नयाँ शक्ति कोरियाको अध्यक्षमा जीवन निर्वाचित

प्रवास

लिभु संवाददाता
सोल, कोरिया – नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशनले जीवन साशङ्करलाई निर्वाचित गरेको छ । पार्टीका केन्द्रीय महाअधिवेशन आयोजक समिति सदस्य तथा एशिया प्यासिफिक जिल्ला संयोजक मिलनकान्छा किरातीको प्रमुख आतिथ्यमा सम्पन्न्न उक्त अधिवेशनले ५१ सदस्यीय कार्यसमिति र २१ सदस्यीय सचिवालयसमेत चयन गरेको छ ।

जीवन साशङ्कर

अबको निकास समावेशी विकास, समृद्धि संभव छ हाम्रै पालामा भन्ने मुल नाराका साथ सुरु भएको अधिवेशन समारोहमा नयाँ शक्ति प्रवास प्रदेश प्रवक्ता सीपी ओली विशेष अतिथि तथा अन्य अतिथिहरु एनआरएन आईसीसी मेम्बर तथा नयाँ शक्ति पार्टी इन्जिनियरिङ एशोसिएसन केन्द्रीय सदस्य लोचन चाम्लिङ, आईएनएस कोरिया सल्लाहकार भक्त शेरचन, प्रवासी नेपाली मञ्चका महासचिव श्रमदीप चौलागाईं, जनसम्पर्क समितिका सहमहामन्त्री मित्रवन्धु काफ्ले, सङ्घीय समाज कोरिया सचिव डि.बि गुरुङलगायत विभिन्न सङ्घसंस्थाबाट उपस्थिति भएका थिए ।

अधिवेशन कार्यक्रममा उपस्थित सबै अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ शक्तिको भविष्यमा देशको नेतृत्व गर्ने सम्भावना देखिएकोले आफुहरुले नेपालमा जेजस्तो भए पनि प्रवासमा सहकार्य गर्न चाहेको आशय व्यक्त गरेका थिए । मन्तव्यकै क्रममा उक्त सवालको सौहाद्र्ध जवाफ दिदै पार्टी केन्द्रीय कार्यकारिणी सदस्य तथा कार्यक्रमका प्रमूख अतिथि मिलनकान्छा किरातीले नेपालमा होस या प्रवासमा होस आफ्नो पार्टीले अहिलेका पुराना दलहरुसँग प्रतिष्पर्धा नभएर सहकार्य मात्रै गर्न मिल्ने बत्ताए । उनले भने, पुराना दलहरु गुड्ने साधन र नयाँ शक्ति उड्ने साधन भएकोले चाहेर पनि गुड्ने बस र उड्ने जेटबीच तुलना र प्रतिष्पर्धा गर्न नमिल्ने तर कतिपय अवस्थामा सहकार्य नगरी नहुने हुँदा नयाँ शक्तिले विचार र बाटो मिल्नेसँग सहकार्यको लागि सबैलाई ढोका खुला राखेर सधैँ स्वागत गर्ने बत्ताए ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष जीवन साशङ्कर, उपाध्यक्ष नारायणी घर्तीमगर, डोलु आलेमगर, रमेश बजगाईं, महासचिव यज्ञमुर्ति पोखरेल, सचिव विनय पाठक, भिष्मभिर छन्त्याल, कोषाध्यक्ष नारायण गिरी, प्रवक्ता सिताराम अछामी, अनुशासन विभाग वुद्धि गुरुङ, सचिवालय सदस्यहरु प्रतीक बोहोरा, भिष्मराज मिश्र, शिव मरहट्ठा, सुर्य पाण्डे, लक्षितजङ्ग वाइबा, हेमनाथ खराल, दीपेन किरातीलगायत रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *