सोमबार पुँजीबजारमा गिरावट

अर्थ / वाणिज्य

काठमाडौं। सोमबार पनि पुँजीबजारमा गिरावट जारी रह्यो ।उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंकले ओरालो लागेर १४ सय २ विन्दुमा आएर थामियो ।

व्यापार र जलविद्युत् समूहबाहेक सबै समूह रातो रहे । होटल समूहमा सबैभन्दा उच्च २१ अंकको कमी आयो । बिमा समूहमा पनि दोहोरो अंकको कमी आउँदा अरु समूह सामान्य अंकले ऋणात्मक रहेका हुन् ।

व्यापार समूह भने ६ अंकले सकारात्मक रह्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका ७ लाख १५ हजार कित्ता सेयर २८ करोड ५५ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *