरेको छ ।
वर्ष २०७४ को बहुप्रतिक्षीत फिल्म ‘कृ’को ट्रेलरले झण्डै २ हप्ता युट्युबमा धुम मच्चायो । जताततै अनमोलको मिहिनेतको तारिफ भइरहँदा ३ दिन अगाडि इन्टरनेट रिलिज भएको फिल्ममा समावेश ‘यति यति पानी’ बोलको गीतले पनि यतिबेला हलचल मच्चाएको छ । अनमोलको डान्सको चौतर्फी तारिफ भइरहेको छ ।
रिलिजको २ दिनसम्म नेपालमा युट्युब ट्रेन्ड्रिङ तेश्रो स्थानमा रहेको यो गीत बुधवार साँझबाट शिर्ष स्थानमा उक्लिएको छ । इन्टरनेट रिलिजको २४ घण्टामा ‘नाईनलको साडी’ बोलको गीतको ‘भ्यू’ रेकर्ड तोडेको फिल्म ‘शुत्र गते’मा समावेश ‘रुपै मोहनी’लाई समेत उछिन्दै ‘कृ’ गीतले यतिबेला युट्युब ट्रेन्ड्रिङको पहिलो स्थान कब्जा गरेको छ ।
रोचक कुरा त के छ भने ‘रुपै मोहनी’लाई ५ दिनमा साढे १९ लाख भ्यूज मिलेको छ भने ‘यति यति पानी’माथी ३ दिनमा नै १९ लाखको नजर परेको छ । युट्युबमा ‘कृ’ गीतलाई ३६ हजार लाइक्स मिलेको छ । नेपाली फिल्मका कमै मात्र गीतले छोटो समयमा यो सफलता पाउने गरेका छन् । कमेन्टमा अधिकांशले अनमोलको डान्सको तारिफ गरेका छन् ।

अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई रेनशा वान्तवा राइले कोरियोग्राफी गरेकी हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको एक्सन छ । सुवास गिरी र भूवन केसीले मिलेर निर्माण गरेको फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।
कमल गिरी कार्यकारी निर्माता रहेको फिल्ममा श्री पराजुली सह–निर्माता छन् । माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कृ’मा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, सरोज खनाल, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published.