बाहिङ समाजमा व्याप्त लोककथा – धामी र वन झाँक्रेनीहरू

कला साहित्य -संस्कृति मातृभाषा

– मुगामाया बाहिङ

उहिले एउटा गाउँमा धामी र उसकी स्वास्नी बसेका थिए । बस्दै जाँदा उनीहरूको एउटी छोरी र दुई भाइ छोराहरू जन्मे । त्यो समयमा मान्छे र बनझाँक्रेनीहरू बराबरी थिए । बनझाँक्रेनीहरू दुई खालका थिए । एक खालको मान्छे खाने र अर्को मान्छे नखाने । बेलुकाको काम धामीकी स्वास्नीले गरिसकेपछि छोरा–छोरीलाई सुताएर उनीहरू सुत्ने गर्दथे । जब मध्य रात हुन्थ्यो मान्छे खाने बनझाँक्रेनीहरू आइपुग्थे । उनीहरूको एउटा बच्च बोकेर बनझाँक्रेनीहरूको बस्ने आढारमा लगेर खाने गर्थे । त्यसको भोलिपल्ट पनि धामीहरू मस्तसँग सुतिरहेको बेलामा वनझाँक्रीहरू आए । अको बच्चा लगेर खाए । त्यसरी आज, भोलि, पर्सि गर्दै धामीको छोरी, छोराहरू र स्वास्नी वनझाँक्रेनीहरू बस्ने ओढारमा लगेर खाइदिएपछि धामीलाई वनझाँक्रेनीहरूदेखि असाध्यै रिस उठेछ ।
वनझाँक्रीहरू दिनमा मस्तसँग सुत्ने जब मध्यरात पर्छ मान्छे लिन आउने गर्दथे । अब मैले यी वनझाँक्रेनीहरूलाई माछुं भनेर एउटा जुक्ति निकालेछ । दिनमा कर्दाले ढोल चिरेर आफू छिनै प्वाल बनाएर, त्यस ढोलभित्र चकमक, झुलो, ज्यानमारा खुर्सानी पनि लगेर राखेछ । जब मध्यरात भएछ वनझाँक्रेनीहरू धामीको घरमा आइपुग्ने बेलाका धामी ढोलभित्र पसर बस ेछ । वनझाँक्रेनीहरू आइपुगेपछि यता–उता मान्छे हेर े कसैलाई देखेनन् । फर्केर अलिक परतिर गएछन् धामीले ढ्वाङ्ग भन्ने ढोल बजाएछ ।

धामीले त्यसरी ढोल बजाउँदा वनझाँक्रेनीहरू ए मान्छे रहेछ, भन्दै फर्केर हेर्न आएछन्, मान्छे देखाएनन् । ल अब मान्छे छैन फर्केर जाउ भन्दै ढोलको छेउमा पुगेछन् । धामीले ढ्वाङ्ग भन्ने ढोल बजाएछ । त्यति बेला ल यो ढोलभित्र मान्छे रहेछ । यो ढोल नै बोकेर लैजाउ भनेर ढोल झ्याइँकुटी पार्दै उनीहरू बस्ने आखढारमा उज्यालो हुने बेलामा पु¥याएछन् । उनीहरूले ओढारमा ढोल छिराउन सकेनन् । त्यस बेला धामीले वनझाँक्रेनीहरूको यस्तो शब्द बोलेछ ः युँमा युँमा भन्दा तलतल ढोल लगेछन् । कुँमा कुँमा भन्दा ढोल माथि–माथि लगेछन् । पेमा–पेमा भन्दा ढोल अगाडि–अगाडि लगेछन् । छेमा–छेमा भन्दा ढोल पछाडि–पछाडि लगेछन् । त्यसरी तल–माथि, अगाडि–पछाडि गर्दै ढोल घुमाउँदा घुमाउँदै उज्यालो भएछ । वनझँक्रेनीहरूले यस्तो सल्लाह गरेछन् । अहिले त उज्यालो भयो । यो राखौं भरे राति खाऔं भनेर सुतेछन् ।

धामीको पालो विस्तारै उठेछ । अनि वनझाँक्रेनीहरूलाई हेर्दा त मस्तसँग सुतिरहेको देखेछन् । ओढारबाट निस्केर सुकेको दाउरा, हरियो स्याउला ल्याएछ । चकमकले आगो पारेछ । अनि विस्तार आगो बालेर सुकेको दाउरा बालिदिएछ । त्यसमाथि ज्यानमारा खुर्सानी डढादिएछ । त्यसपछि हरियो स्याउला पनि पोलेछ । अनि हरियो स्याउलाले हम्काएछ । त्यतिबेला वनझाँक्रेनीहरू खुर्सानीको धुँवाले खाकखुक गर्दै सबै मरेछन् ।

