योग पर्यटन क्षेत्रको छुट्टै विधा

स्वास्थ्य

 

प्रल्हाद प्रसाद दहाल

राष्ट्रको कुल ग्राहस्थ उत्पादनमा योगदान पु¥याउँदै आएको एउटा क्षेत्र हो पर्यटन । सरकारले सन् २०२० मा यस क्षेत्रको योगदान ५ प्रतिशत पु¥याउने लक्ष राखेको छ । सो को प्राप्तिका लागि २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष सहित “लाईफटाइम एक्सपेरियन्स” (जीवनकाल अनुभवं) भन्ने मूल नारा दिएर पर्यटन बर्ष सन् २०२० प्रारम्भ भएको छ । पर्यटन बर्ष मनाउनुको पछाडि पर्यटकको संख्या बढाउनुका साथै पर्यटन विकास दर , गुणस्तरियता, बसाई दर र खर्च गर्ने दरमा बृद्धि गराउनु जस्ता उद्देश्यहरु रहेका हुन्छन् । यसले गत बर्षको करिब १२ लाख पर्यटक संख्यालाई २० लाखमा बढाउने, विकास दर २० प्रतिशतबाट बढाउने, औषत १२ दिनको बसाईलाई बढाएर १५ दिन र हाराहारी ५० डलर प्रति पर्यटक खर्चलाई ६५ डलरमा पु¥याउने प्रक्षेपण गरेको छ । जसका लागि तिब्र प्रचारप्रसारका साथ पर्यटकलाई आकर्षित गर्न गन्तब्य स्थलहरु तय गरिनुका साथै अन्य विविध विधाहरु थपिएका छन् ।

पर्यटन बहुआयामिक विधा हो । पर्यटक सोहि विधा अवलम्वन गर्ने पात्र । जो हरेक क्षण नयाँ बस्तु तथा सेवा उपभोगका लागि लालायित छ । जस बापत उ उपभोग अवधी र खर्च बढाउँदै जान्छ । यो नै पर्यटन क्षेत्र फस्टाने शूभ संकेत हो । जुन प्रयोजनका लागि विश्वका हरेक पर्यटक प्रबर्धन गर्न इच्छुक मूलुकहरु नयॉ विधाको विकास र प्रयोग गरिरहेका छन् । यिनै बिधाहरुको माझमा यउटा उदाँउदो विधा हो “योग” ।

योग के हो ?
योग एक पूर्विय दर्शन हो । यसले बहुपक्षलाई समेट्दछ । शाब्दिक रुपमा योगले जोड्नु भन्ने बुझाउँछ । अवस्था र आवश्यकता बमोजीम यो जोड्ने पक्षको ब्याख्या हुन सक्दछ । जसलाई योग भनिन्छ । कुनै अवस्थामा आत्मा र परमात्माको जोड योग हो भने कुनै बेला प्रत्येक मानबको मन, मस्तिष्क र शरिरको एकाकार नै योग हो । विभिन्न ग्रन्थमा योगको परिभाषा फरक तरिकाले दिएको पाईन्छ ।

गितामा “योगः कर्मसु कौशलम्” भनिएको छ । जसको अर्थ कामलाई कुशलता वा निपूर्णता पूर्वक निर्बाह गर्नु भन्ने हुन्छ । योग सुत्रमा “योगः चित्त वृत्ति निरोधः” भनि उल्लेख गरेको पाईन्छ । जस अनुसार योगले चित्तको वृत्तिलाई वास्तविक निरोध गर्दछ । योगको महत्वपूर्ण ग्रन्थ योग वशिष्टमा “मनः प्रशमन उपायः योगः इत्यभिधीयते” भनिएको छ । जस अनुसार एउटा कौशलता पूर्ण चाल जसले मनलाई शान्त राखोस त्यो नै योग हो । अर्थात मनको विचारशून्य अवस्था योग हो ।
उल्लेखित परिभाषालाई राम्ररी नियाल्ने हो भने पर्यटनमा योगको भूमिका कति छ भन्ने कुरा छर्लङ्ग देखिन्छ । पर्यटक त्यो हो जो आपूmलाई खुसि राख्न, शोख पुरा गर्न, नयाँ कुराको खोजी गर्न वा कामको बोझलाई केहि समयका लागि हटाउनका लागि नयाँ ठाउँमा जाने गर्दछ । यी विविध पक्षहरुको सहि ब्यबस्थापनका लागि योग पर्यटन क्षेत्रको अभिन्न अङ्ग हो भन्दा अत्युत्ति नहोला ।

विश्वमा योग अनुसरणकर्ताको अवस्था
विश्वमा यति नै मानिसहरुले योग गर्छन भन्ने यकिन नभए पनि करिव करिव ३० करोड भन्दा बढी मानिसहरु नियमित योग गर्दछन भन्ने तथ्याङ्कले देखाएको छ । अमेरिकामा मात्र चार करोडको हाराहारीमा योग गर्ने मानिसहरु छन् । औषतमा आप्mनो जिबन भरमा एकजनाले योगको क्षेत्रमा ६२ हजार छ सय ४० अमेरीकी डलर खर्चिने गरेको पाईन्छ । यहाँ करिब ५३ हजारको संख्यामा योग प्रशिक्षक छन् भने १८ हजार योग स्कुल दर्ता भएको योग अलाईन्समा उल्लेख छ । यूकेमा मात्र अहिले १० हजार योग प्रशिक्षकरु छन् जसले हप्तामा ३० हजार योग कक्षा सञ्चालन गरिरहेका छन् । यहाँ करीब छ हजारको संँख्यामा थप योग प्रशिक्षकको खाँचो छ ।

भारत र अमेरिकामा त प्रत्येक तीन जना नागरिकमा एक जनाले योग गर्ने गरेको तथ्याङ्कले देखाउँछ । भारतलाई आधुनिक योग क्षेत्रको विकासका लागि प्रवर्तक मानिन्छ । यहाँ विगत केहि बर्षदेखि हरेक तह तप्कामा योग विधाको उपस्थितिको झल्को पाईन्छ । यी बाहेक चाईना, थाईलेण्ड, इन्डोनेसिया, हङकङ, साथै बिभिन्न खाडि मुलुकहरुले पनि धमाधम योगलाई अनुसरण गरि लागु गरेको पाई्न्छ । यी राष्ट्रहरुले योगलाई पर्यटनको एउटा छुट्टै विधाको रुपमा समेत विकास गरी सकेका छन् । तर पौराणीक योगको जननी मानिएको नेपालले भने आप्mनो पौराणीक सम्पत्ति लाई पर्यटन प्रवद्धनका लागि सदुपयोग गरेको देखिदैन । न त छुट्टै बिधाको रुपमा यसको विकास गरेको छ ।

यसर्थ नेपालले आप्mनो पुर्खौली सम्पत्ति योगलाई पर्यटन क्षेत्रको छुट्टै विधाका रुपमा विकास गर्न निम्न कार्य गर्न लागि पर्नु पर्ने देखिन्छ :
– नेपाललाई येोगीक ध्यानकेन्द्रको रुपमा विकास गर्ने ः पौराणीक दस्ताबेजको अध्ययन अवलोकन गर्ने हो भने नेपाललाई तपोभूमीको रुपमा चर्चा गरिएको पाईन्छ । यहि तथ्यलाई आधारमानि अध्यात्मका सम्पूर्ण पक्षलाई समेटने गरि उच्च हिमाली क्षेत्रमा खुल्ला प्राकृतिक ध्यान केन्द्रको स्थापना, विकास र विस्तार गर्न सकिन्छ ।

– हठयोग केन्द्र स्थापना ः हठयोगको जन्म थलो नेपाल भएको कुरा विश्वले स्विकारेको अवस्थामा नाथ परम्पराको धरोहरको रुपमा मानिएको हठयोगलाई नेपाली भूभागमा परम्परागत शैलीका हठयोग केन्द्रहरु सञ्चालन गर्न सकिन्छ ।

– शिक्षालयमा योग विधालाई समेटेर नयाँ पाठ्यक्रम लगाउने ः फरक फरक विधामा ज्ञानहाँसिल गर्ने चाहना राख्नु मानविय गुण नै हो । पुराना र कम सम्भावना भएका विषयको तुलनामा नयाँ र केहि बढि सम्भावना भएका विषयको खोजी जो कोहिले पनि गरिनै रहेको हुन्छ । यस तथ्यलाई हृदयङ्गम गर्दै आप्mनो माटो सुहाँउदो योग विधालाई पाठ्यक्रम विकास गरि शैक्षिक क्षेत्रमा पठनपाठनमा ल्याउन सकेमो विश्वका योगमा आकर्षण भएका मानिसहरु शिक्षा आर्जनका लागि नेपाल भित्रिने गर्दछन । जुन लामो समयका पर्यटक भित्र्याउने महत्वपूर्ण कडि हुन सक्दछ । यसले पर्यटन प्रवर्धनमा अहम भूमिका खेल्न सक्दछ ।

अनुसन्धान केन्द्रको स्थापना : नेपाल स्व्भावैले योगको जननी, ऋषिमुनिहरुको तपोभूमि र ज्ञानको प्रादुर्भाव स्थल हो । यसले पूर्विय दर्शन र सभ्यताको उद्गम स्थल भएको प्रमाण दिन्छ । यस प्रमाणलाई नयाँ ढङ्गले पुस्ट्याई गर्नका लागि साथै सैदान्तिक तर्कको ब्यवहारीक कार्यान्वयनका लागि आधुनिक प्रविधियुक्त अनुशन्धान नितान्त आवश्यक छ । यसर्थ यस तथ्यलाई मध्यनजर गर्दै अनुसन्धानकेन्द्र स्थापना गरि विश्वका खोजकर्तालाई पर्यटकको रुपमा भित्र्याउन सकिन्छ ।

