नयाँशक्ति कोरियाको विशेष भेला हुने

प्रवास

लिभु संवाददाता

कोरीया -नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरिया (INS) को केन्द्रीय विशेष भेला यहि मे-२७ तारिखको दिन हुने भएको छ । लुम्बिनीमा सम्पन्न संघीय परिषदको चौथो विस्तारित वैठकले पारित गरेको निर्णयलाई कार्यन्वायनमा लैजान कोरियामा विशेष भेला गर्न लागिएको आईएनएस कोरिया काबा अध्यक्ष सुरेन्द्र बजगाईंले बत्ताउनु भयो ।

नयाँ शक्ति पार्टी संघीय परिषदको बिस्तारित बैठकले विभिन्न निर्णयहरु गर्दै महाधिवेशनको मिति तय गरेको थियो । उक्त निर्णय अनुसार पार्टी केन्द्रले स्थानीय तहसम्म परिपत्र गर्दै प्रत्येक देशमा आईएनएसको पुनर्गठन गर्न निर्देशन दिइसकेको छ । एशिया प्यासिफिक अन्तर्गत मलेसियाको अधिवेशन भइसकेको छ । हङकङ, मकाउ, जापान र थाईल्याण्डमा चाँडै सम्पन्न हुनेछ-नयाँ शक्ति एशिया प्यासिफिक जिल्ला संयोजक मिलनकान्छा किरातीले भन्नुभयो, नयाँ शक्तिले ‘भिजन ५ र मिसन ५’ नाम दिएर सांगठनिक पुनर्गठन प्रस्ताव अनुमोदन गरेको छ । वैचारिक मार्गदर्शनसँगै सांगठनिक शक्तिका आधारमा नयाँ शक्ति पार्टी तेस्रो शक्तिशाली ध्रुव बनाइने छ ।

“आर्थिक समृद्धिलाई” मुख्य एजेण्डा बनाएर स्थापित नयाँ शक्ति पार्टीले समतामुलक समृद्धि, सदाचार/सुशासन, समानुपातिक समावेशी लोकतन्त्र, स्वाधीनता-सार्वभौमिकता, सम्मुन्नत समाजवादको मूल्य मान्यतालाइ अंगिकार गरेको छ।

मे-२७ तारिखको दिन सोल स्थित नेपाल हाउसमा हुने कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ। समाजले नयाँ शक्ति समर्थक, शुभचिन्तकहरुमा विशेष भेलामा उपस्थितको लागि आव्हान गरेको छ।

Leave a Reply

Your email address will not be published.