एजेन्सी । काजाखस्तानको उत्तर पश्चिमी इर्गिज क्षेत्रमा बिहीबार गुडिरहेको एक बसमा आगोलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ ।
सामरा–शिम्केन्ट रुटमा भएको आगोलागीमा अरु पाँचजना भने भागेर बाँच्न सफल भएका छन् ।
रुसबाट आइरहेको बसमा उज्वेक नागरिक रहेको विश्वास गरिएको छ ।
२२ सय किलोमिटरको सामरा–शिम्केट रुट रुसमा काम गर्न जाने उज्वेक आप्रवासी श्रमिकले बढी प्रयोग गर्दै आएका छन् ।
सो आगोलागीको कारण भने खुल्न सकेको छैन ।