– स्वास्थ्यकेन्द्र तथा अस्पतालमा योग युनिट स्थापना गर्ने ः योग बैकल्पिक चिकित्साको एउटा अङ्ग हो । हाल आएर विश्वका धेरै मूलुकहरुले स्वास्थ्यको क्षेत्रमा बैकल्पिक चिकित्सा पद्धतिलाई अवलम्वन गर्न थालेका छन् । यसर्थ स्वास्थ्यकेन्द्रमा योग युनिट भएको खण्डमा पर्यटकहरु स्वास्थ्य समस्याका कारण भ्रमण छोट्याउन बाध्य हुँदैनन् । त्यसै गरि दिनचर्यामा परिवर्तन ल्याउने, स्थानिय स्वस्थ खानासँग परिचित हुने र उपयुक्त परामर्श सेवा पाउने भएसँगै तत्कालको बसाई र खर्चगराईमा बृद्धि हुन्छ । त्यस्तै भविस्यमा भ्रमण दोहोरीने हुन्छ । अर्काे तर्फ छिमेकी मूलुक र तेस्रो मूलुकबाट समेत नसर्ने रोेगको उपचारार्थ विमारिहरु आउने दर बृद्धि भई पर्यटन प्रवद्र्धनमा प्रचारात्मक काम हुन सक्दछ ।

– होटल तथा होमस्टेमा योग, ध्यान, प्राणायाम सेवा ः होटल तथा होमस्टे पर्यटकको दोस्रो घर हो । जहाँ खाना,बास, मनोरञ्जनको अधिकतम सुविधा उपलब्ध गराईन्छ । यसका साथ साथै पर्यटकको स्वस्थ्य तथा तन्दुरुस्तिलाई मध्यनजर गर्दै हरेक विहान तथा साँझ योग, ध्यान, प्राणायाम जस्ता पक्षलाई समेट्न सकेमा पर्यटकको सन्तुस्टिमा बृद्धि हुन गई पर्यटन प्रवद्र्धनमा टेवा मिल्दछ ।

– पदमार्ग तथा बेसक्याम्पमा योग सेसन सञ्चालन ः आप्mनो सोख पुरा गर्न वा कामको तनावबाट मुक्त हुन मानिसहरु आन्तरिक वा बाह्य पर्यटनमा निस्किएका हुन्छन् । त्यतिखेर मानिसको सोख पुरा हुन्छ जति खेर ऊ स्वस्थ, पूmर्तिलो र तनाव रहित रहन्छ । सो का लागि कुनै पनि स्थानमा योगका सेसनहरु (आसना, प्राणायाम, ध्यान आदि) सञ्चालन गर्न सकेमा स्वासप्रस्वास क्रिया, रक्तसञ्चार क्रिया, पाचन क्रिया, स्नायुप्रणालीका कार्यहरुमा समन्वय भएर ब्यक्ति तनाव रहित अवस्थामा रहन सक्छ र आप्mनो गन्तव्य तथा कार्यलाई सहज रुपमा पुरा गर्दछ । यस किसिमका सेवाले उसलाई भविस्यमा पनि पर्यटकको रुपमा दोहोरिन प्रेरित गर्दछ ।

तुलनात्मक रुपमा नेपल भित्रिने पर्यटकहरु भारत, सम्युक्त राज्य अमेरिका र चिन जस्ता योगको क्षेत्रमा तिब्र विकास भएका राष्ट्रहरु बढी भएको सन्र्भमा माथि उल्लेखित विभिन्न क्षेत्र लगायत पर्यटक ठोकिने हरेक स्थानमा कुनै न कुनै हिसावले योगको कुनै पनि विधालाई उपस्थित गराउन सकेमा नेपालमा योगलाई पर्यटनकको एउटा छुटै विधाको रुपमा स्थापना गर्न सकिन्छ । यसले नेपालको पर्यटन क्षेत्रमा एउटा नयाँ आयाम थप्न मद्दत गर्दछ ।

 

praladhdahal@gmail.com

phone: 9842446777

(लेखक दाहाल भादगाँउ सिनुवारी बहुमुखि क्याम्पस झुम्का सुनसरीको स्वास्थ्य तथा शारीरिक शिक्षा बिभागमा कार्यरत उपप्राध्यापक तथा प्रदेश नं १ को योग खेलकुद संघको टेक्निकल कोअर्डिनेटर हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published.