यायोक्खाद्वारा ३ लाख २१ हजार राशिको पुरस्कार र छात्रवृत्ति घोषणा

मातृभाषा

लिभु संवाददाता
काठमाडौं– किरात राई यायोक्खाले यो वर्ष ३ लाख २१ हजार ५ सय रुपैयाँ राशिको पुरस्कार तथा छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । उक्त संस्थाले स्थापना गरेको विभिन्न १८ वटा फरक अक्षयकोषबाट विधागत रुपमा प्रतिभालाई पुरस्कृत तथा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

पत्रकार जनकऋषि राईलाई २७ हजार रुपैयाँको राशिको ‘धनकेशर अतम्हरी राई स्मृति पत्रकारिता पुरस्कार’ र रीता राराहाङलाई आठहजार रुपैयाँको ‘दुर्गादेवी–मोहनसिंह भाषिक पत्रकारिता’ पुरस्कार प्रदान गर्ने जनाएको छ । त्यसैगरी अनुसन्धाता डा. खगेन्द्रबहादुर राईलाई ‘मदनश्वरी राई स्मृति पुरस्कार’ प्रदान गरिने भएको छ ।

चाम्लिङ भाषाका लेखक विजय बलम्तालीलाई ‘छत्रविष्णु राई कृति सम्मान’ र संगीतकार राजुएन राईलाई ‘किराया संगीत पुरस्कार’ दिइने भएको छ । पुरस्कार राशि जनही १५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी छात्रवृत्तितर्फ नर्सिङ अध्ययनरत निल्मा राईलाई ‘लक्ष्मीमाया–रत्ना राई स्मृत्ति छात्रावृत्ति’, समिक्षा राई र सलीना राईलाई ‘नमिता राई स्मृति पुरस्कार’ पाएका छन् । पुरस्कार राशि जनही दसहजार रुपैयाँ रहेको छ । विपिन राईलाई नौहजार राशिको ‘पदमबहादुर–भिमशोभा राई स्मृति छात्रवृत्ति’, अस्मीता राई र पुष्प राई ‘श्रीमर्द–जहानशोभा राई छात्रवृत्ति’ दिने घोषणा गरिएको छ ।

प्रशंसा राईलाई ‘जयराज–रत्नकुमारी राई सरस्वती छात्रवृत्ति’ र निकिता राईलाई ‘गञ्जसिंह धनमाया देवी स्मृति छात्रवृत्ति’ दिइने भएको छ । दुवै पुरस्कार राशि जनही बीसहजार रुपैयाँ रहेको छ । जनही १५ हजार रुपैयाँ राशिको ‘जरुलध्वज–गंगामाया राई स्मृति छात्रवृत्ति’ दिपेन्द्र राई र बिनु राईलाई दिइने भएको छ ।

यस्तै, एकल महिलालाई प्रदान गरिने जनही १७ हजार रुपैयाँ राशिको ‘नरबहादुर–पवित्रा सरस्वती राई स्मृति सहयोग’ शर्मिला राई र ज्ञानकुमारी राईलाई दिइने भएको छ । विपना राई, समिक्षा राई र सदिक्षा राईलाई ‘किराया, विष्णु देवी बान्तावा छात्रवृत्ति’ निरन्तरता दिइएको जनाइएको छ । रकम १२ हजार र दुईजनालाई जनही नौहजार रुपैयाँ रहेको छ ।

रोजिना राई र संकल्प राईलाई ‘ज्योति केसी अपाङ्गता छात्रवृत्ति’ , वेनुका राईलाई ‘रामबहादुर–अर्थमाया राई छात्रवृत्ति’ र अर्की छात्रा रोजिना राईलाई ‘मनिस राई स्मृति पुरस्कार’ दिइने भएको छ । छात्रवृत्तिको राशिक जनही १० हजार रुपैयाँ रहेको छ । छात्रा सविना राईलाई १३ हजार ५ सय रुपैयाँ राशिको ‘दिलसरी राई स्मृत्ति छात्रवृत्ति’ दिइने जनाइएको छ । घोषित पुरस्कार तथा छात्रवृत्ति संस्थाको ३१औं वार्षिकोत्सवमा प्रदान गरिने यायोक्खाका महासचिव जीवन हाताचो राईले विज्ञप्तिमा जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published.