गरिमा बैङ्क पनि प्रगति तिर लम्कदै, १३ प्रतिशतले बढ्यो नाफा

अर्थ / वाणिज्य

काठमाडौं । गरिमा विकास बैङ्कले सार्वजनिक गरेको चालू आव २०७४÷७५ को दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार रू. १८ करोड ५ लाख नाफा कमाएको छ ।

यो अघिल्लो आवको तुलनामा १३ प्रतिशतले बढी हो । रू. ३४ लाख ४० हजार खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएकाले र सञ्चालन नाफा १२ प्रतिशतले बढेकाले नाफा बढेको हो । सोही अवधिमा बैङ्कको चुक्तापूँजी १ सय ३४ प्रतिशतले बढेर रू. २ अर्ब ५३ करोड ४८ लाख पुगेको छ । रिर्जभ कोषमा रू. ४६ करोड ९९ लाख छुट्याएको छ । बैङ्कको लगानी रू. ३७ करोड ६० लाख रहेको छ ।

साथै बैङ्कको पुस २८ गते सम्पन्न वार्षिक साधारणसभाले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको छ । बैङ्कले दोस्रो त्रैमाससम्म रू. १७ अर्ब ४० करोड ७७ लाख निक्षेप सङ्कलन गरी रू. १५ अर्ब ७५ करोड ४९ लाख कर्जा प्रवाह गरेको छ । खुद ब्याज आम्दानी रू. ४३ करोड ७९ लाख, कर्मचारी खर्च रू. १० करोड ७७ लाख, अन्य सञ्चालन खर्च रू. ८ करोड ४७ लाख र सञ्चालन नाफा रू. २८ करोड ३ लाख रहेको छ ।

बैङ्कको स्थिर सम्पत्ति ६० प्रतिशतले वृद्धि भई रू. २३ करोड १६ लाख पुगेको छ भने अन्य सम्पत्ति ७ दशमलव ८९ प्रतिशतले घटेर रू. ३४ करोड ५८ लाखमा सिमित भएको छ । सम्भावित जोखिम बापतको रकम रू. ५ करोड ६० लाख छुट्याएको छ भने यो त्रैमासमा निष्क्रिय कर्जा शून्य दशमलव ४७ प्रतिशत रहेको छ । पूँजीकोष लागत ८ दशमलव १४ प्रतिशत र पूँजीकोष प्रर्याप्तता २१ दशमलव ३७ प्रतिशत रहेको छ ।

बैङ्कले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार तरलता अनुपात २१ दशमलव ३७ प्रतिशत, प्रति शेयर आम्दानी १४ रूपैयाँ २५ पैसा, मूल्य आम्दानी अनुपात १३ दशमलव ६२, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ८ सय ३३ रूपैयाँ १० पैसा र प्रति शेयर नेटवर्थ १ सय १८ रूपैयाँ ५४ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *