छन्द कविताको मानकीकरणको लागि नयाँ अभियानको घोषणा

कला साहित्य -संस्कृति

लिभु संवाददाता
काठमाडौं– साहित्यको कविता विधाको छन्द सिर्जनाको स्तरोन्नती, संरक्षणका साथै नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले छन्द कविताको मानकीकरणका लागि नयाँ अभियानको घोषणा भएको छ । लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल)को आयोजनामा कुञ्ज थिएटरमा भएको उक्त कार्यक्रमबाट छन्द कविताको मानकीकरणका लागि गरिने वर्ष भरिका कार्यक्रम सार्वजनिक गरिएको हो ।

डा. रामप्रसाद ज्ञवाली र डा. देवी नेपालको छन्द जागरण अभियानको दुई दशकको सहयात्रालाई मुर्त रुप प्रदान गर्दै हरेक महिना तीन जना प्रतिनिधि कविहरुका प्रतिनिधि कविताहरु प्रस्तुत गर्ने गरी छन्द तरङ्ग मासिक शृङखलाको थालनी गरिएको हो । छन्द अभियन्ता रमेश खकुुरेल कार्यक्रममा बोल्दै छन्द कवितालाई सबै उमेर समुहमा पुर्याउने र यसको महत्वबोध गराउने कार्यमा यो अभियान सार्थक हुने बताउनुभयो । प्रा. राजेन्द्र सुवेदीले संस्कृतपछि नेपाली भाषामात्र शास्त्रीय छन्दको एक मात्र उत्ताराधिकारी रहेको र अरु भाषाले छन्दको मर्मलाई बहन गर्न नसकेने विचार व्यक्त गर्नु भयो । प्राज्ञ नर्मदेश्वरी सत्यालले नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको आधुनिक नेपाली कविताको प्रतिनिधि संग्रहमा छन्द कविहरुले सम्मानजनक स्थान नपाउनु दुःखद रहेको बताउनुभयो ।

कार्यक्रम संयोजक तथा छन्द कविताका अभियन्ता डा. देवी नेपालले छन्द कविताको जागरणमुखी परम्परालाई प्रस्तुत गर्दै छन्द कविताको मानकीकरणका लागि हरेक महिना स्तरीय कविताहरु सम्प्रेषण गर्दै जाने, वार्षीक कृति प्रकाशन गर्ने र छन्द साधना पुरस्कार समेत प्रदान गर्ने वार्षिक योजना प्रस्तुत गर्नु भयो । अर्का संयोजक डा. रामप्रसाद ज्ञवालीले आफुहरुले सुरु गरको अभियानले औपचारिक उचाई प्राप्त गरेको र नयाँ पुस्ता समेत छन्द जागरण अभियानमा सर्मपीत भएको देख्दा यो अभियान झन फलदायी हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोषराज न्यौपान, प्रा.डा. हेम चन्द्र नेपाल, डा. शैलेन्दु प्रकाश नेपालले छन्द कविताको मानकीकरणका बारेमा आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रमको सफलताको कामना गर्दै अक्षयकोषको स्थापनाका लागि कवि भारद्धाज मित्रले आफ्नी आमाको सम्झनामा रु १ लाख प्रदान गर्नुभयो । साथै सहभागीहरुले एक वर्षको कार्यक्रमभरि उपस्थित हुने बाचासहित अग्रिम नाम दर्ता गराउनु भएको छ ।

लेखन कुञ्ज (घोस्ट राइटिङ नेपाल) का अध्यक्ष कमल ढकालले यस्तो ऐतिहासिक अभियानको भागिदार संस्था बन्न पाएकोमा खुःसी व्यक्त गर्दै अभियानका लागि संस्थाबाट गर्नुपर्ने सबै कुरामा कुनै पनि कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्नु भयो । प्रत्येक महिनाको तेस्रो शुक्रबार ३ः३० बजे देखि ५ बजे सम्म छन्द तरङ्ग नयाँ बानेश्वर, थापागाउँ मा रहेको लेखन कुञ्जको कुञ्ज थिएटरमा गुञ्जने छ । शृङखलाको थालनी १५३ औं मोती जयन्तीका सन्र्दभमा भदौ २२ गते शुक्रबार कविहरु रामप्रसाद ज्ञवाली, देवी नेपाल र प्रभा भट्टराईका कविताबाट गरिने छ ।

Leave a Reply

Your email address will not be published.