शेयर बजार परिसुचक नेप्से आज पनि दोहोरो अंकले बढ्यो

अर्थ / वाणिज्य

काठमाडौं । हप्ताको तेस्रो दिन मंगलबार पनि शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । शेयर बजार मंगलबार झण्डै १३ अंकले बढेर १४ सय ५६ विन्दुभन्दा माथि पुगेको हो ।

उत्पादनबाहेक सवै समूहको परिसुचक बढेको दिन मंगलबार सवैभन्दा धेरै होटल समुह ६० अंकले बढेको छ । यस्तै, बीमा ३४ दशमलव २८, बैकिंङ्ग १२ दशमलव ९६, लघुवित्त १७ दशमलव ९५, विकास बैक १४ दशमलव ३७, जलविद्युत ५ दशमलव ८७, वित्त शुन्य दशमलव ६४ अन्य ४ दशमलव ९६ र बाणिज्य १ दशमलव २६ अंकले बढेको छ । उत्पादन समुह भने ३ दशमलव ११ अंकले घटेको छ ।

मंगलबार कारोबार रकम पनि सोमबारभन्दा झण्डै ५ करोड रुपैयाँले बढेको छ । ५१ करोडभन्दा धेरैको कारोबार भएको दिन आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ६ करोड ३६ लाखभन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *