कवि अनिल हाङ राईको सुन्दर गीत ‘हिलेपानी गाउँ’

कला साहित्य -संस्कृति

गीत : हिलेपानी गाउँ


–अनिलहाङ राई

ओखलढुंगा जिल्लाको सुन्दर हिलेपानी गाउँ
हरियाली सुन्दरताले भरिएको ठाउँ
ए नि लै लै हाम्रो हिलेपानी गाउँ
घुम्न आउनु माइली हाँसीखुसी बिताउँ जिन्दगानी

दायाँ बग्यो सुनकोशी सलल बायाँ दुधकोशी
तिम्रै माया लाग्न माइली तिमीलाई सम्झेर मन हुन्छ खुसी
ए नि लै लै हाम्रो हिलेपानी गाउँ
घुम्न आउनु माइली हाँसीखुसी बिताउँ जिन्दगानी

हिलेपानीको सेरोफेरो प्रकृतिको खानी
म बनुँला राजा तिम्रो, तिमी बन रानी
ए नि लै लै हाम्रो हिलेपानी गाउँ
घुम्न आउनु माइली हाँसीखुसी बिताउँ जिन्दगानी

हिलेपानीको बिचैमा माइली डबकी भन्ज्याङ चौतारी
सिद्धधाम घुम्न जाउँला मायापिरतीको खेलौं लुकामारी
ए नि लै लै हाम्रो हिलेपानी गाउँ
घुम्न आउनु माइली हाँसीखुसी बिताउँ जिन्दगानी

उभौलीमा साकेला संगिता सँगै नाचौला
ढ्वाङ्कुम मेला भर्न जाऊँ माली स्वालेवापार्क नि घुमौला
ए नि लै लै हाम्रो हिलेपानी गाउँ
घुम्न आउनु माइली हाँसीखुसी बिताउँ जिन्दगानी

मानेभन्ज्याङ हटिया बजार भर्न जाउँला
केतुकेको डुण्ड बजारमा जाली रुमाल चिनो दिउँला
ए नि लै लै हाम्रो हिलेपानी गाउँ
घुम्न आउनु माइली हाँसीखुसी बिताउँ जिन्दगानी ।

मानेभन्ज्याङ गाउँपालिका–६, हिलेपानी, ओखलढुंगा

 

Leave a Reply

Your email address will not be published.