काबुलको सैन्य वेसमा भीषण आक्रमण, ११ अफगान सैनिक मारिए

प्रवास

एजेन्सी। अफगानिस्तानको राजधानी काबुलको सैनिक प्रतिष्ठाननजिकको सैन्य वेसमा भीषण आक्रमण भएको छ ।स्थानीय समयअनुसार सोमबार बिहान ५ बजे भएको आक्रमण परी कम्तीमा १५ जना मारिएका छन् ।

मारिनेमा ११ जना अफगान सैनिक र चारजना आक्रमणकारी छन् । १६ जना सैनिक घाइते भएका छन् । एकजना आक्रमणकारीलाई पक्राउ गरिएको छ ।आक्रमणकारी भारी हतियारसहित आएको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

सैन्य वेसको मूलगेटबाट प्रवेश गरेका आक्रमणकारीलाई दोस्रो गेट प्रवेश गर्नबाट रोकिएको राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् ।काबुलमा एम्बुलेन्समा विस्फोटक पदार्थ भरेर १०० भन्दा बढी व्यक्ति मारिने गरी गरिएको आत्मघाती आक्रमणपछि सोमबार फेरि अर्को आक्रमण भएको हो ।

इस्लामिक अतिवादी समूह ‘आइएस’ले आक्रमणको जिम्मेवारी लिएको छ । अफगानिस्तानमा इस्लामिक अतिवादी समूह र तालिबानले अफगान सुरक्षाकर्मीलाई निशाना बनाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published.