धामीले त्यसरी मान्छे खाने वनझाँक्रेनीहरूलाई मारिराखेर घरमा आएर बसेछ । धामीले फेरि अर्को स्वास्नी बिहे गरेर ल्याएछ । त्यो स्वास्नीबाट एउटा बच्चा जन्मेछ । एक दिन धामीकी स्वास्नीले बच्चा बोकेर ठूलो खोलाको पारिपट्टिको बारीमा काम गर्न गइछे । त्यहाँ पनि एउटा मान्छे नखाने वनझाँक्रेनी थिएछ । धामीकी स्वास्नीले काम गर्दा त्यो झाँक्रेनीले काम नै गर्दैथ्यो । थकाइ मार्दा थकाइ नै मार्ने । बच्चालाई दुध नै खुवाउने गथ्र्यो । जहिले पनि धामीकी स्वास्नीले जे काम गर्छे त्यही काम वनझाँक्रेनीले गरिदिनाले दिक्क भएर लोग्नेलाई यसो भनिछे– मैले बच्चा बोकेर बारी काम गर्न जाँदा एउटा वनझाँक्रेनीले मैले जे जे काम गर्छु त्यही काम गर्छ । थकाइ मार्दा थकाइ नै मार्छ । बच्चालाई दूध खुवाउँदा उसको बच्चालाई दूधै खुवाउँछ भनेर सुनाइछे ।

त्यति बेला धामीले– ल भोलि बारीमा काम गर्न जाँदा हाम्रो बच्चालाई यहीं घरमा छोडी राख । एउटा कुचोलाई थोत्रो कपडाले बेर ेर बच्चाजस्तै बनाएर लैजा । बच्चालाई भूइँमा राखेर काम गर । एकक्षण थकाइ मार । बच्चालाई दूध खुवाऊ । त्यति बेला यो बच्चा त कति रुँदोरहेछ भन्दै फुत्त खोलामा फालिदे । वनझाँक्रेनीले तिमीले गरेको काम जसरी भएपनि गर्छ । उसको बच्चा खोलामा फालिदिन्छ भनेर सम्झाएछ । धामीले भनेजस्तै धामीकी स्वास्नीले बारीमा जाँदा कुचोको बच्चालाई भूइँमा राखेर काम गरिछे । थकाइ मार्दा बच्चालाई दूध खुवाउँदै यो बच्चा त कति रुँदोरहेछ भनेर फुत्त खोलामा फालिदिइछ । वनझाँक्रेनीले पनि त्यसैगरी उसको बच्चालाई खोलामा फालिछ ।

धामीकी स्वास्नी बेलुका घरमा आई । उसको लोग्नेलाई जे जे काम गरेकी थिई सबैलाई बताइ । भोलिपल्ट त्यही बारीमा धामीकी स्वास्नी कसैको बच्चा बाकेर काम गर्न गइछे । बच्चालाई भूइँमा राखिछे । काम गरी अनि थकाइ मार्दा बच्चालाई दूध खुवाउँदा वनझाँक्रेनीले उसको बच्चालाई दूध खुवाउन पाएन । धामीकी स्वास्नीको बच्चालाई हेर्दै दिनभर रुँदै बसिछे । बेलुका हुने समयमा धामीकी स्वास्नी बच्चा बोकेर घरमा आइ अनि यसो गरें त्यसो गरें, बच्चालाई दूध खुवाउँदा वनझाँक्रेनीले उसको बच्चालाई दूध खुवाउन पाएन । हाम्रो बच्चालाई हेर्दै दिनभर रोइरहिन् भनेर लोग्नेलाई सुनाई । त्यस बेला धामीले स्वास्नीलाई– त्यो वनझाँक्रेनीले मान्छे त खाँदैन तैपनि दुःख दियो । अझै दुःख दिन्छ । त्यसलाई मार्नु पर्छ । मैले एउटा जुक्ति सिकाउँछु । भोलि काम गर्न जाँदा तिमीलाई भन्छु भनेछ ।

भोलिपल्ट स्वास्नी बारीमा जाने बेलामा धामीले स्वास्नलाई भनेछ– तिम्रो लागि तेल र वनझाँक्रेनीको लागि खोटो लैजाऊ । काम गर । असाध्यै जाडो लाग्यो भन्दै आगो बाल । सुकेको दाउरा पोल । आगो ताप्दै हात, खुट्टा र केशमा तेल लगायर आगोमा स ेकाऊ । त्यति बेला वनझाँक्रेनीले जसरी पनि आउँछ । तिम्रो तेल माग्दा खोटो देऊ । उसको केशमा खोटो लगाएर आगोमा सेकाउँदा बल्दै गरेको अगुल्टाले सल्काइ देऊ । लोग्नेको जसो भन्यो त्यसै गरिछे धामीकी स्वास्नीले । वनझाँक्रेनी आएर तेल माग्दा धामीकी स्वास्नीले खोटो दिइछे । उसको केशमा खोटो लगाएर आगोमा सेकाउँदा खोटो बिलिएछ । धामीकी स्वास्नीले बल्दै गरेको अगुल्टोले केश सल्काइ दिइछे । वनझाँक्रेनीले केशको आगो निभाउनलाई उठेर साल्कु छाँगामा गइछ । त्यसरी धामीको जुक्तिले त्यस दिनबाट वनझाँक्रेनीहरू र तिनीहरूको पीडाबाट मुक्ति पाएका थिए भनिन्छ । यो कथा आज पनि गाउँघरमा व्याप्त छ ।

Leave a Reply

Your email address will not be published.