क्यालिफोर्नियामा बालबालिकालाई बन्धक बनाउने दम्पत्ति पक्राउ

प्रवास

एजेन्सी । अमेरिकाको क्यानिफोर्नियामा आफ्नै १३ जना बालबालिकालाई बन्धक बनाउने एक दम्पत्तिलाई प्रहरीले पक्रेको छ ।अमेरिकी नागरिक डेभिड ऐलेन र लोइसे आन्ना तर्पिनलाई बालबालिकालाई बन्धक बनाएको आरोपमा घरबाटै पक्राउ गरिएको हो ।

क्यालिफोर्नियाको प्यारिसस्थित घरमा उनीहरुले बालबालिकालाई साङ्लाले बाँधेर राखेका थिए । बन्धक बनाइएकामा २ देखि २९ वर्ष उमेरका छन् ।बन्धक बनाइएकामध्ये एक जनाले भागेर प्रहरीलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको हो ।

बन्धक बनाएको बारेमा दम्पत्तिले केही बताएका छैनन् ।बालबालिकाको अवस्था भने कमजोर भएकाले उपचारका लागि अस्पताल भर्ना गरिएको अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.