वाम्बुले भाषामा खियाली लोकभाका रेकर्ड

कला साहित्य -संस्कृति मातृभाषा

लिभु संवाददाता
काठमाडौं– राष्ट्रगानका रचनाकार व्याकुल माइलाको संकलनमा वाम्बुले भाषामा खियाली लोकभाका रेकर्डिङ भएको छ । वाम्बुले गायक गायिकाहरु अशोक प्यासी, बुद्ध राई, नरेन्द्र राई, बसन्ती राई र अम्बिका राईले उक्त गीत गाउनु भएको हो ।
यसबारे व्याकुल माइलाले आफ्नो फेसबुक वालमा लेख्नु भएको छ :

हिलेपानी गाउँको खियाली–भाका वाम्बुले राई मातृभाषामा रेकर्ड

काठमाडौँ, २०७६ भदौ ३१ । कोशी किनार वास्तवमा लोकभाकाहरूको उद्गम विन्दु रहेछ । शायद कोशीको सुसाई एवं छहराको सुसेलीसँगै सङ्गीतको उत्पत्ति हुन्छ होला । कोशीको लहरसँगै गीतको लय र ताल बन्छ होला ।

दुधकोशी र सुनकोशीको सङ्गमस्थल नजीक अर्थात् कोशी किनारा आसपास रहेको मेरो गाउँ हिलेपानीमा वि.सं. २०७२ सालदेखि बर्षेनी ‘वृहद् लोकसांस्कृतिक नाच’ कार्यक्रम आयोजना गर्न थालेदेखि त्यहाँ स्थानीय लोकभाका र लोकनाचहरू धेरै भएको तथ्य उद्घाटन हुँदैआयो । तर, अधिकांश लोप हुने अवस्थामा छन् ।

तिनै लोकसांस्कृतिक भाका र नाचहरू खोजी गर्ने, रेकर्डिङ गर्ने र त्यससँग अन्तर्सम्बन्धित लोकसांस्कृतिक नृत्यहरूलाई जगाएर वृहद् लोकसांस्कृतिक नाच कार्यक्रममा प्रस्तुत गर्ने योजना बनाइयो । त्यसै अनुरूप अधिया भाका, सरुमा भाका र शराद भाकाहरूको रेकर्डिङ सम्पन्न गरिएको थियो । अधिया लोकभाकामा सङ्गीतकार चाँद सिंहको सङ्गीत संयोजन रहेको छ । त्यसमा आदरणीय कलाकारहरू तारा थापा, सङ्गीता शाक्य, कुवेर राई, सूर्य थुलुङ र शक्ति श्रेष्ठको स्वर रहेको छ । त्यसैगरी सङ्गीतकार विष्णु अधिकारीको सङ्गीत संयोजन र स्वरमा सरुमा–भाका रेकर्ड भयो । उहाँकै सङ्गीत संयोजन तथा कुवेर राई, आनन्द कार्की, विष्णु अधिकारी, कला राई र सरला राईको स्वरमा शराद–भाका रेकर्डिङ गरियो ।

यी लोकभाकाहरूसँग जोडिएको लोकनृत्यको समेत खोजी र कोरियोग्राफी गरी चौथौं वृहद् लोकसांस्कृतिक नाच कार्यक्रममा प्रस्तुत गरौँ भन्दा … कार्यक्रम ठीक तीन हप्ता बाँकी रहँदा गत असारको अन्तिम सातातिर भीषण बाढी–पहिरो गयो ।

सडक तथा बाटोघाटो अबरुद्ध भयो । हिलेपानी गाउँघरतिर पनि ठूलै क्षति पु¥यायो । त्यसैले निर्धारित कार्यक्रम स्थगित गर्नुप¥यो । सुरु अर्थात् ०७२ सालमा । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको थियो । तर, ९ दिन बाँकी हुँदा विनाशकारी भूकम्प गयो । त्यो कहाली अहिले के संझिनु …!! कार्यक्रम रद्द गर्नुप¥यो ।

त्यो कार्यक्रमको चौथौं संस्करण यस पटक स्थगित गर्नु परिरहे पनि त्यसै यी लोकभाकाहरू त्यसै कार्यक्रमले दिएको उपलब्धि हो । सांस्कृतिक सम्पदारूपी लोकभाकाहरू रेर्कड गर्ने सफलता मिलिरहेको छ । यसै क्रममा आज पनि एक लोकभाका रेकर्ड गरियो । त्यस भेगमा गाइने खियाली–भाका । त्यो पनि स्थानीय वाम्बुले राई मातृभाषामा । अझ स्थानीय गायक–गायिकाहरूकै मीठो स्वरमा ।

लोकपृय सङ्गीतकार चाँद सिंहको सङ्गीत संयोजन रहेको यस गीतमा स्वर दिने कलाकारहरू बुद्ध राई, अम्बिका राई, वसन्त राई र नरेन्द्र राई हुनुहुन्छ । धन्यवाद छ ।

साथै आजको यस गीतका लागि – स्रोत व्यक्ति भाउजू सरिताको आमा (अविनसरा राई ?), सङ्गीत गुरु कैलाश राई, मानेभञ्ज्याङ गाउँपालिका वडाध्यक्षद्वय रामकुमार राई (५) र हेमराज राई (६), जेनरिक स्टुडियोका रेकर्डिष्ट मुस्कान चौधरी, लोकसांस्कृतिक नाच कार्यक्रमका मुख्य आयोजक संस्था सिद्धधाम विकास कोषका अध्यक्ष जीवन राई, यस कार्यक्रमका संयोजक मन्जित राई, गायक अशोक कुमार प्यासी
लगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।

https://www.facebook.com/byakul.maila?__tn__=%2CdlC-R-R&eid=ARAtBosNI9MjhI5YnBR6MfVMkW6Y3Poo0EF7s9amX-a5TU6f0rFn9zGoeB_-t5-XAfcZR1wgap0_wR6J&hc_ref=ARRWI_lsE6ywlWQ2lPb4T_DXj7j0jizZs-2D73uYQapOQMOlY8NHRN1lP1H8tdAk140

Leave a Reply

Your email address will not be published.