अफगानिस्तान : सेभ द चिड्रेनको भवन लक्षित बम विष्फोटमा ११ जना घाइते

प्रवास

एजेन्सी । अफगानिस्तानको जलालावादस्थित अन्तर्राष्ट्रिय सहयोग निकाय सेभ द चिड्रेनको भवन लक्षित कार बम विष्फोटमा कम्तीमा ११ जना घाइते भएका छन् ।

सेभ द चिड्रेनको भवन परिसरमा भएको सो विष्फोटमा तालिवानी विद्रोहीको संलग्नताको आशंका गरिएको छ । यद्यपी विष्फोट कसले गराएको भन्नेबारे यकिन नभएको बीबीसीले जनाएको छ  ।

काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा बन्दुकधारी प्रवेश गरी २२ जनाको ज्यान जाने आक्रमण गरेको केही दिनमै पछिल्लो आक्रमण भएको हो । स्थानीय समय अनुसार विहान करिब ९ बजेतिर एकजना आत्मघाती आक्रमणकारीले सेभ द चिल्ड्रेनको परिसरमा कार बम विस्फोट गराएको प्रान्तीय सरकारका प्रवक्ताले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.